“हुदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन
मुलुक दुइ चार सपुत मरेर नगए” कबि भुपि शेरचन।
मलाइ आज यो महान कबि भुपिको कबिता सम्झन मन लाग्यो ।
हामि यो देश नेपालका नागरिक पुस्तौ पुस्ता यहि ठाउमा बितायौ तर कसरि बितायौ ?यो प्रश्नको जबाफ सजिलै छ। जाल झेल गरेर, छुवाछुतमा पारेर,सम्पत्ति सबै लुटि दिएर, धारामा पानि लिन जांदाकुटाइ खाएर,बिद्द्यालयमा पढ्न लेख्न नपाएर,अंतरजातिय प्रेम गर्दा दिन दहाडै मारेर,चाड पर्व आउदा ऋण मागेर खानुपर्ने भएर,एकछाक टार्न अपमानित भएर भोकै सुतेर यस्ता
उदाहरणहरु धेरै छन। हामि नेपालि हाम्रो देश नेपाल अनि यो
देशका नागरिक हामि। तर बिडम्बना एउटै देश एउटै रगत एउटै पसिना एउटै धर्म संस्कृति
एउटै नश्ल अनि के आधारमा बिभेद र छुवाछुत गरियो त ? जब नरसंहार पछि पहिलो विश्वयुद्धको अन्त्य भयो रङ्गभेदी अहंकारवादी गोराहरूले अमेरिकामा बसोबास गरेका काला
अफ्रिकन-अमेरिकनमाथि अन्न्याय र अत्याचार गरि हत्याको उपद्र नै मच्चाएका थिए । उत्तर र दक्षिणी बाट कामको खोजिमा गाउ बाट मिचिगनमा
पसेका काला अफ्रिकन-अमेरिकनमाथि सत्तामा रहेका गोराहरूले अमानबिय दमन र अन्न्याय
गरेका थिए । पहिलो विश्वयुद्ध सकिने बित्तिकै जुलाई 27
1919 मा अफ्रिकन-अमेरिकि युजिन विलियम्स
मिचिगनमा समुद्रको भागमा गोरा मात्र प्रबेश गर्ने र पौडि खेल्ने भनेर छुट्याइएको समुद्रको
क्षेत्रमा गएर पौडी खेलेपछि उनलाई गोराहरूले ढुङ्गाले हिर्काएर पानीमा डुबाएर अमानबिय
तरिकाले हत्या गरेका थिए । त्यहाँको सरकारले गोराहरूकै कार्यको साथ दिंदै
बचाउ गर्यो , हत्यारालाई पक्रिएन र कारवाहि पनि गरेन।
त्यसपछि अफ्रिकन-अमेरिकनहरुले बिरोध गर्ने क्रममा गोराहरूसँग बिवाद र झडप सुरुवात भयो । युजिनलाइ हत्या गरेको ५ दिनभित्र भएको दोहोरो आक्रमणमा
परि 15 गोराहरु र 23 अफ्रिकन-अमेरिकनहरु मारिए । यसरी सुरु भएको बर्णभेदी दमन देशव्यापी बन्यो ।हामि हाम्रो खुट्टाले दह्रोसंग टेकि आंदोलनको ज्वारभाटाको श्रृजना गरौ ।
सन् 1917 देखि 1923 सम्ममा अमेरिकाका 27 वटा सहरमा गोराहरूको आक्रामक
जमातले काला अफ्रिकन-अमेरिकनविरुद्ध 97 वटा हत्याकाण्ड गरे । यो समर सिजनमा भएको घटना हुदा ‘रेड समर’ले परिचित उक्त नरसंहारमा
हजारौँ काला अफ्रिकन-अमेरिकनहरुको दया बिहिन तरिकाले कत्लेयाम हत्या भएको थियो, यति सम्म भयोकि उनीहरूका बस्ने घर
र उनिहरुले गरेका व्यवसायहरुमा समेत आगो लगाइ करोडौ को सम्पत्ति खरानि बनाइएको
थियो र राज्यले त्यतिखेर पनि गोराहरूलाइ सहयोग गरेको थियो र साथ पनि दिएको थियो । यो घटना करिब करिब 100 बर्ष अगाडिको थियो ।
दक्षिण एसियालि
छिमेकि मुलुक भारतको बिहारको बथानिमापनि भारतिय कम्युनिष्ट पार्टि (माले)ले
श्रमजिवि मजदूरहरुकोज्याला रु.20 बाट रु.30 गराउनु पर्छ भंदै गर्दा सामंत र
भुमिपति द्वारा गठन गरिएको रनबिर सेनाले सन 1996 जुलाइ 11 मा 21 जना दलित समुदायको
घर घरमा गै हत्या गरेको थियो भने सन 1997 मा बिहारकै लक्ष्मणपुरमा रनबिर सेनाले 58
जना दलित समुदायको हत्या गरेको थियो भने नेपालमा यहि तरिकाको रुकुम नरसंहारमा
स्थानीय सत्ताका सताधारिहरुनै दलित
समुदायका र दलित समुदायका युवाहरु संगै गएका गैर दलित समुदायका युवाहरूको हत्या
हुनु र रुकुमको नेकपाको नेतृत्व आफ्नो जाति र नातागोताको सुरक्षामा
उभिनु भनेको अमेरिकामा एक सय वर्षअघि भएको ‘रेड समर’को घटना र भारतको बथानि र लक्ष्मणपुरमा भएको दलित समुदायको नरसंहार
जस्तै गम्भीर अपराध हो ।
मैले यहा भन्न खोजेको कुरा केहो भने आदारणिय साथिहरु
हामि योदेशमा कतिंजेलहाम्रो अधिकार अरुले दिन्छन भनेर चुप लागेर बस्ने ?कति दिन सम्म हामि शोषित
पिडित भै बस्ने?हाम्रा दिदि
बहिनिहरुको अस्मिता लुटिएर मारिएका छन हामि कति दिन सम्म आंखा चिम्लेर बस्ने? हामि कति दिन सम्म बेघरबार भै बस्ने?सधै अरुको मात्र
दास भै किन बस्ने ?किन हामिलाइ हिजो जग्गा बिहिन बनाइयो?अब हामिलाइ जग्गा दिनेकि नदिने?यो सरकारसंग जग्गा माग्ने
हाम्रो अधिकार हो किन नमाग्ने ?हिजोका सामंति शोषकले देश लुटेर सत्ता कै आडमा हजारौ बिघा जमिन लुटेर मोज मस्ति
गरेर बसेका छन हामि किन बिरोध नगर्ने?
अब हामिले बुझ्नु पर्ने
कुरा के छ भने बिना आंदोलन हामिले हाम्रा हक,अधिकारहरु प्राप्त गर्न सक्ने छैनौ । हाम्रा मांछेहरु पदिय जिम्मेवारिमा नहुदा सम्म हामि हक प्राप्त गर्न
सक्ने छैनौ । पुलिस प्रसासनमा हाम्रो मानिस छैनन,आर्मिमा हाम्रा मानिस छैनन ,न्यायलयमा हाम्रा मानिस छैनन,कर्मचारिमा हाम्रा मनिस
छैनन, सत्ता संचालनमा हाम्रा मानिस छैनन अनि कसरि हामिले पाउने
हक र अधिकार? त्यसैले अब एक जुट भै आंदोलन गरौ । आंदोलनकै क्रममा शहिद भै हालिछ भने पनि हाम्रो पुस्ताले पृथ्वि रहे
सम्महाम्रा पुर्खाले सम्झने छन साथि हरु।
यहि कारणले मैले कबि भुपि सेरचनको कबिता साभार गरेको हु । एक दुइ
जना हामि मरेर भए पनि हाम्रो सम्पुर्ण समुदायको मुक्तिका खातिर लडौ। 2046 सालको आंदोलन नभएको भए पंचायत जाने थियन । त्यतिखेर पनि हाम्रा साथिहरुले शाहदत प्राप्त गरे। जनयुद्द र 62/63 सालको आंदोलन नभएको भए गणतंत्र आउने थिएन । अब हामि
हाम्रो मुक्तिकालागि आंदोलनको मोर्चामा अग्र पंतिमा जानुको बिकल्प छैन। दलित समुदायको मुक्तिका खातिर हामि अग्र मोर्चामा उभिने छौ । तपाइहरुले हामिलाइ आफ्नालागि
साथ दिनुस। मरिने छ त हाम्रा लागि बांचिने छ त हाम्रा संततिका
लागि । राजनैतिक पार्टिको झोला उनिहरुलाइ नै बुझाउनुस अनि
त्यो झोला बुझाउदा योपनि सोध्नुस कि तपाइहरुले हाम्रालागि के गर्नु भयो?हामि तपाइलाइ भोट दिएर सत्ताको सुख सयल प्रदान गर्दा तपाइ हामिलाइ नै किन छुवाछुत गर्नु
भयो ? तपाइको घर हाम्रालागि किन बार्नु भयो?त्यसैले म मेरो मुक्तिकालागि मेरो समुदाय भित्र बसि आंदोलन गर्ने छु भन्नुहोस।
अब अमेरिकि कालाले जस्तै “रेड समर” को घटना र बिहरमाभएका बथनि र लक्ष्मणपुरको
घटना जस्तै हामि दलित समुदायले नेपालमा भोग्न नपरोस । अब उप्रांत
रुकुम पश्चिमका हाम्रा होनाहार युवाहरुले अकालमा ज्यान गुमाउन नपरोस साथि हरु? मना सर्कि,अजित मिजार,सम्भु सदार अंगिरा पासि ले जस्तै अकालमा मर्न
नपरोस । दलित एकता जिंदाबाद । शोषक सामंति होसियार।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home