Wednesday, May 12, 2021

                      
धार्मिक द्वन्द्व कि छुवाछुतको अन्त्य?

    कर्ण बि.क.अहिले यो बिषय कथित दलित समुदायमा अन्यौलको बिषय बनेको छ । एकाथरि  भन्छन हिंदु धर्मनै  जातिय बिभेदको जरो हो । कोहि भन्छन हिंदु धर्म यसको कारक तत्व होइन। कोहि भन्छन हिजोको मल्ल कालको जयस्थिति मल्लको पलामा समाज सुधारको नाममा भएको बिभेदको कारणले नै बिभेद भएको हो ।   कोहि भन्छन कथित दलित समुदायलाइ जातिय बिभेद गरेको नेपालको नया मूलुकि ऐन १९१० ले नै  हो ।  यो नया मूलुकि ऐन जंगबाहादुर राणाले मनुस्मृतिको आधारमा बेलायतको भ्रमण पछि बनाएका थिए । एक हद सम्म ठिकै होकि जस्तो लाग्छ तर मनुस्मृति आज भन्दा १२२३४ बर्ष अगाडि बनाइएको हो यसमा कुनै दुबिधा छैन यसका प्रमाण हामि संग छन । जातिय बिभेद आज भन्दा करिब करिब ३६०० बर्षअगाडि बाट सुरुगरिएको हो । अब प्रश्न  उठछ कि यदि त्यसो हो भने कसरि मनुस्मृतिका पालामा जातिय बिभेद भयो? हो यहा सजिलो उत्तर छ कि त्यतिखेरको भरत बर्षको शासकले आफ्नो अनुकुल मनुस्मृति लाइ बनायो । मनुस्मृतिलाइ संसोधन गर्यो । आफ्नो तरिकाले ठुलो,सानो,अझ सानो बनायो । संस्थागत रुपमा जातिय बिभेद न गर्नेलाइ कारवाहि गर्ने भन्यो । जुन मनुसमृति को आज हामि कुरा गर्दै छौ त्यो संसोधित हो बिद्ध्वान हरुले दुबै प्रकारको मनुस्मृति बजारमा ल्याउदै हुनुहुन्छ ।जुन गीता प्रेस गोरखपुरबाट नै आउने छ । हामि अध्ध्यनगरि स्पष्ट हुने छौ ।

  अब अर्को प्रश्न  यो पनि उठ्छ कि नेपालि समाजलाइ बिखण्डन गराउन खोजिएको छ । जाति को नाममा, धर्मको नाममा र नश्लको आधारमा जातिको कुरा भन्दा पहिला नश्लको कुरा गरौ मानब इतिहास हेर्दै जांदा आज भन्दा २ लाख बर्ष अगाडि अफ्रिकाको जंगलमा आफ्नो  अस्तित्व रक्षाकालागि,आफ्नो जिवन कसरि बचाउने भन्दै जंगलि जनावर संग पौठिजोरि खेल्दै गर्दाहामि कुन नष्लका थियौ ? जबकि हामि अफ्रिकामा थियौ भने त पक्कै पनि हामि काला थियौ अब भन्नुस त्यहाहामिलाइ हाम्रो नश्ल छुट्टाउन कापि कलम लिएर को आएको थियो त?अनि त्यतिखेर तिमि द्रबिड अनि तिमि मंगोल अनि तिमिखश भन्दैको आएको थियो  ? आज नश्लका कुरा गर्ने बिखण्डनकारि हरुलाइ यो मेरो प्रश्न  हो । यसको  जबाफ तिनि हरुले दिनै पर्छ । हो आज मानबको अनुहार परिवर्तन भएको छ हामि मान्छौ यो परिवर्तन कसरि भयो ?

   परिवर्तन त प्रकृतिको नियम हो  । के पृथ्विको उत्पत्ति हुदा यस्तै थियो र ?थिएन नि महादेशहरु कस्ता थिए ?  आज परिवर्तन हुदै यहा सम्म आयो ।  हो मानिसहरु पनि पृथ्विको बिभिन्न ठाउमा  बस्ने क्रममा अफ्रिकाको  भूमिमा बस्ने हरु अत्याधिक गर्मिका कारणले काला भए । अतिनै जाडो ठाउमा बस्ने मानिसहरु गोरा अनि खैरो कपाल भएका भए । अनि ठिक्कको हवापानि भएको ठाउमा बस्ने हरु न गोरा न काला जुगा दारि नभएका भए । अनि हामि यसिया अर्थात पहाडमा बस्नेहरु अहिलेको खश भयौ । त्यसैले हामि जसले यो नश्लयो हो उ हो भन्दै बिखण्डन गराउन र लडाउन खोजेका छन हामि यस संग सतर्क हुनु पर्छ र हामि सबै मानव हौ भन्ने भावना  जागृत गराउन पर्छ ।

  अर्को कुरा धर्मका आधारमा पनि संसारलाइ लडाउन खोजिएको छ ।धर्म के हो त ? धर्म धारणा हो, देखावटी पन होइन । ईश्वर मान्ने कुरा हो, विश्वास भए मान्ने हो विश्वास नभए नमान्न पनि सकिन्छ, तर धर्म पालन गर्ने कुरा हो । धर्म कर्तव्य हो, अनुशासन हो, पालन गर्नुपर्छ, मानेर मात्र हुँदैन । धर्म पहिचान हो, अस्तित्व हो । धर्म जीवनको आधार हो आडम्बर होइन । अन्धविश्वास होइन । धर्म भनेको कुनै पनि वस्तुको कहिल्यै नफेरिने विशेषता हो उसको आफ्नै स्वभाव हो । आगोको धर्म तातो हुनु हो । पृथिवीको धर्म गन्ध आउनु, बीउ उम्रिनु अनि हावाको धर्म सुकाउनु भनेजस्तै मानिसको धर्म मानवता हो । त्यसलाई मानवीय सद्गुण पनि भनिन्छ । मानवका लागि धर्म उसको आफ्नो परिचय हो, अस्तित्व हो र स्वाभिमान पनि हो । धर्म नहुँदा मानव मानव हुँदैन, दानव हुनजान्छ । मानव मानव नै हुन धर्म चाहिन्छ ।  धैर्य रहनु, सहनशील हुनु, आफ्नो मनलाई नियन्त्रण गर्नु, चोरी नगर्नु, शुद्ध पवित्र रहनु, इन्द्रियलाई      आफ्नो अधीनमा राख्नु, बुद्धि विवेकको उपयोग गर्नु, ज्ञानी हुनु, सत्य बोल्नु, नरिसाउनु, कसैको हिंसा नगर्नु, सात्विक आहारविहार गर्नु यी र यस्ता सद्गुणहरू नै धर्म हुन् । यि सबै धर्मका गुण हुन अब प्रश्न उठ्छ कि सबै धर्मका एउटै गुण छन भने किन धार्मिक लडाइ गर्नु पर्ने ? कुनै धर्मका फरक फरक बिचार त पक्कै पनि छैनन होला नि ? अब नेपाल को कुरा गरौ । नेपालमा आफ्नो मौलिक धर्म भन्दा  बाहिर गएर अरु अरु धर्मको पनि अभ्यास भएकोछ ठिकै छ नेपाललाइ २०७२को सम्बिधानले धर्म निरेपेक्ष राष्ट्र बनाएको छ हिजो धर्म सापेक्ष थियो आज निरेपेक्ष भएको छ  । सम्बिधान अपरिवर्तनिय दस्ताबेज पक्कै पनि होइन भोलि के होला त्यो आफ्नो ठाउमा छ । तर धर्म परिवर्तन गराएर धर्म धर्म का बिच द्व्न्द्व फैलाउन खोजिदै छ । नेपालि समाजलाइ द्व्न्द्वको बाटोमा अग्रसर गराउन खोजिएको छ  धर्म परिवर्तन गराएर आउदो २०/३० बर्ष भित्र लेबनानमा जस्तै मुश्लिम र इशाइको झगडा अनि प्यालेष्टाइनमा जस्तै यहुदि र मुशलमानको जस्तो लडाइ  ,रुवाण्डाको हुतु र तुत्सिको जस्तो लडाइ  ,हिजोको तामिल र सिहालि जस्तै लडाएर कुन अभिष्ठ पुरा गर्न खोजिए छ ? यसको बिचार स्पष्ट छ कि देशलाइ असफल राष्ट्र बनाउने सधै भरि उन्नति र प्रगतिको बाटोमा लैजानका लागि अवरोध खडा गर्ने मनाशायका साथ लागि परेका छन हामि सचेत हुनै पर्छ ।

   अब कुरा गरौ नेपालमा भएको जातिय बिभेद र छुवाछुतको बारेमा । हो नेपालमा जातिय बिभेद छ छुवाछुत पनि छ यसबाट करिब ६५ लाख दलित समुदाय हजारौ बर्ष देखि उत्पिडनमा परेका छन । यदि हामि जातिय बिभेद ब्राहमणवादि बिचारबाट उत्पादित हो भने हामि आजको यो परिवर्तित परिभेषमा छल्फल किन नचलाउने ? ल ठिकैछ हिजो  सत्तामा भएकाको उत्साहमा लागेरजोर जबर्जस्तिका कारणले छुवाछुत भयो तर आज परिस्थितित फरक छ । किनभने कसैले धर्मांतर गरौ जातिय बिभेदको अंत्य हुन्छ  भनेका छन कसैले हामि पनि यो राज्यमा उत्पिडनमा छौ हामि मिलेर लडौ भनेका छन । तर हामि भन्छौ लडाइ गरेर मानिस मारेर कुनै पनि समस्याको समाधान हुदैन त्यो इतिहासले बताइ सकेको छ । यति भनि रहदा जहा बाट छुवाछुत सुरुभएको हो त्यहि बाट अंत्यको सुरु गरिनु पर्छ । बाहिर बसेर हामि सफल हुदैनौ जसलेजातिय बिभेद गर्यो त्यहि तप्का नै अगाडि आएर छुवाछुतको अंत्य गर्नु पर्छ यदि त्यसो गरिएन भने नेपाल जातिय द्वंद्वको ठुलो भुमरिमा पर्ने छ । ६५ लाख दलितसमुदाय हातमा दहि जमाएर त्यसै  अंधभक्त भएर बस्ने छैन त्यति खेर बिपरित हरुको एकता हुन जाने छ । हाम्रा मुद्धालाइ जसले सम्बोधन गर्ने छ उहि नै मित्र शक्ति हुने छ । त्यसैलेगर्दा अधिकांश दलित समुदाय हिंदु धर्ममा आश्रित छ । धर्मकै नाममा आफ्नो अपमान सहेर दोश्रो दर्जाको नागरिक भएर कुनै हालतमापनि बस्ने छैन । यो देश हाम्रोपनि हो कुनै एकल जातिको बिर्ता पक्कै पनि होइन । हामि मानब भएर बांच्न चाहान्छौ । हिजोका हाम्रा पुर्खाले छुवाछुत ज्यु हजुर भनेर मौन समर्थन गर्दैमाने भन्दैमा हामि त्यसतै हुने वाला छैनौ । अब कुरा निर्णायक हुनु पर्छ । हामि उधारोमा सहमति गर्ने छैनौ । हिंदु धर्म भित्रका  जडसुत्रवादि अतिवादि छुवाछुत र जातिय बिभेदका पक्षपातिहरुले बेलैमा बुझ्दा हुंन्छ कि यो सामाजिक कलंक हटाउनै पर्छ यदि त्यसो गरिएन भने मर्न या मार्न तयार हुन पर्छ । हामि देखि रहेका छौ हिंदु धर्म भित्र जातिय बिभेद गर्नु हुदैन भन्ने तप्काका बिद्धवान पनि हुनु हुन्छ । उहा हरु अति चिन्तित  हुनुहुन्छ ।यदि छुवाछुत अंत्य गर्नसकिएन भने देश मुठभेडमा जाने छ अनि बिनाशको कार्यसुरु हुने छ भन्ने उहा हरुले बुझ्नु भएको छ । यदि तपाइ हरु पनि समतामुलक समाज निर्माणगरि जातिय बिभेदको अंत्य गर्न खोज्नु भएको हो भने बाहिरखुलेर बोल्नुहोस ।  हामि समर्थन गर्ने छौ । यदि मैले माथि भनेका मानिसहरु हाम्रा दुश्मन हुने छन उनिहरुको अंत्य निश्चित छ । सोचौ बिचार गरौ मुठभेड रोकौ  । हामित यसै मर्न उसै मर्न तर मर्न जानेले मार्न पनि सक्छ । हामि हेरि रहेका छौ को सत्रु को मित्रु हो ? हामि चिनेका छौ । गाउमा भएका कर्मकाण्डि हरु नै बदमाश हुन । उनि हरु नै जातिय बिभेद गरेका छन छुवाछुतपनि उनिहरुले नै गरेका छन ।हामि देखि रहेका छौ । चाहे अजित मिजारको काण्ड होस,चाहे मना सार्किका हत्यारा हुन,चाहे रुकुमको घटना होस,चाहे नवलपुरको घटना होस,चाहे रौतहटको घटना होस,चाहे झापाको घटना होस ति सबै कर्मकाण्डि हरुबाट भएका छन छुवाछुत र जातिय बिभेद

 त्यसैले जातिय बिभेद रोक्नका लागि अब तयार हुने कि नहुने ? भन्दै  छन धर्म परिवर्तन गरौ जातिय छुवाछुतको अंत्य हुने छ । तर हुनेवाला छैन बरु धर्म परिवर्तन गराइ धार्मिक द्व्न्द्व गराइ हाम्रो छुवाछुतको मुद्धालाइ ओझेलमा पार्न खोजिदै छ र धार्मिक लडाइ काटाकाट र मारामार गराउन खोजिदै छ । त्यसैले कर्मकाण्डि रामनमि जप्ने हरु खबरदार अब जातिय बिभेदअंत्य गर्नका लागि हामिसंग सहकार्य गर । आदारणिय बिद्ध्वान गुरुहरुको कुरा सुन्ने गर । बेलैमा भलो हुने छ ।  देश धार्मिक अहिंशाबाट बच्ने छ          

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home