कसरि हुन्छ दलित मुक्ति?
हामिलाइ
थाहा छ हामि किन जातिय छुवाछुत मा हामि प-यौ ? कुन जालिले हामि
लाइ जाल झेल गरेर आज आउदा हामिलाइ बिभेदमा परियो स्पष्टछ,हामि लाइ जाल्झेल गर्ने हिंदु धर्मको
बर्णब्याबस्था हो . म अलिकति प्रसंग लाइ मानब
सभ्यातको इतिहास तिर लैजान खोजे करिब करिब 15 अर्ब बर्ष पहिला ब्रह्माण्ड्को
उत्पत्ति भयो अनि , 4 अर्ब 60 करोड बर्ष पहिले पृथ्बि सहित सौर्य मण्डलको स्वनिर्माण भयो . 3 अर्ब 80 करोड 40 लाख बर्ष पहिलेअफ्रिका र
दक्षिण पुर्व एसियमा बिभिन्न क्षेत्रमा अष्टेलापिथेकस नाम्कोमानव देखा पर्यो . र 40 हजार् बर्ष पहिलेआधुनिक प्रज्ञा मानबको
बिकास भयो .
जब जब मानब बिकास हुदै गयो उस्ले आफ्ना निम्ति
अनेकन पदार्थ् हरुको पहिचान गर्यो जिवन याप्न गर्नका लागि नया नयाकुरा हरुको ज्ञान
हासिल गर्दै गय . त्यतिखेर मानिस हरु आपसमामिलेर बस्थे त्यहा कुनै
भेद्भाव थियन, भन्न त हामि हरु श्रमको आधार् मा भेद भाव भयो तर
यो होइन यहा निर यो लागु हुदैन यस्को ब्यख्या म पछि जोड्ने छु . कालांतरमा हिंदु
धर्मको उत्पत्तिभयो त्यहा टाठोबाठो बर्गको उत्पत्ति भयो त्यो बर्ग ले आफ्नो बर्चस्व
कायम कसरि गर्ने भन्ने बिषयमा गम्भिर भएरसोच्न लाग्यो कसरि मेरो संततिले आफ्नो
बर्चस्व कायम गर्न सक्छ? भन्ने बिषय प्रमुख बनायो अनि उस्ले धेरैबुद्धिमत्तपुर्वक तरिकाले
बिचार मग्न भयो तत पस्चात उसले धर्मको निर्माण गर्यो जस्ले पाप र धर्म को ब्यख्या
गर्न थाल्यो तेसैको परिणाम हो बेद, उपनिषद, भगवत,गिता,रामायण आदि आदि ग्रंथको निर्माण भयो अब कसरि सोषण
गर्ने त भंदा हामि स्वघोषित ब्राहमण हरु मुख बाट जन्मेको हो क्षत्रिय हरु भुजा बाट
बैश्य हरु जंघाबाटर सुद्र हरु खुट्टा बाट जन्मेको हो भनि प्रचार गरियो र ब्रहमण
लाइ सर्व श्रेष्ट जात कहलाइयो अब भन्नुस मानब इतिहास कहिलेको हो?कसरिमानब हरु
पृथ्विमा अस्तित्वामा आए भंदा करिब40 हजार बर्ष पहिला, अनि जबकि तेतिखेर कुनैजातिय् छुवाछुत
थियनअनि यो हिंदु धर्म को प्रार्दुभाव भय संगै किन जातियबिभेद र छुवाछुत भयो ? अब यो
जातिय छुवाछुत कसरि संसागतगर्ने त त्यसै त कसैले पनि मांदैन अब पाप र धर्म को रुप
रेखा तयारपार्ने सोच भयो मैलेमाथि भने जस्तै धर्म ग्रंथ हरु तयार पार्ने ऋग्बेदको
दसौ मण्डलमा भनेको छ मैले माथि भनेको जन्म पद्धति कुन संसारमा योनि भंदा बाहिरबाट
मानिस जन्मंछ यो स्वत अबैज्ञानिकछ अनि ब्यास स्मृतिमा भनेकोछ बबिक,किरांत,कायस्थ,मालि,बांस्फोर,स्याल मार्ने,कंजर,चांडाल,वारि,भंगि कोल अथवा गौ भक्षक्गर्ने हरु सबै
अछुतभनेकोछ अनि महा भारतमा शांति पर्वमा कृष्ण ले युधिष्ठिर लाइ भंनेका चान हे भरत
बंसि भंदै ऋग्बेद्कै कुरा दोहो-याएका छन बाल्मिकि रामायणमा सुद्र हरु लाइ जनावर कै
दांजोमा राखेर बंदर भालु संग दजेर पछि अछुतबनाइ दिय अझ गएर मनु स्मृति बनाएर त झन
मानब नै होइन जनावर भंदापनि तलको ब्याबहार गरेकोछ सुद्र लाइ खान पिन गर्न जुठो
दिनु ,सुद्र
लाइ सम्पत्ति कमाउन नदिनु ,उसले सम्पत्ति कमायो भने त ब्राह्मण लाइ दुख दिंछ
ज्ञान उपदेस नदिनु गायत्रि मंत्र सुन्योभने सिसापगालेरकानमा खन्याइ दिनु बर्तको उपदेशनदिनु भनेकोछ अनि सुद्र लाइ छोयो भने नुहाउनु भनेको छ
र सुद्र लाइ जनावर भंदापनि तलको ब्यबहार गरेको छ यसै आधारमा पृथ्वि नारायण शाहले मेरो मुलुक 4
जात 36 बर्णको फुल्वारि भने र छुवाछुत लाइ बकियोबनाए त्यसपछि जंग बहदुर कुंवर नया
मुलुकि एन 1910 लागु गरि जातिय ब्यबस्थालाइ कठोर बनाए र छुवाछुत लाइ अझमज्बुत बनाए
.
अब भन्नुस हामि कस्का बिरुद्ध आंदोलन गर्ने,सजिलो छ उत्तर हुना त मलाइ माफ गर्नु होला
मैले हिजोको इतिहास मात्र खोदलेको मात्रैहो आफ्नो अभिष्ट पुरा गर्न को लागि
निस्चित समुदाय लाइ छुवाछुत र भेद्भावगरि आजन नेपालमा पनि सयौ बर्ष देखिहामि पिडित
र नारकिय जिवन ब्यतित गर्नबाध्य छौ अबको बाटो हाम्रो के हुने? क्रमश........
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home