धर्मको नाममा दलित साथिहरु बिच किन कलह ?
हामि दलित समुदाय सदियौ देखि छुवाछुत र जातिय बिभेदमा सदियौ देखि पछि पर्दै आएका छौ यो हामि माझ सर्वबिजितै छ ,यस्मा दुइ मत छैन हाम्रो मुक्ति पनि कसैले पनि गरिदिने होइन भन्ने पनि त बुझेकाछौ तर मलाइ यहा हाम्रै दलित समुदायका साथि हरु बिचमा कपटिपुर्ण द्वंद देख्दा मलाइ अचम्म लाग्न थालेको छ ,जबकि हामि पिडामा पिल्सियको बर्ग पक्कै पनि भौतिकवादि नै हौ हामि आदर्शवादि होइनौ आदर्शवादि भयर कहिल्यै मुक्ति हुदैन भन्ने पनि बुझेका छौ तर फेरि धर्मकै रटान लगाउनु को कुनै अर्थ छैन हामि बुझेका छौ धर्म त पुंजिवादि हरुको शासन चलाउने हतियार हो त्यसैले हामि किन पुंजिवादको पक्षपोषण गर्ने?अर्को कुरा आदर्शवाद त चेतना लाइ पहिलो मांछ तर हामि हरुत पदार्थ लाइ पहिलो मांछौ नि ,आदर्शवाद त धर्म सित सम्बंधित छ हामि केका लागि धर्मको पक्षपोषण गर्ने?त्यसैले भौतिकवादि भएर हाम्रो मुक्तिको लागि शङ्खघोश गरौ हामि जातिय सङघर्ष गरौ ताकि हामि पुग्ने गंतब्य पात्ता लगाऔ नया सोच र बिचारका साथ अगाडि बढऔ त हिंदु म बुद्धिष्ट,अनि म मुश्लिम र कृश्चियन भंदै अलाप्दै नहिडौ धर्मले हामि लाइ मुक्ति दिने होइन धर्म परिवर्तन गरेर जातिय मुक्ति अनि बर्णको मुक्ति भएको इतिहास संसारमा कहि पनि छैन साथि हो धार्मिक स्वतंत्रता छ त्यसैले हाम्रो मुक्ति को प्रश्न ओझेलमा पर्ने त होइन?हामि कुन बाटो लाग्दै छौ?गम्भिर भएर सोचौ साथि हो