Friday, July 17, 2020

हरेक झरिमा दलित समुदाय किन बिलिन हुदैछ माटो मुनि? कर्ण बि.क.


करिब करिब 15 अरब बर्ष पहिल्यै ब्रहमाण्ड्को स्वनिर्माण भएको अनुमान बैज्ञानिकहरुले  गरेका छन । 4 अरब 60 करोड बर्ष अगाडि पृथ्वि सहित सौर्य मण्डलको स्वनिर्माण भएको थियो। 3 अरब 80 करोड 40 लाख बर्ष अगाडि एक कोषिय जिव पानिबाट उत्पन्न भएर बहु कोषिय हुदै माछा ,कछुवा ,सिंह जस्तो आकार हुदै डर लाग्ने खालको मानब पहिले अफ्रिका र दक्षिण पुर्व एसियाका बिभिन्न क्षेत्रमा देखा परेको थियो। भने हाम्रै देश नेपालमा बुटवलको चिडिया खोलाको बनमा 1 करोड 20 लाख पहिल्यै रामापिथेकस जातको मानब देखा परेको थियो । अफ्रिकाको जंगलमा आज भन्दा करिब एक लाख बर्ष अगाडि अन्य जनावर जस्तै बांच्नकालागि संघर्ष गरेको मानब प्रजाति बिकासको क्रममा आज सिंगो पृथ्विमा कसरि मालिक बन्न सफल भयो? आजको आधुनिक प्रज्ञा मानबको बिकास भएको करिब करिब 40 हजार बर्ष पुगेको छ । मानब बिकास सिंधुघाटि,मिश्रको सभ्यता र मोहनजोदाडोको सभ्यता हुदै आएको इतिहास साक्षि छ । आज भन्दा करिब 300 बर्ष पुर्वबाट मानबजातिको बिकासक्रम तिब्ररुपमा भएको अनुमान गर्न सकिन्छ   
          तर संसारमा बिगतका दिनहरु निकै कष्ट्पुर्ण थिय। मानव जातिले ढुंगे युगदेखि कृषि युग हुँदै औद्योगिक क्रान्तिको चरम बिकाससम्म आइपुग्दा धेरै उपलब्धी र प्रगतिहरु प्राप्त गर्‍यो, तर त्यो उन्नतिको गति बीसौं शताब्दीको मध्यसम्म आइपुग्दापनि तीन प्रमुख चुनौतीहरु भोकमरी, रोग र युद्धको कारण सुस्त भइरह्यो ।
     हामिले भोकमरी भन्नासाथ हामी अफ्रिकाका गरिब देशहरु लाइ  सम्झन्छौ तर संसारको सुंदर शहर पेरिसका गल्लीहरुमा करिब ३०० बर्ष अघिसम्म मानिसहरुपनि एकछाक भोजन गर्न नपाएर भोकले मरेका मान्छेहरुको लासको थुप्रो लाग्थ्यो । तथ्यांक अनुसार, सन् १६९२ देखि ९४ सम्म २८ लाख मानिस फ्रान्समा खान नपाएर मरेका थिए ।चिन अहिले संसारको महा शक्ति बंदै छ त्यतिखेर त्यहा शासका तथा जनता सबैलाइ दुख दियो माओको पालमापनि 10औ लाख मानिस खाना नपाएर भोकैले मरेका थिय।
       त्यसै गरि 14औ सताब्दिमा ब्ल्याक डेथ  भनिने महामारी रोगका कारणले यूरोप र एशियामा मात्रै ७ देखि २० करोड मानिसको ज्यान लियो ।एक सय बर्ष अघिमात्रै स्पानिस फ्लु भन्ने महामारी रोगका कारणले संसारभर 2 देखि 5करोड मान्छेले मृत्यु बरण गरे, ति मध्ये डेढ करोड मानिस त हाम्रो छिमेकी मुलुक भारतका थिए ।हालअहिले फेरि यो कोरोनाले बिश्वभरि ताण्डव मच्चाएको छ करिब सवाकरोड मानिसहरु यो रोगले ग्रस्त छन। करिब करिब 6 लाख मानिस यसरोगका सिकार भएका छन। निर्ममता पुर्वक निर्दोष मानिसहरुको ज्यान लिएको छ।  मानिसले भोक, रोग र युद्धबाट छुटकारा पाउन विभिन्न देवता-दानव, सुर-असुरजस्ता दैवीशक्तिहरु निर्माण गरेर तिनिहरु सामु याचना र प्रार्थना गर्‍यो । आफ्नै सगोत्रीको बलिसम्म चढाएर भाकल गर्‍यो तर ती हारगुहारहरु व्यर्थ भए । अन्त्यमा आफैंले उत्पादन गरेको ज्ञान, शीप, अनुभव र निरन्तर वैज्ञानिक अनुसन्धानको परिणामले विस्तारै मानवजातिले तिनै कुरामाथि विजय प्राप्त गर्न सफल भयो ।
         म अब नेपाल तिर फर्कन लागे , बिश्व आज बिकासको चरमयुगमा प्रबेश गरेको छ  । हाम्रो देश नेपालमा जनसंख्याको करिब करिब 25% ओगटेको दलित समुदाय 60 लाखको वरिपरि छ ।  मैले माथि भने जस्तै देव देवता आदिको पुजा गर्नेक्रममा धर्मको बिकास भएको हो । त्यहि क्रममा आज भंदा 12000 बर्ष अगाडि रचना गरिएको मनु-स्मृतिको रचना भयसंगै उनिहरुको भनाइमा शुद्र भनिएको समुदायलाइ जातिय बिभेद त गरियोनै हरेक कुराबाट बंचित गराइयो । अचम्म लाग्दो त के छ भने नवौ सताब्दिमा भारतमा मुगलहरुको आक्रमण भए पछि पस्चिमबाट पसेका खश आर्यहरुले आफुसंगै लिएर आएका आफ्नै सहगोत्रि भाइहरुलाइ पहाडमा या तराइमा अचाक्लि छुवाछुत गरेका छन।  यहा सम्मकि सम्पत्ति कमाउने हक,कृषि उपजबाट उत्पादित सामान समेत राख्नदिएन। आफ्नो घर जग्गा बनाउन समेत दिइएन । निजि रोजेको ठाउमा आफु बस्न समेत दिइएन।आज सिमित दलित समुदाय आफ्नैबल बुताले मेहेनत गरेर केहि सम्पत्ति आर्जन गरेका छन। यो नगण्य संख्या हो।
      तर देशको अधिकांस दलित समुदायको जनसंख्या अनेक किसिमको रोग ,भोक गरिबिको कारणले पिडित छ । तराइमा अधिकांस दलित समुदायको आफ्नो जग्गा जमिन छैन। आफ्नो घर पनि छैन। सामंतको घरमा आस्रित छन । हिजो मात्र सप्तरिमा एक जना मुसहर समुदायको साथिलाइ मोहियानि हकको अधिकार पायो भंदै अपरहरण गरेर मारिएको छ। लाखौ तराइका दलित समुदाय डुबानमा परेर अकालमा ज्यान गुमाएका छन। बस्ने ठाउ छैन खाने गासपनि छैन । यसको प्रमुख कारण हिजो जग्गा जमिन सबै ति गैर दलितले ओगटेकै करण हो। सम्पत्तिकोहक नदिएकै कारणले हो । एकछत्र राज मानौकि यो संसार उनिहरुकै भोगचलनका लागि उत्पत्ति भएको हो। पहाडमा पहिरोले  बर्सेनि सयौ दलित समुदायको धन र जन को क्षति हुने गरेको छ ।अबोध बालबालिका भोलिको मोठो सपना देख्दै सुतेका हुंछन तर सदाका लागि पहिरोले उनका मिठा सपना पुरेको छ।  हरेक बर्षायाममा यिनै निसमपत्तिवालालाइ काल बनेको छ बर्षायाम। हाम्रै दलित समुदाय मारिंछन प्रकृतिलेपनि निर्ममतापुर्वक सताएको छ। डुबानले बगाएकोछ भने  र पहिरोले बगाएर अकालमा ज्यान लिन्छ।यसैलेहाम्रो सबै खालेबिभेद र जातिय छुवाछुतको अंत्य आसन,शाशन,रासन,कपास,शिक्षा,स्वास्थ्य,आर्थिक उन्नति र रोजगारिकालागि एकजुट भै लडौ
      हरेकझरिमा किन दलित समुदाय बग्नु पर्ने? किन पुरिनु पर्ने माटोमा ?जबाफ देउ सरकार ।
                                                           कर्ण बि.क.
                                                      

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home