Monday, May 11, 2020


दलित आंदोलन सम्भावना र आबश्यकता


कर्णबहादुर बि.क.
 हाम्रो देश नेपाल हामि यस देशका नगरिक त्यसमापनि अरु नागरिक सरह हक र अधिकार नपाएको सामाजिक बिभेद र छुवाछुतकोअमानबिय पिडा भोगिरहेको मरिच आफै चाम्रिय जस्तै चाम्रियर भोलिको सुनौलोसपनामा हराउदै अमानबिय पिडा भोगेको समुदाय जो 60 लाखको हाराहारिमा छ उक्तसमुदाय जसलाइ हिजो निम्न बर्ग भनेर चिनिंथ्यो बागलुंगका भगत सर्वजित बिश्वकर्माले बि.स.2003/4 साल तिर दलितमुक्तिका लागि बिश्व सर्वजन संघ नामको संगठन खोले त्यतिनै बेला काठमाण्डौका सहर्ष नाथ कपालि ले टेलरयुनियन र धरानका जदबिर बिश्वकर्माले नेपाल समाज सुधार संघ स्थापना गरे यहा बाट सुरु भएको दलित आंदोलन आज सम्म यहा आउदा पनि केहि परिवर्तन भएकोछैन अग्रजहरुले बिभिन्न समयमा धेरै आंदोलनहरु अगाडि बढाएकरिब 2024 साल तिर भारतका अम्बेड्करले स्थापित गरेकोदलित सब्दयहा प्रयोग हुन थालेको हो र राजतंत्र छदा दलित शब्दको प्रयोग गरिएको थियन राजाहरु बिदेश भ्रमण जांदा हम्रो देसमा कोहि पनि अस्पर्शि छैन सबै समान छन भंदै आएका थिए यक किसिमले बिश्व समुदाय हाम्रो अवस्था देखि अनभिज्ञ थियो 2046सालको जनअंदोलन पस्चात 2047 सालको सम्बिधानमा आएर दलित सब्द सम्बिधानमा लेखियो र 2062/63 सालाको आंदोलनपस्चाद अझ भंदा देश गणतंत्रमा आएपछि नेपालको सम्बिधान 2072ले जातिय समानता र छुवाछुत बिरुद्धमा कानुनि अपराध हो भंदै केहि सुधार त गर्यो तर ब्याबहारमा लागु भएकोछैन यस्तो पृष्ट्भुमिमा आज हामि रहेका छौ त्यो सम्बिधान बने पछिपनि छुवाछुतका घटनाहरु घटेका छन हाम्रो समुदायका मानिसहरु अमानबिय जिवन जिउन बाध्य भएकाछन समाय सापेक्ष छ्हुवाछुतको अंत्य भएको छैन त्यसैले आंदोलनको अपरिहार्यतामा हामिले जोडदिएका छौ आजको आबश्यकता भनेको एकता र संडसघ्रर्षको बिकल्प छैन म यहि जोड्न खोजेकि त्यति पुरानो शब्द अनि त्यसको बलमा हामि सम्पुण उत्पिडित समुदायलाइ समेट्ने शब्द का बिरुद्द षडयंत्र गरेर शिल्पि वा शिल्पकार भन्ने सब्द प्रयोग गर्न दबाब गरेको देखेका छौ कुनै एउटा समुदायको नामलाइ लिएर सम्पुर्ण दलित समुदायलाइ ओगट्छौ भन्नु कति समनता होला? शिल्पि शब्दको अर्थ छिना वा घन प्रयोग गरेर ढुगामा आकृति बनाउने बिश्वकर्मा बर्ग हो अरु बर्गपनि छन जस्तै:चर्मकार,स्वर्णकार,लोह्कार,ताम्राकार,कंशाकार,सुचिकार,कुचिकार गायककार र काष्ट्कार यति धेरै पेशागर्ने हाम्रो दलित समुदाय छ त्यसैले एउटै एउटा पेशागर्ने शिल्पकारले कसरि समेट्छ सबै दलित समुदायलाइ? यो तर्कहिन बहस हो कुनै एउटा कार्यक्रममा डा.बाबुराम भट्टराइले तपाइहरु शिल्पि हो भनिदिए भंदैमा आफ्नो इतिहासलाइ बिर्सेर नतमस्तक भै रमाउनु कति हस्यास्पद होला?म अलिकति जोड दिन चाहे कि जबकि शिल्पि भन्ने एउटा मात्र बिश्वकर्माको समुदाय हो अरु बिश्वकर्माको समुदायलाइ पनि समेट्दैन भने अरु पेशा गर्ने सबै दलित समुदायलाइ कसरिसमेट छ? यो त अरुलाइ बंधक बनाउनेखेल शिल्पकार भन्नेहरुले खेल्दैछन यो गलत र तर्कहिन छ कुरा यति मात्र होइन हाम्रो बर्तमान अवस्थालाइ हेर्ने हो भने हाम्रो जिवनमा तात्विक फरक परेको छैन त्यसैले आंदोलनको बिकल्प पनि छैन

मैले  आंदोलनको धेरै सम्भावना देखेकोछु किनभने जबकि समाजमा बिभेद र छुवाछुत ब्यप्त छ हामि नारकिय जिवन जिउन बाध्य छौ हाम्रा चेलिबेटिका अस्मिता लुटिएका छन धारा पधेंरामा पानि लिन जांदा कुटिएका छन होटेलमा खाना खादा भांडा न माझेको निहुमा कुटिएका छन कुनै सार्बजनिक ठाउमा जांदा मंदिर प्रबेश गर्दा कुटिएका छन अंतर्जातिय बिबहा गर्दा मारिएका छन भोजभतेरमा जांदा अपमानित ब्याबहार हामिले भोगेका छौ त्यसैले हामिले आंदोलन नगरेकसले गर्ने?हामि एक्जुट नभए को हुने?हाम्रा आवाजहरु हामिले बुलंद नगरे कसले गरिदिने?हामिले धोका खाइ सक्यौ हामिलाइ बर्गसंघ्रष गरेपछि जातिय समानता हुंछ है भन्नेहरु आज तपाइ हाम्रो अमुल्यमत पाएर सत्तामा रजाइ गरि रहेका छन तर उनिहरुका ब्याबहार हेर्दा हामिलाइ धोका भएको महसुष भएको छ यस बिषयमा बोल्नपनि चाहदैनन यस्को प्रत्यक्ष उदाहरण पोखराको कृयापुत्रि भवन हो अनि साम्सद कृष्ण थापाको अभिब्याक्ति अनि प्रधानमंत्रि केपि ओलिको भुषण दहालसंगको अंतर्वर्ता हो त्यसैले हामि आंदोलन गर्नुको बिकल्प छैन सम्पुर्ण दलित समुदाय एक भै लडौ तपाइहरु हामिलाइ साथ दिनुहोस हामि अगाडि बढ्नेछौ नेपालका77 वटै जिल्ला सबि प्रदेश र स्थानिय तहमा संगठित हुदै कांधमाकाध हातमाहात मिलाइ रगतको थोपा यो शरिरमा रहे सम्म शांतिपुर्ण आंदोलानगरौ सुनुवाइ भएन भने कांधमा बंदुकरकुंजामा हात राखि लडौला मुक्ति सम्भव छ तपाइहाम्रै पालामा जय दलि एकता