आरक्षणको दुरुपयोग हुदै छ हाम्रो देस नेपालमा ?
कर्ण बि.क.
आरक्षणको बिषयमा हामिले अघिल्लो पृष्टमा पनि
उल्लेख गरेका छौ . आरक्षणको बिषयमा
बोलि रहदा म ऐतिहासिक पृष्टभुमितिर जान चाहे, मनुस्मृति आज
भंदा करिब करिब !@)))
बर्ष अगाडि तयार पारिएको देखिन्छ । मनुस्मृतितयार परि रहदा किन तयार पारियो त्यो बुझ्नु बान्छनिय
देखिन्छ । मलाइ लाग्छ बर्ण ब्याबस्था अनुरुप सबै भन्दा तल्लो श्रेणिमा राखिएको
बर्ग शुद्र थियो । त्यो बर्णमा भएका क्रांतिकारि सोचभएको बर्ग थियो उसलेजुन शोषण,दमन र अत्याचारको बिरोध
गरेको हुनु पर्छ । टाठो बाठो बर्ग भनेको
ब्राहमण समुदाय नै थियो । उसका ऋषिमुनिहरुले षडयंत्रपुर्वक मनुस्मृतिको रचना गरि
सुद्र बर्णलाइ छुवाछुत र बिभेद गरेको हुनुपर्छ । हामिले देखेका छौ महाभारतका
योद्दा कर्ण लाइ सुद्र पुत्र भनि पटक पटक सम्बोधन गरि अपमान गरिएको छ ।
मनुस्मृतिको रचना पस्चात ब्राह्मण समुदायले
आफ्नोलागि एक किसिमको आरक्षणको ब्याबस्था गरेका थिए । उनिहरुलाइ पढ्न लेख्न,ज्ञानप्राप्त गर्न,शिक्षा दिक्षा
लिन वा दिन सम्पुर्ण अधिकार केंद्रित
गरियो । त्यतिमात्र होइन कि सम्पत्ति कमाउन सम्पत्ति राख्न पनि अधिकार प्राप्त
गराइयो । सबै भुमिमा उनिहरुकै बर्च्स्व कायम भयो । किनभने सुद्र बर्णलाइ पढन ,लेख्न,ज्ञान हासिल
गर्न लगायत प्रयाप्त मात्रामा रोक लगाइएको थियो । यदि त्यसोगरेमा उनिहरुलाइ कडा
कानुन अनुसार सजायको भागिदार बनाइन्थ्यो। पाप र धर्मको डर देखाइन्थ्यो । श्रमगर्न
मात्र लगाइएको थियो । उनिहरुको श्रम शोषण
मात्र गर्दथे । यहि क्रम सदियौ सम्म चल्दै गएको थियो । उनिहरु (शुद्र समुदाय) लाइ
छुवाछुत र बिभेद गरियो । उनिहरुलाइ छुन नहुने,छोएमा नुहाउने
पर्ने उनि हरुले छोएको चिज खान नहुने गरेर हरेक क्षेत्रमा छुवाछुत र बिभेद गरियो
यद्दपि छदै छ ।
ब्राहमण
समुदायकोलागि एक किसिमको आरक्षणको ब्यबस्था गरिएको थियो । सबै क्षेत्रमा उनिहरुनै सर्वेसर्वा भए । नेपालमापनि यहि अवस्था
अहिले सम्मपनि छ ।कुरा के हो ? भने छुवाछुतमा पारिएको समुदायलाइ दलित भनि
सम्बोधन गरिएकोछ । दलित समुदाय बिद्यालय जान बंचित थियो।यो समुदायलेपढ्न लेख्न पाउदैनथ्यो।जग्गा जमिन राख्न सम्पत्ति आर्जन गर्न पनि पाउदैन थियो। करिब करिब आज भन्दा *) बर्ष अगाडि सम्म दलित समुदायले स्कुलको मुख सम्म पनि देख्न पाउदैन थे । पढने लेख्ने
भन्ने कुरा त आकाशको फल आंखा तरि मर जस्तो नै थियो। औपचारिक रुपमा पढ्न पाउदैन थे ।जब नेपालमा राणा कालमा नै देव शम्सेरले बिद्यालयहरु खोल्न थाले
अलिकति परिवर्तन भयो तर दलित समुदायले शिक्षा लिन पाउदैन थे।करिब करिब प्रजातंत्रको पुनर्बहालि @)!% सालमा भयो तत्पस्चाद दलित समुदायले शिक्षालिन पाउथ्यो तर कसैलाइ ब्राहमण क्षेत्रि लगायत अन्य गैर दलित
हरुलाइ छुन पाउदैन थे। छोयमा छिटो
हाल्ने अनि घर गए पछि ति कथित उपल्ला जाति भनौदाहरुले नुहाउन पर्ने यस्तो
बाध्यात्मक अवस्था थियो। जब जब देश
काल बित्दै गए । देसमा केहि परिवर्तनहरु हुदै गए।@)@) सालमा कागजमा भए पनि राजा महेंद्रले जातिय छुवाछुत र बिभेदको अंत्य भएको कानुनमा लेखे। तर
ब्याबहारमा लागु भएन।@)$^
सालको जनआंदोलन सम्पन्न भयो पंचायति निरंकुसताको अंत्य भयो । नेपालमा नया
सम्बिधान बन्यो तर दलित समुदायको अवस्था उस्तै रहयो । तात्विक भिन्नता केहि भएन
। दलित समुदाय आर्थिक रुपमा बिपन्न थियो
अहिले पनि छ । जग्गा हरु बिर्ता का रुपमा हिजो पनि थिय आज
पनि छन । उच्च शिक्षा हासिल गर्न पनि सक्दैन थे । सरकारि जागिर आदि खानेत कल्पना सम्म पनि गर्न सकिदैन थियो । मलाइ लाग्छ
दलित समुदायले उच्च शिक्षा हासिलगर्न लागेको चालिस बर्ष जति हुन लागेको होला । जबकि हजारौ बर्षदेखि राज्यको श्रोत साधनमा
एकछत्र रुपमा अधिपत्य जमाइराखेको शोषक र सामंति बर्गले राज्यका हरेक क्षेत्रमा
दोहन गर्दै आएको छ।
हामिदलित समुदाय हजारौ बर्षदेखि छुवाछुत र जातिय
उत्पिडनमा परेका छौ । देशमा पुन: २०६२/०६३
को दोश्रो जनआन्दोलन र मधेश आन्दोलनले राज्यको श्रोत, साधन र पहुँचमा समावेशिताको मुद्दालाई दरोसँग अघि उठायो ।
परिणास्वरुप नेपालको अन्तरिम संविधान , २०६३ ले
राज्यलाई समावेशी बनाउन अधिकतम प्रण गर्यो । यसर्थ निजामती सेवा ऐन, २०४९ मा
भएको दोश्रो संशोधन (२०६४) ले निजामती सेवामा आरक्षणको व्यवस्था गर्यो । जसले
निजामती सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा पूर्ति हुने ४५ प्रतिशत पद छुट्याई सो
प्रतिशतलाई शत प्रतिशत मानी ३३ प्रतिशत महिला, २७ प्रतिशत आदिवासी जनजाति, २२
प्रतिशत मधेशी,
९ प्रतिशत दलित , ५ प्रतिशत अपांग र ४ प्रतिशत पिछडिएको क्षेत्रका बिच मात्र
छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गर्ने प्रावधान गरेर आरक्षणलाई संस्थागत
गर्यो ।
राजनीतिक, आर्थिक, सामाजिक,सांस्कृतिकरूपले पिछडिएको बर्ग,समुदायलाई राज्यको नीति निर्माण लगायत
राज्य संरचनाका सबै तह सेवा सुबिधाहरुमा अर्थपूर्ण सहभागिताको अवसर प्रदान गर्न
अवलम्बन गरिने विशेष संरक्षणको कार्यलाई आरक्षण अर्थात सकारात्मक बिभेद भनिन्छ । तर हाम्रो देश नेपालमा यसको गलत
तरिकाले प्रयोग भएको छ । जसले हिजो हजारौ बर्षदेखि
उत्पिडन गर्यो । छुवाछुत
र बिभेद गर्यो आज त्यहिबर्गलाइ अर्थात खस आर्यलाइ पनि आरक्षणको ब्यबस्था यो नेकपाको
सरकारले मिति @)&& साल असार
% गते देखि गरेको छ । यसको अर्थ यो सरकार अन्न्याय गर्ने बर्गलाइ
प्रोत्साहन गर्न चाहान्छ । त्यसैले देश कता जांदै छ । छुवाछुत र बिभेद छदै छ र दलित समुदाय मारिएका छन
। कुटिएका छन सरकार मौन छ । अझ अचम्म त प्रधानमंत्रि के.पि.ओलिले सरकारले मानिस मारेको
होइन भंदै स्पष्टोउक्ति दिदै छन ।त्यसैले हामि
दलित समुदायले यो सरकाराबाट कुनै सहयोगको आशा नगरौ । हामि संगठित भइ आंदोलनको ज्वार्भाटाको श्रृजना
गरौ । मुक्ति सम्भव छ हाम्रै पालामा । दलित
एकता जिंदाबाद ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home