Tuesday, August 25, 2020

 

दलित समुदायका नेताहरुको बुद्दि भ्रष्ट भएकै हो ?

 

        आदारणिय मेरा स्नेहि दलित समुदायका बुद्दिजिवि साथिहरु तपाइहरु के का लागि राजनैतिक पार्टिको झोला बोकेर हिड्नु हुन्छ?के तपाइहरु कांग्रेस,नेकपा र जनता समाजवादि पार्टिमा लागेर के पाउनु भयो? हामिहरुले भने जस्तै समतामुलक समाज पाउनु भयो?बर्ग बिहिन समाज पनि पाउनु भयो?  जसबाट जातिय छुवाछुतबाट मुक्तिमिलोस समतामुलक समाज निर्माण भयो?या नामको मात्रको समाजवाद ओकलेर त्यस उन्मुख अर्थतंत्र पाउनु भयो ? अजित मिजार,अंगिरा पासि,मना सार्कि,सम्भु सदा र नवराज बि.क. जस्ता भाइ हरु मारिए जस्तै गरि अब कोहि पनि मर्ने छैनन जातिय छुवाछुतको कारणले ? मलाइ लाग्छ तपाइहरुको बुद्दि भ्रष्ट भएको छ    तपाइहरु भ्रष्टिकरणको बाटो लाग्नु भएको छ तपाइ हरु नेपालि दलित समुदायलाइ झुक्काउन उद्दत हुनुन्छ आफ्नो निजि स्वार्थ पुरा गर्ने अभिष्ट तपाइहरुको हो।  जबकि हामिलाइ हिजो बर्गिय संघ्रर्षबाट बर्ग बिहिन समाजको निर्माण हुन्छ भनेका हुन कि होइनन?पुन्जिवादको चरम बिकास गरेर समतामुलक समाज निर्माण हुंछ भनेका हुन कि होइनन?गरिबि समुल अंत्य हुंछ अनि समाजवाद आउछ भनेका हुनकि होइनन?जातिय बिभेद र छुवाछुतको अंत्य हुंछ भनेका हुन कि होइनन?सबै भनेका हुन । नेपालि कांग्रेसले 2046 साल देखि यता सत्तामा बसि कति चोटि शासन ग-यो ?धेरै चोटि राज्य संचालन ग-यो अनि देशमा दलित समुदायमाथि कति अन्न्याय भयो ?मस्तै भयो 2046 सालको सम्बिधानमा जातियबिभेद अंत्य गरिएको छ भन्ने थियो तर मंदिर आदिमा प्रबेशगर्दा परम्परालाइ पनि ख्याल गर्नु पर्ने भन्यो । अर्थात एउटै शब्दले जातिय छुवाछुत लाइ कायम ग-यो । हजारौ हत्या जातियबिभेदकै कारण भए। हजारौ बलात्कार जातियता कै कारणले भए   सन 1917 देखि 1923 सम्म अमेरिकामा भएको रेड समरको हत्या काण्ड जस्तै गोराजाति हरुले काला अमेरिकन हरुलाइ मारे जस्तै यहा पनि मारियो । तर सरकार अपराधि र दोषिकै पक्षमा लाग्यो । दलित समुदाय माथि अन्न्याय र थिचोमिचो भै रह्यो ।छुवाछुत र जातिय बिभेद रहि नै रहयो   हामिले सहि रह्यौ हाम्रा दुख,क्रंदन,अनुनय,बिनय सुन्ने कोहि भएन। तर पनि हाम्रा दलित समुदायका बुद्दिजिविहरु नेपालि कांग्रेसकै सक्रिय कार्यकर्ता भएर नाक एक बित्ताको बनाइ रहे । अर्थहिन आडम्बर देखाए ।  नेपालि कांग्रेसकोमुल मंत्र राष्ट्रियता,प्रजातंत्र र समाजवादको मंत्र जपि नै रहे अझ पनि जप्दै छन  अझ पनि हामिलाइ हाम्रै दलित नेताहरुले  गुलाम बनाउदै छन। 

     अब कुरागरौ यो देशको ठुलो पार्टि जो 2006 साल बैशाख 10 गते मार्क्सवाद,लेनिनबाद, माओबादको आलोकमा स्थापना गरिएको अहिले सर्वशक्तिमान पार्टि नेपाल कम्युनिष्ट पार्टि(नेकपा) अर्थात डबल नेकपा  यो पार्टिमा दलित समुदायको अतुलनिय योगदान रहेको छ । यो पार्टिको नेतृत्वमा भएका हरेक आंदोलनमा दलित समुदायको अतुलनिय योगदान रहेको छ। हिजोका दिनहरुमा भएका आंदोलनमा दलित समुदायले बलिदानि अर्पण गरेका छन । त्यो बलिदानि त्यसै गरिएको होइन । त्यो बलिदानि रहरले पनि होइन। त्यो बलिदानि  सुनौलो भबिष्यका अश्वासनका कारणले गरिएको हो । हामिलाइ भनिएको थियो कि तपाइहरु लाइ जातिय बिभेद गरिने छैन । तपाइहरु पनि यो देशको नागरिक हो । छुवाछुत गर्ने कम्युनिष्ट पार्टिको नेता हुन सक्दैन ।  हामिले कहिल्यैपनि बिभेद गर्ने छैनौ  हामि सबै उत्पिडित हौ । हाम्रो शासन आयो भने सबै समान हुने छौ । बस्ने घर ,कमाउने जग्गा ,रोजगार ,शिक्षा ,स्वास्थ्य, सबै को ग्यारेंटि हुनेछ भनेका हुन । अझ पनि भन्दै छन ।  दलित समुदायका भरौटेहरु पनि भंदै छन। 

     तर बिडम्बना आज यति ठुलो कम्युनिष्ट पार्टिको सरकार छ   तर सबै आश्वासन कता गए?आज यो देशमा दलित समुदायका नागरिकहरु प्राय: दिनहु जसो जातिय बिभेद र छुवाछुतका नाममा मारिएका छन । अंतर जातिय प्रेम सम्बन्धका कारण मारिएका छन। घर बार उठिबास भएका छन । दलित समुदायले बस्ने बास छैन ,खाने गास छैन,लगाउने लुगा छैन   अर्थात यो कम्युन सरकार हिजोका प्रतिक्रियावादि सरकार जस्तै भएको छ  जनताको शांतिसुरक्षाको अवस्था जर जर छ    जो संग पैसा छ उसैको बोलावाला छ । हुदा हुदा दलित समुदायका मानिस हरु मारिदा समेत प्रहरिमा जाहेरि लिन समेत छोडिएको छ ।   कारवाहिको त कुरा परै जाओस  तर अझ पनि दलित समुदायका मानिसहरु निरिह हुदै त्यहि कांग्रेस ,नेकपा,अनि जनता समाजवादि पार्टिकै पछि लागेका छ्न। तराइमा ब्यापक रुपमा गुंडागर्दि भएको छ,बिराटनगरको मुसहर बस्तिमा राति आएर गुण्डा लगाइ कुट पिट गरे सम्भु सदा लाइ झुंडाएर मारे। अस्ति फेरि रौतहटमा घांटि रेटेर दलित समुदायका युवालाइ मारेका छन। पुलिस प्रसासन केस जाहेरि लिन मांदैन । मुद्दा दर्ता गराउन आंदोलन गर्नु पर्ने अवस्था छ । कहा छ सरकार ?के सरकार असफल भएकै हो?अव आशा हराएका छन तै पनि दलित समुदायका मै हु भन्ने हरु तिनै पार्टिका नेता कार्यकर्ता  भएर हिडेका छन। यसको एउटै कारण हो ब्याक्तिगत स्वार्थ दलित समुदायको स्वार्थका लागि पो लड्नु पर्छ। दलित समुदायको नाममा पार्टि संग बार्गेनिङ्ग गरि सम्सदमा टिकट लिने । मंत्रि बन्ने सम्पत्ति कुम्ल्याउने यहि मात्र कुबिचार छ    हाम्रो दलित समुदायका मानिस मारिदा ति मंत्रि साम्सद कहि कतै बोल्दैनन ।  पार्टि नामको ढुंगो मुखमा च्यापेर बस्छ्न जति सुकै अन्नायय भए पनि चुप लागेका छन  यदि आफ्नै छोरि चेलि बलात्कार हुदा ,मारिदा पनि बोल्दैनन  कुटिदा पनि बोल्ने साहश गर्दैनन  लाचार छन। 

     त्यहि पार्टिकै जन बर्गिय संगठनमा आबद्द हुन उद्दत छन लाज सरम त मान्नु पर्छ ,त्यसैका नेता भएका छन हामि लाइ गालि गलोज गर्छन। त्यसैले हामि भंछौ तिमि हरुको बुद्दि भ्रष्ट भएको छ । आफ्नो पदका लागि मात्र राजनिति नगर । यदि इमान छ र तिमि पनि जातिय छुवाछुत र बिभेदमा परेका छौ भने पार्टिगत राजनिति छोड। आफ्नो स्वार्थ त्याग, पुर्खाले जस्तै भोगेको पिडाबाट मुक्त हुनका लागि गोल बंद हुनु पर्छ । दलित समुदायका भावि संतातिलाइ समतामुलक समाज हस्तांतरण गर्नका लागि एक जुट भएर लागौ । जात ब्यबस्थामा धारिलो प्रहार गरौ ।  60 लाख दलित समुदायका साझा मुद्दाहरुमा एक भएर जाऔ । सुनौलो दिन आउने छ । पुर्वमा लालि किरण छाउने छ । जातिय समानता हुने छ । छुवाछुतको अंत्य हुने छ तर दलित समुदायका बुद्दि बिग्रिएका भ्रष्ट हरु सचेत हुनु पर्ने छ । दलित समुदाय आंदोलन को पर्खाइमा छ त्यसको नेतृत्व नेपाल दलित मुक्ति अभियानले  गर्ने छ  जय दलित एकता जिंदाबाद     

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home