Wednesday, September 30, 2020

 


बर्ग र संस्कृति

    मानिसहरुको समुह्नै बर्ग हो आदिम साम्यवादि युगमा कुनैपनि बर्ग थिएन । सबै मानिसहरु बराबर थिए अर्थात उत्पादनका बस्तुमाथि सबैको अपनत्व र मलिकत्व थियो। सबै मिलेर काम गर्थे अनि सबैले उत्पादन बराबर बांड्थे।उत्पादक शक्तिहरूको विकासहुने क्रममा समाजमा श्रम र त्यसको विभाजन पैदा भयो । विभिन्न प्रकारको उत्पादनकार्यमा मानिसहरू समाहित छुट्टाछुट्टै रुपमा भए।  उनिहरुका उत्पादनहरूको विनिमय हुन थाल्यो । उपरोक्त कारणहरूले गर्दा उत्पादनका बस्तुहरूमाथि सार्वजनिकको सट्टा निजी मालिकत्व उत्पन्न भयो ।जसको परिणाम स्वरुप आदिम साम्यवादी अवस्थामा सम्पत्तिसम्बन्धहरू विघटित भए। यसरि पार गर्दै जांदा पुंजिवादि युगमा हुने र नहुने वर्गहरू देखा परे । समाजमा अति धनी र गरिब, सम्पत्ति भएका र नभएका, शोषक र शोषितमा विभाजित भयो । यसरी, आर्थिक कारणहरूले गर्दा वर्गविभाजित समाजको उत्पति भयो । यसरि बैर भाव आपसि बेमेलको सुरुवात भयो। समाजहरूमा एकअर्कोबाट पूरै विपरीत स्वार्थ भएका, परस्परविरोधी, वैरभावयुक्त वर्गहरू निर्माण भए,जस्तो कि दास समाजमा दास,मालिक वर्ग र दास वर्ग, सामन्ती समाजमा सामन्त वर्ग र मोहकिसान(अर्धदास) वर्ग र पुँजीवादी समाजमा पुँजीपति वर्ग र सर्वहारा वर्ग  यसरि बर्ग हरुको निर्माण भएको हो

     मैले यहा भन्न खोजेको कुरा केहो?भने अहिले नेपालमा नेपाल कम्युनिष्ट पार्टि सरकारमा छ। उसको उद्देश्य बर्ग बिहिन समाज निर्माण गर्नु नै हो अथवा राज्यका उत्पादनका सम्पुर्ण बस्तु माथि सबैको पहुच हुनु हो।हिजो कम्युनिष्ट पार्टिले बर्गसंघ्रर्ष गरेर बर्ग बिहिन समाजको निर्माण गर्ने उद्देश्य राखेका हुन ।अर्थात उत्पादनको साधनमा लागेको श्रमिक बर्गको अतिरिक्त श्रमको मुल्य श्रमिक बर्गलाइ नै दिने।त्यो श्रमको मुल्य कुनै पुजिवादिले जम्मा गरेर वा मालिकले जम्मा गरेर अकुत सम्पत्ति कमाउन नपाउने नै हो। पुंजिवादिले लगानि गरेर उतपादनका साधन बेचेर अत्याधिक फाइदा लिने र श्रमिक बर्गको शोषण गर्न नपाउने नै हो कम्युनिष्ट हरुको बिचार हो ।सम्पत्ति जम्मा गरेर पुन लगानि गर्ने र उतपादित बस्तु श्रमिकबर्गले उतापादन गरे पछि उनिहरु बाट बिच्छेद गराइ अर्को ध्रुबमा बेच्ने कति फाइदा ल्यायो मेहनतकश बर्ग लाइ थाहा पनि नहुने यो अवस्थाको अंत्य गर्नु नै कम्युनिष्टहरुको मुख्य उद्देश्य हो। सामान तयार पारेपछि मेहनत गर्ने बर्गले सिमित आम्दानि वा तलब पाउने त्यहि पनि आफ्नो जिवन यापन गर्नलाइ पुरा नहुने । ऋण लाग्ने अवस्थाको श्रृजना हुने ।सधै गरिब भै रहनु पर्ने अनि के खाउ के लाउ ले नछोड्ने,यस्तो बर्ग नै सर्वाहारा बर्ग हो । कम्युनिष्टहरुले भन्ने गरेको बर्ग बिहिन समाजको स्थापना गर्नु नै उनिहरुको मुल उद्देश्य हो । अथवा पुंजिवादिले सर्वहारा बर्गलाइ चरम शोषण गरि सम्पत्ति थुपार्न नदिनु नै उनिहरुको प्रमुख उद्देश्य हो ।

     अब कुरा गरौ संस्कृतिको । संस्कृति कुनै पनि  समाजमा गहराई सम्म व्याप्त गुणहरूका समग्र रूपको नाम हो जुन ती समाजका सोचने, विचारने, कार्य गर्न, खान-पिउँने, बोल्न, नृत्य, गायन, साहित्य, कला, वास्तु आदिमा परिलक्षित हुन्छ। संस्कृतिको वर्तमान रूप कुनै समाजका दीर्घ कालसम्म अपनाइएका पद्धतिहरूको परिणाम हुन्छ। समग्रमा परा पुर्व कालदेखि नै चलि आएको पिता पुर्खाले मांदै आएको पुरानो चलन नै संस्कृति हो।  हिंदुधर्मको संस्कृति बर्ण ब्यबस्थामा अधारित छ । त्यहि हिन्दु धर्मको बर्ण ब्यबस्था अनुरुप सुद्र समुदायलाइ भारत र नेपालमा छुवाछुत र बिभेद गरिदै आएको छ । अझ भंदा मनुस्मृतिको स्थापना आज भंदा करिब 12000 बर्ष पहिला अगाडि भएको हो। त्यस समय देखिनै कानुन जस्तै बनाएर सुद्र समुदय लाइ छुवाछुत र बिभेद  गरिदै आएको छ ।त्यहि सुद्र समुदाय बाट अनेक जात हरुको निर्माण गरेर नेपालमा राम शाह,जयस्थिति मल्ल,पृथ्वि नारायण शाहको पालामा समाज सुधारको नाममा जात हरुको निर्माण गरेर सुद्र समुदायलाइ चरम छुवाछुत र जातिय बिभेद गरेको हो।अझ भन्नु पर्दा जंग बहादुर कुंवरको पालामा बेलायत भ्रमणबाट फर्के पछि बि.सं.1910 मा नयामुलुकि ऐन बनाएर अझ ब्यबस्थित प्रकारले छुवाछुत लाइ संस्थागत गरिएको हो

     यद्दपि जातिय बिभेद र छुवाछुत चरम भए पनि सुद्र समुदाय आजको कथित दलित समुदाय हिंदु धर्म संस्कृति प्रति आघात माया गर्दै आएको छ। कारण केहो भने यो पिता पुर्खाले मांदै आएको चलन दसै,तिहार,फागुपुर्णिमा,तीज,माघि,छ्ठपर्व आदि चाड पर्व मांदै खुशियालि बाढ्दै आफ्नो दिनहरु रमाइलोको साथ बिताइ रहेको यथार्थ हो।  त्यसैले कुनै पनि दलित समुदाय हिंदु धर्म प्रति आस्था राख्द्छ । जातिय बिभेद कै कारणले कतिपय दलित साथिहरु धर्म परिवर्तन गर्नु भएको छ तर जातिय समानता र छुवाछुतको मार बाट छुटकारा पाउनु भएको छैन । यसैले हामि धर्म परिवर्तन लाइ जातिय छुवाछुतको अन्त्यको उपाय भंदैनौ ।तर हिंदुधर्म कमजोर अबश्य हुने छ ।भोलि कालांतरमा धार्मिक द्वंद हुन सक्छ ।तर हामि धर्म निरेपेक्ष छौ ।हामि कसैको धार्मिक आस्थालाइ नजर अंदाज गर्दै उहा हरुको आस्था प्रति चोट पुर्याउन सक्दैनौ र चाहादैनौ पनि ।

      मैले यहा भन्न खोजेको कुरा के हो भने । कम्युनिष्ट हरुले भने जस्तै नेपालमा बर्ग संघ्रर्ष गरेर बर्ग बिहिन समाजको निर्माण हुनेछ अनि मात्र जातिय समानता र छुवाछुतको अंत्य हुने छ भन्ने कुरा सर्वथा गलत हो।किनकि बर्गको निर्माण अर्थ संग सम्बंधित छ भने छुवाछुत र बिभेद संस्कार र संस्कृति संग सम्बंधित छ । बर्ग बिहिन समाजको निर्माण पनि यहा हुने वाला छैन किनभने बर्ग संघ्रर्ष यहा अब हुदैन। ब्यबस्था परिवर्तन भए पनि ब्यक्ति परिवर्तन भएका छैनन। पुरानो बोतलमा नया रक्सि नै हो । अहिलेको सरकार दलाल पुन्जिवादिको प्रतिनिधि जस्तो भएको छ । यो पुंजिवादिको सरकार जस्तै हो । कुनै पनि जन पक्षिय काम गरेको छैन हत्या बालात्कार हिंशा बढेको बढ्यै छ। भ्रष्टचार ब्यापक छ यो केपि ओलिको सरकार हो ।नेकपाको सरकार नभए जस्तो छ । त्यसैले संस्कृति लाइ परिवर्तन भावानात्मक रुपले दलित र गैर दलित समुदायको  समष्टिगत रुपमा हुनु पर्छ । यदि यसो गरिएन भने देशमा ठुलो आंदोलन हुनेछ।शांतिपुर्ण भनियता पनि भोलि त्यो हिंशात्मक बाटोमा जान सक्छ ।किनकि एउटै देश,एउटै धर्म, एउटै नश्ल भएका समुदाय कोहि मालिक कोहि पशुतुल्य जिवन बिताउन किमर्थ स्विकार्य हुदैन। हिंदु धर्मका बिख्यात बिद्वान मित्र हरुले एउटा सहकार्यको बाटो अबलम्बन गर्न खोज्दै हुनुंछ यो सकारात्मक हो।हामि साथ दिएर अगाडि बढ्न चाहाँन्छौ।त्यसैले हामि दलित समुदाय पनि स्पष्ट बिचारका साथ अगाडि बढि रहेका छौ ।अंत्यमा बर्गियसमानता भए पनि जातिय समनता हुने छैन हामि आंदोलित हुनका लागि एक जुट भै अगाडि बढौ हाम्रा हक सुनिस्चित हुने छन । जय दलित एकता जिंदाबाद ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home