मानिस मारिदापनि किन तमाशा हेरियो? कर्ण बि.क.
त्यो कालो दिन गत जेठ 10 गतेको दिन,मानबता बिरुद्द्को आततायि कालरात्रिको दिन,मलाइ लाग्छ भेरि नदि दानवहरुका बिरुद्द म पनि साक्षि छु है भन्दै सुसाउदै रोएको दिन हो . जुन दिन चौर जहारि नगरपालिका वार्ड नम्बर 8 कि युवति सुष्मा मल्लको प्रेमको कोपिला कलिलैमा निमठिएको दिन जसले आफ्नो जिवन मरण भेरि न.पा. 4 का युवा होनाहार युवा नवराज बि.क.संग बिताउने प्रण गरेकि थिइन . तर नवराज बि.क. लगायत उनका सहयात्रि 5 जना समेतको हिंश्रक मानबरुपि ब्वासाहरुले हसिय,ढुंगा,खुकुरि,भाला,चक्कु र लौरो प्रयोगगरि उनिहरुको चित्कारका अनुनय,बिनय, रोदन,क्रंदन,र पिडाको कुनै वास्ता नगरि किचि किचि मारेर लतार्दै घिसार्दै निर्दोष भेरि नदिलाइ समेत अपबित्र बनाउदै उनिहरुको आवाज र रगतले लतपत बनाउदै फालेको थिए . आजपनि भेरिका वारिपारिका पहराहरुमा नवराज बि.क.लगायत उनका सहयात्रिहरुका रगतले पोतेका भित्ताहरु भंदै छन कि उनिहरुलाइ मारेर फालेका हुन . उनिहरु हुन हत्यारा हुन हामि त्यसको साक्षि छौ .
कुरा त्यति मात्र होइन अब हामि जाउ कि नवराज बि.क.लाइ न्याय किन
भएन ?अकालमा नवराज बि.क. लगायत अन्य निर्दोष 5 जना यो देसका सपुतहरु मारिय
मारिनु जिवनकोठुलो घटना त हो . तर अहिलेको बर्तमान सरकार अझ भन्नु पर्दा जनताको प्रचण्ड मत
पाएर जनताको भलो गर्ने छु भनि शोषित, पिडित,उपेक्षित,गरिब,श्रमजिवि र
सर्वहारा बर्गको म जस्तो पक्षपाति राजनैतिक प्रतिनिधि कोहिपनि छैन भन्ने नेकपाको प्रचण्ड
करिब करिब 2/3 बहुमत सहितको नेतृत्वको सरकार गठन गरेको छ . बिडम्बना .
नवराज
बि.क.लगायत उनका साथिहरु त मारिय . नवराज बिक.को बाच्ने अधिकार थियोकि
थियन ? बांच्ने अधिकार थियो भने मांछेमार्ने ज्यानमारालाइ
कारवाहि हुनु पर्ने हो . ज्यानमारालाइ करवाहि
नगर्नकालागि नेकपाका ठुला भनिएका नेताज्युहरु अझ भंदा त्यहि क्षेत्रबाट निर्वाचित
साम्सद ज्युबाट नसोचेको प्रतिक्रिया आउनु अनौठो हो . सम्सद भवनमै नदिमा हाम फालेर मरेका हुन भंदै अभिब्याक्ति
दिनु कति उपयुक्त होला?अर्का साम्सद्ज्युपनि नबोल्नु बिडम्बना
हो .
कुरा यति
मात्र होइन त्यसका बिरुद्द दोषिमाथि कारवाहिको माग गर्दै सम्पुर्ण दलित समुदाय
आंदोलित भएको छ . नेकपाबाट प्रतिनिधित्व गरेका दलित समुदायका साम्सद वा
मंत्रिहरु चुपचाप छन . नेपालि कांग्रेसबाट प्रतिनिधित्व
गर्ने साम्सदहरु धिमा स्वरमा बोलेका छन उनिहरुपनि बोल्ने थिएनन . अहिले बिपक्षिमा भएर गोहिका आंशु
झारेका हुन . अनौठो
त यो छकि नेकपाबाट निर्वाचित सांसदहरुलाइ त्यहि क्षेत्रका दलित समुदायका
मानिसहरुलेपनि मतदान गरेर जिताएका हुन . यो मत नै काल बनेर आउछ भन्ने भएको भए उनिहरु किन मत हाल्दा
हुन र?
जबकि अमेरिकामा काला बर्णको जाति जर्ज
फ्लोइडलाइ एकजना ब्यापारिलाइ 10डलर नक्कलि नोट दिएको भंदै त्यहाको प्रहरिले छोपेर घांटिमा
थिचेर मार्दा त्यसको विरोधमा पुरै अमेरिका भरि लाखौ लाख काला र गोरा जातिहरु सडकमा
ओर्लिए . यो
मानबता बिरोधि अतातयि कुर्र हत्या हो भंदै सडकमा आए . मिनिया पोलिस, न्यु योर्क सिटि, ,ओहायो,
,कोलोराडो,न्यु जर्जि र मेरिल्याण्ड लागायत
पुरै अमेरिका भरि बिरोध भए . त्यहाका काला,गोरा, गहु
गोरा सबै जातिहरु सडकमा “ब्ल्याक लाइभज म्याटर” भंदै प्लेकार्ड लिएर सडकमा मानबता
बिरोधि आंदोलनमा ओर्लिए . सडकमा आएको भिडले राष्ट्र्पति डोनाल्ड ट्रम्प बाहिर ननिस्कि
कन आफ्नै निवासमा बंकरमुनि बस्न बाध्यभए . लाखौ लाख अमेरिकि यस्तो हत्याका
बिरोधमा कालागोरा नभनि पुलिसको कुर्र हत्याको बिरोधमा ओर्लिए . संसार भरि पनि बिरोध भयो . पुलिसले नागरिकसंग घुंडाटेकि माफि माग्यो भने राष्ट्रपति ट्रम्पले
जर्ज फ्लोइडका परिवारसंग गल्ति भएको भनि कुरा गरि सांतवाना दिए . पुर्व राष्ट्रपति बाराक ओबामाले गह
भरि आंसु ल्याउदै ढुंगे युगको झल्को दिने खालको घटनाभंदै दुख ब्यक्त गरे भने जर्ज फ्लोइडलाइ मार्ने
अभियुक्तकि श्री मति केलि चुबिन जो मिसेज मेनिया पोलिस पनि हुन उनले श्री मान संग
सम्बंध बिच्छेद गर्न आबेदन दिएकि छन .
तर हाम्रो देश नेपालमाभने गोर्खाका
राजा राम शाहले 1960 मा समाज ब्याबस्थाका नाममा बाध्यत्मक काम र सजायको
ब्याबस्थागरेका थिय . उपत्यकामा जयस्थिति
मल्लले मानब न्याय शाष्त्र मार्फत 64 जातको ब्यबस्थागरि दण्ड सजायको ब्यबस्था
गरेका थिय . पृथ्वि नारायण शाहले पनि नेपाल एकिकरणका
बेलाआफुलाइ सहयोग गर्न भारतको बनारसबाट येख जंग बि.क.लाइ ल्याइ नेपालिसेनालाइ
हतियार चलाउन तालिम दिएका थिए . जसबिर कामि,मणिराम गाइने,धार्ने कामि,बिषे नगर्चि र काले सार्किले आफ्नोक्षेत्रबाट उनलाइ सहयोग
गरेका थिय तर उनले चार जात छत्तिस बर्ण बनाइ समाज ब्यबस्था गरि छुवाछुत र बिभेद
गराइ छोडे .
जंग बहादुर राणाले बेलायत
भ्रमणबाट फर्के पछि बि.स. 1910 मा समाज ब्याब्स्थाको नाममा जातियछुवाछुतलाइ
ब्यबस्थित गरे . आज त्यसैको निरंतरता भएको छ . जति सुकै आंदोलनमापनि दलित समुदायको उत्कृष्ट उपस्थिति रहेको
छ . चाहे शांतिपुर्ण आन्दोलनमा सेतु बि.क.को प्रथम शाहदत होस
वा जनयुद्दको बेला प्रथम शाहदत दिल बहादुर रम्तेलको होस . नेपालले सन 1955,डेसेम्बर 14 मा संयुक्त राष्ट्र संघको सदस्यता लिए पछि संयुक्त राष्ट्रसंघको
बडापत्र 1945 र मानब अधिकारको बिश्वब्यापि घोषणा पत्र 1948को अवधारणा,नेपाल पक्ष भएका अंतराष्ट्रिय संधि हरुमा हस्ताक्षरगरेको छ . जातिय
कसुर ऐन र नेपालको सम्बिधान 2072 मा भएका ब्यबस्था अंतर्राष्ट्रिय मानब अधिकार
संरचनाको उच्चतम निकाय(अंतराष्ट्रिय फौज दारि अदालत)मा नवराज का हत्याराहरुलाइ लैजानेछ
. यहा भन्न
खोजिएको केहो? भने नेपालमा दलित समुदायका ब्याक्तिहरु मारिदा वा अन्न्यायमा
पर्दा किन दलित समुदाय मात्र आंदोलित हुनु पर्ने? राजनैतिक पार्टिहरु
र तिनका कार्यकर्ताहरु किन अमुक र मुक दर्शक बन्ने?निर्मला बलात्कार पछि हत्याकाण्डमा हजारौ दलित समुदाय सडकमा आएको थियो . निर्मलाको पक्षमा दलित समुदायले ओकालत
गरेको थियो . न्यायको
पक्षमा आगोको ज्वाला उठाएको थियो . हजारौ बलिदानि दिनका लागि तयार भएको थियो . दलित समुदायले यो सोचेन कि निर्मला गैर
दलित हुन हामि आंदोलित हुनु हुदैन भनेको त थियन नि . आज हामि नवराज बि.क.ले
गैर दलित महिला संग प्रेम गरेर बिवहा गर्न जांदा जातिय बिभेद कै कारण छुवाछुत कै कारण
कुटिकुटि उनि लगायत उनका साथिहरु मारिदा ,न्यायको पक्षमा दलित समुदाय आंदोलित हुदा मानब अधिकारको पक्षमा
हत्याको बिरोधमा किन राजनैतिक पार्टिका कार्यकर्ता र गैर दलित समुदाय सडकमा आंदोलित हुन किन न आउने?
किन तमाशे भएर मुर्दा मलामि बन्ने?अमेरिकाको
घटना मैले माथि नै भनि सकेको छु कुरा यो हो . हामि देखि रहेका छौ सरकार त छ कि छैन ? अन्धधुन्ध
छ . तर गैर
दलित समुदाय बल्ल खाइस भंदै कुहिना ठोक्दै हिडेको हामिले महसुष गरेका छौ . यिनिहरु नै मारिउन हामिलाइ के मतलव? भने जस्तो
गरि हाँस्दै हिडेको देखेका छौ ? सहानुभुतिको त कुरै छोडौ बरु गलत र नराम्रा खालका पोस्टहरु पोस्टिने
गरेकाछन . चाहे त्यो सम्भु सदा लाइ प्रहरिले हिरासतमा मार्दा
हामिले गारेको आंदोलन होस वा रुपंदेहिमा अंगिरा पासिलाइ बलात्कार पछि गरिएको हत्या
होस . त्यसैले
हामि अब हाम्रो आंदोलन कसैको भर न परि हामि आफै गरौ . कुनै पनि राजनैतिक पार्टिलाइ भोट दिने तिनिहरुको सेवक बन्ने
काम नगरौ .सेवक त ति दलालहरु बन्नु छ जसले बालि मागेर खाने बानि परेको छ . नुनको
सोझो गर्नु छ . प्रभु कै सेवा गर्नु छ . हामि न्यायका
लागि छुवाछुतको बिरुद्दमा उभिनुको बिकल्प छैन
. साथिहरु
आउनुस सन्युक्त मोर्चा बनाइ अगाडि बढौ . मुक्ति सम्भव छ हाम्रै पालामा जय दलित एकता .
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home