Thursday, September 17, 2020

 


धर्म र पाप केहो? र पापिको हुन ?धर्म भनेको मेरो बिचारमा आत्म संतुष्टि हो। आफ्नो आत्म लाइ संतुष्ट पार्नको लागि गरिने बिधि नै धर्म हो। म किन यसो भंदै छु भने तपाइले ग्रहणगरेका धर्मबाट के प्राप्त गर्नु भयो?अह छैन केहि पनि । त्यसो भए किन गर्नु हुंछ पुजा पाठ ? मन लाइ संतुष्ट गराउन मात्र त्यति नै हो । यदि धर्मको परिभाषा खोज्ने हो भने दीन दुखिहरुको सेवा गर्नु, अरुको मन नदुखाउनु, आपत बिपदमा परेका हरुलाइ उद्दार गर्नु नै धर्म हो । धर्मको उत्पत्ति किन भयो ?भन्ने संदर्भमा मेरो बिचार यस्तो छ । जब जब मानिस हरु खाना नपाएर भोकैले मरेका थिय अनि रोगले ग्रस्त भएर मरेका थिय उनिहरुको साहारा कोहि पनि थियन। मानिसले बिकास संग संगै अदृश्य शक्तिको कल्पना गर्न थाल्यो । यस्तो घटना किन हुंछ ?कसरि हुंछ?भन्ने सोच्न थाल्यो पक्कै पनि कोहि अदृश्य शक्ति छ भन्ने भयो र  “हे इश्वर “ भन्न लाग्यो । उसकै सरणमा पर्न लाग्यो तर प्राप्त केहि पनि गरेन। उसले सोच्यो हामि लाइ अन्नदातापनि भगवान नै हुन।  रोग ब्याधि बाट पार गराउने पनि भगवान नै हुन भन्ने सोच्यो  र सम्झन लाग्यो एकोहोरो । तर न त देखिंछ न छुन सकिन्छ। न अनुभव गर्न सकिंछ अंध भक्त भयो। खेति पाति लगाउदा कालो माटो भएको ठाउमा जहा पात पतिंगर कुहेको होला त्यहा लगायो खेतिपाति राम्रो फल्यो अनि सबै लाइ भन्योकि यो सबै भगवानकै देन हो। अर्को मानिसलाइ तिमि पनि अब पुजागर सम्झ भन्यो। उसले पनि त्यहि गर्यो उ पनि बिश्वासमा पर्यो । मनग्गे खेति फल्यो । उसलाइ यो थाहा भएन कि मैले कालो माटो जहा पतिंगर कुहेर मल भएको थियो त्यहि भएर खेति फल्यो।  मेहनत गर्यो अनि फल प्राप्त गर्यो । अनि जब पशुपालन सुरु भयो राम्रो खाना पानि दियो आफुले तर जनावर राम्रो मोटो घाटो भयो भने पनि भगवान ले नै हो भंदै हिड्यो। रोग लाग्यो कंद मुल खायो झार पात पनि खायो त्यो औषधि को काम गर्यो तर श्रेय भगवान लाइ दियो । अथवा भगवान को कृपाले गर्दा निको भयो भन्यो सबै लाइ यस्तै भ्रम छर्यो ।  यि सबै उसका मन संतुष्टि नै थियो । यसारि धर्मको उत्पत्ति भएको हो । यदि धर्म नै गर्ने हो भने मैले माथि भने जस्तै दिन दुखि को सेवा गर्नु नै धर्म हो । उनको आसिर्वाद लिनु नै धर्म हो । भोक लागेकालाइ खाना तिर्खा लागेका लाइ पानि जाडो भएका लाइ लुगा दिनु नै धर्म हो  अर्थात आपत बिपतमा परेका लाइ सेवा गर्नु नै धर्म हो। मंदिर,मस्जित र गुम्बामा गै प्रार्थना गर्नु धर्म होइन। त्यो उसको आत्मा संतुष्टि हो। यसबाट केहि प्राप्त पनि हुदैन केहि गुम्दा पनि गुम्दैन।  

  पाप भनेको अरुलाइ दुख दिनु,अरुलाइ अन्न्याय गर्नु पाप हो आफ्नो स्वार्थको लागि अरुको ज्यान लिनु पनि पाप हो । शोषण गर्नु ,अरुको धन लुट्नु पनि पाप हो। अरुलाइ तिरष्कार गर्नु मानब भएर मानब लाइ बिभेद गर्नु पनि पाप हो । हिजो को प्राग मानबले कसैलाइ दुख दिएन । कसैलाइ मन पनि दुखाएन । जब जब आफ्नो सम्पत्ति बंदै गयो, मेरो यो तेरो यो भन्ने अव्स्था आयो त्यहिबाट पापको सुरुवात भयो । अझ पापको जरो सम्पत्ति नै हो किनभने अरु लाइ शोषण गरेर अरुको लुटेर चोरेर सम्पत्ति आर्जन गर्न थाले त्यहि बाट पापको सुरुवात भएको हो ।  अझ सजिलोकोलागि पाप र पुण्यको डर देखाए जुन अद्दायबधि छदै छ। यो गरे पाप हुंछ?यो गरे धर्म हुंछ भन्न थाले अझ आफु सुरक्षित हुन थाले । अझ दान दिंदा धर्म हुंछ । त्यो पनि बाहुनलाइ अनि अझ सुरक्षित भए। अब झन काम नगरि कन पैसा सम्पत्ति आउने भयो। यस्ता खालका कुबिचार पनि पाप हुन । अझ भन्नु पर्दा मानिस मानिस बिचमा त ठुलो त सानो भन्ने कुराकोपनि बिकास गरे। हुदा हुदा तलाइ छुन नहुने तलाइ छुन हुने भन्ने सम्म बनाए। पानि खान  हुने र नहुने सम्म बनाए। त्यो नै पाप हो किनकि अरुको मन दुखाए यसैले यि सबै पाप हुन  

      अब  पापि को हुन ? पापि ति हुन जो यो समाज लाइ धुर्त किसिमले लुट्न  सक्ने बनाए तिनि नै पपि हुन। आनन्दले बसेर अरुको सम्पत्ति खान पाउने नियम बनाए तिनि नै पापि हुन। छुवछुत र जातिय बिभेद गर्ने नै पापि हुन। बिभिन्न खालका हतकंडा अपनाएर मानिस मानिस बिचमा फुट ल्याउने नै पापि हुन। भारत र नेपालमा मांछे हरु कोहि मुख बाट कोहि कुमबाट कोहि छातिबाट र कोहि खुट्टाबाट जन्मेका हुन भनेर लेख्ने नै पापि हुन ।यदि मानब यसरि जन्मेको हो भने किन अमेरिका तिर लेखियन?किन युरोप तिर लेखियन?किन अरब तिर लेखियन?यो सबै झुट हो? फेरि पत्ताउने कस्ता हुन?मांछे योनि बिना पैदा हुदैन अथवा कुनै पनि प्राणि योनि बाट बेगर पैदा त हुदैन भनेर खंडन गर्न नसक्ने पनि दोषि हुन। मलाइ लाग्छ धर्म ग्रन्थ तयार पारेर नेपाल र भारत भरि लागुगर्ने कम दिमागको होइन उसले आफ्नो पुर्खालाइ पुस्तौ पुस्ता सम्मलाइ बसि खाने गरि घुमाएर लुट्ने प्रपंच गर्यो । उ धेरै बुद्दिमानि हो। पताउने ले पनि मानि रहे । पताइ रहे। 

    त्यसैले अब यि पापिका बिरुद्द हामि जुट्नुपर्छ कुनै पनि धर्ममा हामि बिश्वस गर्नु हुदैन धर्म त लुटिखाने प्रपंच मात्र हो भन्नु पर्छ । जे कुरा हामि ले देख्यौ त्यहि मात्र सांचो हो । आकाश, पानि ,जमिन,हावा,आगो पनि छ यि सबै भौतिक चिज हुन । हामि देख्न सक्छौ अनुभव गर्न सक्छौ यि मात्र सांचो हो । जुन कुरा हामि हाम्रा इंद्रिय द्वारा अनुभव गर्छौ त्यो मात्र साचो हो । त्यसैले अब हामिलाइ पापिहरुले गरेको छुवाछुत र जतिय बिभेद छ यसको समुल अंत्य गर्नका लागि आंदोलन गर्नु को बिकल्प छैन । सत्तामा तिनै पापि हरुका संतानहरु छन यिनि हरु हामि लाइ सधै दास बनाउने छन । थाहा भै सक्यो देखि सकियो। अब हामि नेपालमा बसोबास गरेका करिब70 लाख समुदाय जो छुवाछुत र बिभेदमा परेका छौ आंदोलनका लागि तयार हुनु पर्छ । कुनै धर्म परिवर्तन गरे तापनि हाम्रो मुक्ति हुने वाला छैन त्यसैले यो वहिघात हो भन्ने बुझौ। नारकिय जिवन जिउन भंदामरौ या बांचौ साथि हरु अब हामि हाम्रा आंखा खुल्न लागेका छन। हाम्रा हजारौ युवाहरु छन उनिहरु र हामि सबै मिलि सडकमा आउनु पर्छ ।  मुर्दाबाद र जिंदावाद भंदै आउनु पर्छ । कहिल्यै पनि सत्यको जित हुंछ । जो कपटि बदमाश छ उ हारेर जाने छ।  हामि जित्ने छौ। यो मातृभुमि हाम्रो पनि हो यो कसैको बिर्ता होइन । हामिपनि यहि देशका नागरिक हौ भारतबाट हामिलाइ आफु संगै आफ्ना दाइ भाइ बनाइ ल्याएर छुवाछुत गर्ने पनि यिनै हुन । तराइमा पनि आफ्ना दाजु भाइ लाइ बिभेद र छुवाछुत गर्ने पनि यिनै हुन । आज कुट्ने,पिट्ने,मार्ने पनि यिनै हुन। जो हामिलाइ साथ दिने छन ति हाम्रा मित्र शक्ति हुने छन । जसले यस्तै गर्नेछन ति दुश्मन हुन साथि हरु । अब ढिला नगरौ कसैको मिठो बचनमा नभुलौ हामिलाइ हाम्रा संततिले धिक्कार्ने छन । लाखौ लाख दलित समुदाय यि पापि हरुका बिरुद्द एक हुनुपर्छ।  दलित एकता जिंदाबाद जिंदाबाद। 

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home