समाजवाद र जातिय छुवाछुत : कर्ण बि.क.
नेपालका राजनैतिक पार्टिहरुले “समाजवाद”
भन्ने शब्द राम्रैसंग सुगा रटान गरेकै छन . हिजो पंचायति कालकोठरिमापनि
समाजवाद ल्याउछौ भनेकै हुन . नारा जनताका सामुन्ने लगाएकै
हुन . 2072 सालको सम्बिधानमापनि
समाजवाद उन्मुख अर्थब्यबस्था भनेकै हुन . अब प्रश्न उठ्छ कि अब नेपालमा
समाजवाद आउला ? के राजनैतिक पार्टिहरु समाजवाद प्रति
उत्तरदायि छन . उनिहरुले भनेको समाजवादकस्तो
होतनि? यि प्रश्नहरु नेपालि जनमानसमा
खेलिरहेका रहेकछन .
मैले ढुक्कसाथ भन्नु पर्दा यि सबै जनता झुक्काउने खेलमात्र
हुन . चिनमा
सबै भंदा राम्रो प्राणि ड्र्यागनलाइ मानिन्छ . त्यहा उसको पुजा गरिन्छ . एउटि युवतिले सोचिन कि,सांच्चै
ड्रयागन बिपनामा देख्न पाए कस्तो हुने थियो होला?उनले
प्रार्थना गरिन हे ड्रागन तिमि मलाइ सास्वत रुप देखाउ ,भन्न
थालिन . युवतिको प्रार्थना देखेर
ड्रयागन आयो . युवतिले
उसलाइ देख्ने बित्तिकै युवति मुर्छा परि भुइमा ढलिन .
नेपालको बर्तमान अवस्था यहि नै हो . मलाइ लाग्छ नेपालका नेताहरु अनबिज्ञ छन .
उनिहरुले भन्ने गरेको समाजवाद अहिले भएको अर्थ ब्यबस्था नै हो . संसार एडमस्मिथको नवउदारवादि
खुला अर्थनिति अनुसारनै चलेको छ . यो अर्थ ब्यबस्था अनुसार राज्यले उत्पादन,बितरण र सेवा क्षेत्रमा हस्तक्षेप
गर्नु हुदैन . यि सबै कार्य निजि क्षेत्रलाइ दिनु पर्छ . बजार स्वतंत्र हुनु पर्छ . यि सबै पुंजिवादि
प्रणालि हो . पुंजिवादि
मुलुकहरुमा कुनैपनि अर्थ ब्यबस्था राज्यको अधिनमा छैन . उदारवादि अर्थनितिले मुलत:
बिश्वब्यापिकरण,उदारिकरण
र निजिकरणलाइ प्रोत्साहनगर्दै अगाडि बढाएको छ . चिनलाइपनि समाजवादि मुलुकको रुपमा लिन सकिदैन . उ अर्थ ब्यस्थामा खुला छ तर राजनितिक
रुपमा कठोर छ .
नेपालपनि सन 1980 देखि
उदारिकरण लागु गर्दै आएको मुलुक हो . नेपालको सम्बिधानमापनि समाजबाद
उन्मुख अर्थ ब्यबस्था भनिएको छ . तर
त्यो अनुरुप देसको अर्थ ब्यबस्था छैन . यो
हामि सबैले अनुभव गरेकै छौ . समाजवादले उत्पादनका साधनमा सबैको पहुँच, त्यसबाट हुने लाभको न्यायोचित वितरण तथा त्यसका लागि सरकारको हस्तक्षेपकारी र
नियन्त्रणकारी नीतिको वकालत गर्छ ।समाजवादी अर्थनीतिले
निजी सम्पत्ति र उत्पादन प्रणाली होइन, सामूहिक सम्पत्ति र उत्पादन प्रणालीमा विश्वास गर्छ । नेपालको संविधानमा उल्लेख र सरकारले समेत दोहोर्याइरहेको समाजवादी प्रणाली
यही शास्त्रीय अवधारणा जस्तै हो त ?प्रश्न यहा छ .
होइन पटक्कै होइन,समाजवादमा कुनै मानिस भोको रहदैन . सबै समान हुन्छन . सबैको
हैसियत एउटै हुन्छ . कोहि
धनि हुदैनन,कोहिगरिव
हुदैनन मुलर सदा जस्ता नागरिक भोकै मर्नु पर्दैन . अजित मिजार,अंगिरा
पासि,नवराज
बि.क.जस्ता नागरिक जातिय बिभेद र छुवाछुतका कारणले अकालमा मर्नु पर्दैन . शिक्षा,स्वास्थ्य, रोजगारि सबै नागरिकका मौलिक हक अधिकार अंतर्गत पर्ने छन .
तर हाम्रो देश नेपालमा अहिले शासन गर्दै गरेको सर्वहारा श्रमजिविको
सबै भन्दा ठुलो मसिहा अर्थात राजनैतिक प्रतिनिधि शक्ति नेकपा(नेकपा)को करिब करिब
दुइ तिहाइ बहुमतको सरकार छ . यो सरकार समाजवादको
त कुरै नगरौ दलाल पुंजिवादको प्रतिनिधि शक्तिको रुपमा काम गरेको छ . दलालपुंजिवाद
भनेको स्थानीय वा स्वदेशी
व्यक्ति र व्यापारीहरू आफैले केही उत्पादनशील वा सिर्जनशील कार्य नगरी केवल
विदेशका ठूला पुँजीपतिका स्थानीय एजेन्ट भएर काम गर्ने अवस्था । औपनिवेशिक समयमा विदेशी शक्तिलाई काम गर्न सजिलो हुन्थ्यो, स्थानीय दलाललाई हातमा लिएर । त्यस्ता स्थानीय दलाल जो आफै पुँजीवादी नभएर केवल विदेशी पुँजीपतिका
दलाल हुन्थे र तिनको बफादारीपनि देशभित्र नभएर बाहिरकासँग हुने नै भयो ।आफैले
उद्योग र उत्पादन नगरेपछि देशको कच्चा पदार्थ बाहिर जाने नै भयो । रोजगारीको सिर्जनापनि नहुने भयो । त्यस्तो स्थितिले गर्दा देशभित्रका ती सीमित ब्यक्ति धनी हुने भए । देशले उँभो लाग्न पाउने भएन देशका उद्द्योग धंदा पनि चलेका बंद
हुन्छन . देशमा
उन्नति प्रगति केहिपनि हुदैन . बेरोजगारिको श्रृजना हुन्छ . अर्थतंत्र डामाडोल हुन्छ
. भुमाफियाहरु
चल्खेल गर्न थाल्छन .
नेपालको सम्बिधान आपासमै बाझिएको
छ . सम्बिधानको प्रस्तावनामा समाजवादउन्मुख
भनेरै लेखिएको छ . त्यसको धारा 25 मा नेपालको कानुनको
अधिनमा रहि सम्पति आर्जन गर्न सकिने,ब्याक्तिगत सम्पत्ति राख्न सकिने
भनेको छ . जबकि समाजवादमा कुनै ब्याक्तिगत
सम्पत्ति हुदैन . अब भन्नुस कसरि समाजवादमा जान
सकिन्छ? यो सबै जनतालाइ धोकादिने बाहेक केहिपनि
होइन .
देसमा रहेका ठुला ठुला कम्पनिहरु कारखानाहरु सबै बंद छन . त्यसलाइ चलाउने रोजगारिको श्रृजना
गर्ने कुनै सुर सार छैन . युवा जन शक्ति सबै बिदेसिन बाद्य
छन . अर्को अचम्म त बिदेशि लागानिलाइ
प्रोत्साहनगरिएको छ . लागानि सम्मेलन गरिएको छ, बैदेशिक
पुंजिपतिलाइ नेपालमा लगानि गर्न आउनुस भनिएको छ . यो भनेको दलाल पुंजिलाइ संस्थागत
गर्नु नै हो . देशमा
रहेका दलालहरु सरकारसंग घांटि जोडेका छन . बजेट बनाउदा उनिहरु नै सक्रिय हुन्छन . देसका प्रमुख ब्याक्तिहरु सबै
दलालको फंदामा परिसकेका छन . जुन अहिले देखिएको छ जुन एन्सेल
कर काण्ड,यति होल्डिंग्स जग्गा लिज काण्ड हुन . भ्रष्ट्चार संसाथागत भैसकेको छ, जुन गोकुल
बांसकोटाको 1 खरब घोटलाको सेटिंग अनि भानुभक्त ढकालको औषधि खरिदकांड अरु अरु चुरामणि
घोटलाकांड धेरै छन यस्तो अवस्थामा समाजवादको परिकल्पना कार्यान्न्वयन
त जहा सुकै जाहोस कल्पनापनि गर्न सकिदैन .
समतामुलक समाज समाजवादको अर्को सर्त हो . जबकि देसको 25% जनसंख्या जातिय
छुवाछुत र बिभेदमा परेको छ . समाजमा ब्याप्त असमनता छ . यसको अंत्य हुने कुनै नया पोलिसि
नै छैन . अनि दलित समुदाय घरबार बिहिन
छ,कोरि खाने जग्गा जमिन पनि छैन . धनि अति धनि गरिबअति गरिब बंदै छन . आर्थिकरुपमा दलित समुदाय पछाडि
छ, अनि कसरि आउछ समाजवाद? यो सबै
हामिलाइ झुक्क्याउने प्रपंचहो . यो छुवाछुत बंद नहुदा सम्म यति धेरै जनसंख्या भएको दलित समुदायले यो
देस हाम्रोपनि हो भन्न सकिरहेको छैन . दलित समुदायलाइ अपनत्वको प्रत्याभुति
नहुदा सम्म यो समुदाय आंदोलनमा जाने निश्चित छ . त्यसबाटहुने क्षतिको जिम्मा राज्यले
नै लिनु पर्छ . यो समाजवाद जनतालाइ झुक्काउने
र राज गर्ने खेल नै हो . हामि छुवाछुत अंत्यकालागि जुटौ
जातिय समानता हुनेछ जय दलित एकता .
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home