Saturday, July 11, 2020

दलितको अवस्था कस्तो छ?छाति पिटि चिच्याउनु जस्तो छ :कर्ण बि.क.


हाम्रो देश नेपाल करिब करिब 3 करोड नेपालिजनताको साझा फुलवारि हो . यो साझा फुलवारिमा करिब 25% मानिसहरुपनि छन . जुन समुदाय हजारौ बर्षदेखि सम्पुर्ण अधिकारबाट बंचित गराइएको छ  . त्यहि बंचितिकरणमा पारिएको बर्ग समुदायलाइ आज कथित “दलित” समुदाय भन्ने गरिएको छ . यो उपनाम जात नभएर बिशेषण  हो,यो जातिय छुवाछुतमा परिएकै कारणले गर्दा दलित भनिएको हो .आज देशमा बिभिन्न परिवर्तन भए तर यो हाम्रो समुदायको अवस्था केहिपनि परिवर्तन भएको छैन .अवस्था झन झन नाजुक बन्दै गएको छ  . त्यसको मुख्य कारण हो सामाजिक,आर्थिक,राजनैतिक,शैक्षिक र सांस्कृतिक शोषण नै हो  . सामाजिकरुपमा नेपालमा जङ्ग बहादुर कुंवरको बेलायत भ्रमण पछि बि.स. 1910 को मुलुकि ऐन मनुस्मृतिकै आधारमा कानुन बनाइ जबर्दस्त लागु गरियो . त्यसमा सामाजिक रुपमा मानब हौ भन्ने कुनैपनि कुरा बांकि छैन . कानुनमै उल्लेख गरि  बहिष्करण गरियो .सदियौ देखिजातको नाममा छुवाछुत गरियो .  एक समुदाय भन्दा अर्को समुदाय सानो बनाएर ब्यबस्थित रुपमा बिभेद र छुवाछुत गरियो .  उनिहरुको आत्म सम्मानमा चोट पुर्याइयो .हिनताबोध गराइयो . पाप र धर्मको डर देखाइ मन मस्तिष्कमा नराम्रो छाप पारियो . ब्रहमणलाइ छोयो भने पाप लाग्छ भन्ने जस्ता भ्रम दलित समुदायको दिमाग भित्र घुसाइयो . मेहेनतकस हाम्रो समुदायले सबै पतायो,   समाजमा हिड्दा म सानो जातको हु भन्नेखालको बिचार संचार गर्न लगाइयो . अन्य जात बिशेष हामि भन्दा उच्च जात हुन भन्ने खालको बिचार गाढा रुपमा बसाल्न लगाइयो .त्यसको अवसेषआज पनि छ . जुन एउटा हाम्रा निम्ति खराब संस्कृतिको रुपमा छ .   
    आर्थिक रुपमा सम्पत्तिको कुरा आउछ . हाम्रो दलित समुदायलाइ हिजो काम गराए बापत नगद दिने चलन थिएन . जस्तै लुगा सिलाउने,जुत्ता बनाउने,सुनका गहना बनाउने,फलामका हात हतियार बनाउने,मुर्ति कुद्ने, जांतो बनाउने,लुगा धुने,हलो जोत्ने लगायतका कृषि कार्य गर्ने जस्ता आदि काम गर्दथे . त्यस बापत उनिहरुलाइ बर्षमा एक चोटि र प्रत्यक चाड पर्वमा अन्न,मासु,रोटि अर्थात खाद्द्यन्न लुगा कपडा आदि बालिको रुपमा माग्न बोलाउथे . र 10 हात पर राखि दिन्थे . त्यहि लगेर हाम्रा पुर्खाले आफ्नो छाक टार्थे . जग्गा जमिन त हिजो किन्न दिदैन थे आफु गैर दलित समुदायले गुठि र बिर्ताकै रुपमा ओगट्थे . आर्थिक रुपमा कुनै नाफा मुलक कार्य गर्न दिदैन थे . सम्पत्ति किन्न सक्दैन थे . किनभने उनिहरुसंग नगद हुदैन थियो . नगद   जम्मा गर्न पनि सक्दैन थे . मलाइ लाग्छ भारततिर अलिकति रोजगारिमा जान थाले पछि मात्र नगद जम्मागर्न थालेपछि जग्गा जमिन खोलाको तिरमा बस्ति नभएको ठाउमा किन्न थाले . गाउको बिच भागमा जग्गा दिदैन थे  . गोरखा भर्ति र भारतिय रोजगारमा जानथाले पछि पैसा जोर जाम गर्न थालेपछि अलिकति आर्थिक अवस्था सुध्रन थालेको हो . देश भित्र रोजगारिको कुनै सम्भावना नै थियन . यसरि आर्थिक शोषण गरियो .
   राजनैतिक रुपमा त र पनि उच्चारण गर्नसक्दैन थे . कुरा अलिकति गर्न लाग्योभने  ठुलो भएको हामि उपल्ला जातका अगाडि कुरा गर्ने भएको जान्ने भएको भंदै हेला गर्दा थे . कटवाल   सम्मको पद दिएको मैले सम्झन्छु . कटवालको काम मुद्दा परेको ब्याक्तिलाइ छोप्न जाने,मुखिया सुब्बाले जहा पाठाउछ त्यहि जाने मात्र काम थियो . त्यसबापतपनि केहि बालि खलो दिने चलन थियो अहिले पनि कहि कतै भेटिन्छ . अरु पद त आकाशको फल आंखा तरि मर जस्तो थियो सम्भावनाका त कुरै नगरौ सोच्नपनि सकिदैन थियो यसरि राजनैतिक शोषण गरियो .
   शैक्षिक रुपमापनि चरम शोषण गरियो . ब्राहमणहरुले भारतको बनारसमा गइ अद्द्ययन गर्दथे . गुरुकुल शिक्षा पद्दति अनुसार शिक्षा हासिल गर्दथे . हाम्रो दलित समुदाय त्यहा गएर पढ्ने अवस्था थिएन . गएपनि जातिय छुवाछुत र बिभेद नेपालिले नै गर्दथे . जब राणा प्रधानमंत्रि देवसमसेरको पालामा नेपालमा बिद्द्यालयहरु खुल्न थाले तरपनि दलित समुदायले शिक्षा आर्जन गर्न सक्दैन थियो . जातिय बिभेद चरम अवस्थामा थियो . संस्कृता भाषामा पढाइ हुन्थियो . संस्कृतका श्लोक दलित समुदायले सुन्न हुन्न भन्ने चलन थियो . मलाइ लाग्छ आज भंदा 50 बर्ष अगाडि मात्र हाम्रा पुर्खाले भुइमा बसेर शिक्षा लिन थालेका हुन . त्योअवस्था हामिले अनुभुति गरौ त कति कहालि लाग्दो थियो होला  . भुइमा बसेर पढ्नुपर्ने,गृहकार्य देखाउदा 10 हात पर बाट कसैलाइ नछोइकन देखाउनुपर्ने छोयमा अपशब्दका बर्शा हुने सबै सहनु पर्ने . पिटाइ,कुटाइ,गालि गलोज गुरुको गालि सहनु पर्ने यो अवस्था थियो . म अहिलेपनि सम्झंछु बिद्द्यालयका पिउनले माथिबाट पानि दिएर हत्केलाले पानि खाएको,यो अवस्थामा कस्तो खालको पढाइ हुने? मानसिका रुपमा हेला होचो भए पछि के सिक्ने? यसरि भएको थियो शैक्षिक शोषण हामि माथि .
   अब कुरा गरौ सांस्कृतिक शोशण को, जबकि हिंदु धर्म मान्ने दलित समुदाय मंदिर भित्र प्रबेश गर्न पाउदैनथे  . तर हिंदु थिय आफ्नै हिंदु भाइलाइ छुवाछुत गर्दथे . कुनैपनि धर्ममा यस्तो खालको छुवाछुत र बिभेद छैन . तर हाम्रो देशमा बुद्द धर्म मानेता पनि बिभेद छ, त्यो पनि हिंदु धर्मकै नक्कल हो . कुनैपनि बर्षौ देखिको संस्कृति आफुलाइ माया लाग्छ . त्यसैमा मानिस रमाएको हुन्छ,दिनरात र आफ्नो उमेर बिताएको हुन्छ . उसलाइ थाहा छ कि मलाइ छुवाछुत भएको त छ तर आफ्नो पुर्खा रमाएको संस्कृति छोड्न सक्दैन . अब त्यहि बसेर नै अगाडि बढ्नु पर्छ भन्ने मेरो मान्यतापनि हो .
      बि.स. 2046 साल यता हामिले निकै परिवर्तन हुन्छ भन्ने सोचेकै हो तर झुटो साबित भयो . हामिलाइ ठ्गिएको रहेछ भन्ने भयो . 2052 साल देखि जनयुद्द भयो हामिलाइ ललिपप देखाइयो . आमुल परिवर्तन हुंछ भनियो दलित समुदाय कथित जनयुद्दमा होमियो प्रथम शहिद दिल बहादुर रम्तेल पनि भए तर त्यो त झन हामिमात्र नभै नेपालि समुदायनै  गुमराहमा प-यो .त्यस्तै 2062/63 सालमा ठुलो जनआंदोलन भयो . सेतु बि.क. प्रथम शहिद भए हुनपनि देशमा 240 बर्ष लामो सामंतिको नाइके राजतंत्र समाप्त भयो . ब्यबस्था फेरियो तर प्रबृत्ति फेरियन हिजो नेपालि जनतको पक्षमा वकालत गर्ने राजनैतिक पार्टिले सर्वहारबर्गको मसिहा र राजनैतिक प्रतिनिधि नै मै हु भन्ने नेकपाको झंडै झंडै 2/3 बहुमतको सरकार बनेको छ .  तर बिडम्बना दलित समुदाय मारिएका छन . कुटिएका छन छुवाछुत र बिभेदले सिमा नाघेको छ . यो अवस्था हेर्दा त झंडै झंडै हिजोको पंचायति कालरात्रि भंदा फरक छैन . कहि बोक्सिको नाममा पिटिएका छन . कहि अंतर्जातिय बिबहाका कारणले सेते दमाइ, अजित मिजार,नवराज बि.क.जस्ता होनाहार युवा मारिएका छन . कुवामा पानि छोएकै कारणले गर्दा कालिकोटकि मना सार्कि मारिएकि छन .
      त्यति मात्र होइन कामि जातिकासाथि बाटोमा हिड्दा गैर दलित समुदायका मानिस भंदा अगाडि हिडे भनेर साइत बिग्रयो भनेर ढुंगाले हाँनेर घाइते बनाएको  अस्ति भख्खर हो . सम्भु सदालाइ पुलिस हिरासतमा मारेर झुंड्याइयो  . यि त सबै प्रतिनिधि घटना मात्र हुन . राज्य दम्भकासाथ न्यायलाइ मारि रहेको छ . दोषिलाइ बचाउन उद्दत छ . दलित समुदायका बिपक्षमा बोल्दै गएको छ . हामि संगठित भै आंदोलनमा गएनौ भने यो अत्याचार अझ बढ्ने छ . हाम्रो समुदायकापनि दलालहरु छन .  उनिहरु पनि मिलेका छन . राजनैतिक बालि झोलामा थाप्न उद्दत छन   . यस्तै हो भने हामि जति चिच्याएपनि रोयपनि आंसुका बलिंद्र धारा बगाएपनि  हाम्रो सुनुवाइ हुने छैन . हाम्रो अवस्था यस्तै रहने छ . सहनु र छाति पिटि पिटि रुनु र नुनिलो आंसु बगाउदै जानुको बिकल्प छैन . त्यसकारण हामि एक भै लडौ मुक्ति सम्भव छ हाम्रै पालामा जय दलित एकता .

2 Comments:

At July 12, 2020 at 10:40 AM , Blogger Unknown said...

सान्दर्भिक बिचार

 
At July 12, 2020 at 12:36 PM , Blogger Hari Bishwakarma Rasaili said...

दलित आन्दोलनको सात दसक बितिसक्दा पनि दलितका मुद्दामा राज्य गम्भीर नहुनू ! सात दशक लामो संघर्ष पछी दलित समुदायले पाएको कानुनी हक व्यबहारमा लागू नहुनुको कारण पछाडिको कारक तत्व दलित समुदायहरु सङ्गठित नहुनु हो ! हजारौं सहिदहरुको बलिदान बाट प्राप्त अधिकारलाई कानुनत लागू गराउन दवाब दिन नसक्नु पनि दलित समुदायको ससक्त सङ्ग्ठन नहुनु हो ! तेसैले सम्पुर्ण दलित समुदायले राजनीति दलगत स्वार्थ ,जातीगत गुट र ,भौगोलिक बिभेदलाई त्यागी पुर्व मेची देखि पश्चिम महाकाली र उत्तर मुस्ताङ देखि दक्षिण मर्चवार सम्मका दलित हरु एउटै छातामुनी सङ्गठित हुनुपर्ने आजको आवश्यकता हो ! जसले यो पहल गर्छ उ दलित आन्दोलनको महानायक सावित हुने छ ।

 

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home