Wednesday, May 12, 2021

                      
धार्मिक द्वन्द्व कि छुवाछुतको अन्त्य?

    कर्ण बि.क.अहिले यो बिषय कथित दलित समुदायमा अन्यौलको बिषय बनेको छ । एकाथरि  भन्छन हिंदु धर्मनै  जातिय बिभेदको जरो हो । कोहि भन्छन हिंदु धर्म यसको कारक तत्व होइन। कोहि भन्छन हिजोको मल्ल कालको जयस्थिति मल्लको पलामा समाज सुधारको नाममा भएको बिभेदको कारणले नै बिभेद भएको हो ।   कोहि भन्छन कथित दलित समुदायलाइ जातिय बिभेद गरेको नेपालको नया मूलुकि ऐन १९१० ले नै  हो ।  यो नया मूलुकि ऐन जंगबाहादुर राणाले मनुस्मृतिको आधारमा बेलायतको भ्रमण पछि बनाएका थिए । एक हद सम्म ठिकै होकि जस्तो लाग्छ तर मनुस्मृति आज भन्दा १२२३४ बर्ष अगाडि बनाइएको हो यसमा कुनै दुबिधा छैन यसका प्रमाण हामि संग छन । जातिय बिभेद आज भन्दा करिब करिब ३६०० बर्षअगाडि बाट सुरुगरिएको हो । अब प्रश्न  उठछ कि यदि त्यसो हो भने कसरि मनुस्मृतिका पालामा जातिय बिभेद भयो? हो यहा सजिलो उत्तर छ कि त्यतिखेरको भरत बर्षको शासकले आफ्नो अनुकुल मनुस्मृति लाइ बनायो । मनुस्मृतिलाइ संसोधन गर्यो । आफ्नो तरिकाले ठुलो,सानो,अझ सानो बनायो । संस्थागत रुपमा जातिय बिभेद न गर्नेलाइ कारवाहि गर्ने भन्यो । जुन मनुसमृति को आज हामि कुरा गर्दै छौ त्यो संसोधित हो बिद्ध्वान हरुले दुबै प्रकारको मनुस्मृति बजारमा ल्याउदै हुनुहुन्छ ।जुन गीता प्रेस गोरखपुरबाट नै आउने छ । हामि अध्ध्यनगरि स्पष्ट हुने छौ ।

  अब अर्को प्रश्न  यो पनि उठ्छ कि नेपालि समाजलाइ बिखण्डन गराउन खोजिएको छ । जाति को नाममा, धर्मको नाममा र नश्लको आधारमा जातिको कुरा भन्दा पहिला नश्लको कुरा गरौ मानब इतिहास हेर्दै जांदा आज भन्दा २ लाख बर्ष अगाडि अफ्रिकाको जंगलमा आफ्नो  अस्तित्व रक्षाकालागि,आफ्नो जिवन कसरि बचाउने भन्दै जंगलि जनावर संग पौठिजोरि खेल्दै गर्दाहामि कुन नष्लका थियौ ? जबकि हामि अफ्रिकामा थियौ भने त पक्कै पनि हामि काला थियौ अब भन्नुस त्यहाहामिलाइ हाम्रो नश्ल छुट्टाउन कापि कलम लिएर को आएको थियो त?अनि त्यतिखेर तिमि द्रबिड अनि तिमि मंगोल अनि तिमिखश भन्दैको आएको थियो  ? आज नश्लका कुरा गर्ने बिखण्डनकारि हरुलाइ यो मेरो प्रश्न  हो । यसको  जबाफ तिनि हरुले दिनै पर्छ । हो आज मानबको अनुहार परिवर्तन भएको छ हामि मान्छौ यो परिवर्तन कसरि भयो ?

   परिवर्तन त प्रकृतिको नियम हो  । के पृथ्विको उत्पत्ति हुदा यस्तै थियो र ?थिएन नि महादेशहरु कस्ता थिए ?  आज परिवर्तन हुदै यहा सम्म आयो ।  हो मानिसहरु पनि पृथ्विको बिभिन्न ठाउमा  बस्ने क्रममा अफ्रिकाको  भूमिमा बस्ने हरु अत्याधिक गर्मिका कारणले काला भए । अतिनै जाडो ठाउमा बस्ने मानिसहरु गोरा अनि खैरो कपाल भएका भए । अनि ठिक्कको हवापानि भएको ठाउमा बस्ने हरु न गोरा न काला जुगा दारि नभएका भए । अनि हामि यसिया अर्थात पहाडमा बस्नेहरु अहिलेको खश भयौ । त्यसैले हामि जसले यो नश्लयो हो उ हो भन्दै बिखण्डन गराउन र लडाउन खोजेका छन हामि यस संग सतर्क हुनु पर्छ र हामि सबै मानव हौ भन्ने भावना  जागृत गराउन पर्छ ।

  अर्को कुरा धर्मका आधारमा पनि संसारलाइ लडाउन खोजिएको छ ।धर्म के हो त ? धर्म धारणा हो, देखावटी पन होइन । ईश्वर मान्ने कुरा हो, विश्वास भए मान्ने हो विश्वास नभए नमान्न पनि सकिन्छ, तर धर्म पालन गर्ने कुरा हो । धर्म कर्तव्य हो, अनुशासन हो, पालन गर्नुपर्छ, मानेर मात्र हुँदैन । धर्म पहिचान हो, अस्तित्व हो । धर्म जीवनको आधार हो आडम्बर होइन । अन्धविश्वास होइन । धर्म भनेको कुनै पनि वस्तुको कहिल्यै नफेरिने विशेषता हो उसको आफ्नै स्वभाव हो । आगोको धर्म तातो हुनु हो । पृथिवीको धर्म गन्ध आउनु, बीउ उम्रिनु अनि हावाको धर्म सुकाउनु भनेजस्तै मानिसको धर्म मानवता हो । त्यसलाई मानवीय सद्गुण पनि भनिन्छ । मानवका लागि धर्म उसको आफ्नो परिचय हो, अस्तित्व हो र स्वाभिमान पनि हो । धर्म नहुँदा मानव मानव हुँदैन, दानव हुनजान्छ । मानव मानव नै हुन धर्म चाहिन्छ ।  धैर्य रहनु, सहनशील हुनु, आफ्नो मनलाई नियन्त्रण गर्नु, चोरी नगर्नु, शुद्ध पवित्र रहनु, इन्द्रियलाई      आफ्नो अधीनमा राख्नु, बुद्धि विवेकको उपयोग गर्नु, ज्ञानी हुनु, सत्य बोल्नु, नरिसाउनु, कसैको हिंसा नगर्नु, सात्विक आहारविहार गर्नु यी र यस्ता सद्गुणहरू नै धर्म हुन् । यि सबै धर्मका गुण हुन अब प्रश्न उठ्छ कि सबै धर्मका एउटै गुण छन भने किन धार्मिक लडाइ गर्नु पर्ने ? कुनै धर्मका फरक फरक बिचार त पक्कै पनि छैनन होला नि ? अब नेपाल को कुरा गरौ । नेपालमा आफ्नो मौलिक धर्म भन्दा  बाहिर गएर अरु अरु धर्मको पनि अभ्यास भएकोछ ठिकै छ नेपाललाइ २०७२को सम्बिधानले धर्म निरेपेक्ष राष्ट्र बनाएको छ हिजो धर्म सापेक्ष थियो आज निरेपेक्ष भएको छ  । सम्बिधान अपरिवर्तनिय दस्ताबेज पक्कै पनि होइन भोलि के होला त्यो आफ्नो ठाउमा छ । तर धर्म परिवर्तन गराएर धर्म धर्म का बिच द्व्न्द्व फैलाउन खोजिदै छ । नेपालि समाजलाइ द्व्न्द्वको बाटोमा अग्रसर गराउन खोजिएको छ  धर्म परिवर्तन गराएर आउदो २०/३० बर्ष भित्र लेबनानमा जस्तै मुश्लिम र इशाइको झगडा अनि प्यालेष्टाइनमा जस्तै यहुदि र मुशलमानको जस्तो लडाइ  ,रुवाण्डाको हुतु र तुत्सिको जस्तो लडाइ  ,हिजोको तामिल र सिहालि जस्तै लडाएर कुन अभिष्ठ पुरा गर्न खोजिए छ ? यसको बिचार स्पष्ट छ कि देशलाइ असफल राष्ट्र बनाउने सधै भरि उन्नति र प्रगतिको बाटोमा लैजानका लागि अवरोध खडा गर्ने मनाशायका साथ लागि परेका छन हामि सचेत हुनै पर्छ ।

   अब कुरा गरौ नेपालमा भएको जातिय बिभेद र छुवाछुतको बारेमा । हो नेपालमा जातिय बिभेद छ छुवाछुत पनि छ यसबाट करिब ६५ लाख दलित समुदाय हजारौ बर्ष देखि उत्पिडनमा परेका छन । यदि हामि जातिय बिभेद ब्राहमणवादि बिचारबाट उत्पादित हो भने हामि आजको यो परिवर्तित परिभेषमा छल्फल किन नचलाउने ? ल ठिकैछ हिजो  सत्तामा भएकाको उत्साहमा लागेरजोर जबर्जस्तिका कारणले छुवाछुत भयो तर आज परिस्थितित फरक छ । किनभने कसैले धर्मांतर गरौ जातिय बिभेदको अंत्य हुन्छ  भनेका छन कसैले हामि पनि यो राज्यमा उत्पिडनमा छौ हामि मिलेर लडौ भनेका छन । तर हामि भन्छौ लडाइ गरेर मानिस मारेर कुनै पनि समस्याको समाधान हुदैन त्यो इतिहासले बताइ सकेको छ । यति भनि रहदा जहा बाट छुवाछुत सुरुभएको हो त्यहि बाट अंत्यको सुरु गरिनु पर्छ । बाहिर बसेर हामि सफल हुदैनौ जसलेजातिय बिभेद गर्यो त्यहि तप्का नै अगाडि आएर छुवाछुतको अंत्य गर्नु पर्छ यदि त्यसो गरिएन भने नेपाल जातिय द्वंद्वको ठुलो भुमरिमा पर्ने छ । ६५ लाख दलितसमुदाय हातमा दहि जमाएर त्यसै  अंधभक्त भएर बस्ने छैन त्यति खेर बिपरित हरुको एकता हुन जाने छ । हाम्रा मुद्धालाइ जसले सम्बोधन गर्ने छ उहि नै मित्र शक्ति हुने छ । त्यसैलेगर्दा अधिकांश दलित समुदाय हिंदु धर्ममा आश्रित छ । धर्मकै नाममा आफ्नो अपमान सहेर दोश्रो दर्जाको नागरिक भएर कुनै हालतमापनि बस्ने छैन । यो देश हाम्रोपनि हो कुनै एकल जातिको बिर्ता पक्कै पनि होइन । हामि मानब भएर बांच्न चाहान्छौ । हिजोका हाम्रा पुर्खाले छुवाछुत ज्यु हजुर भनेर मौन समर्थन गर्दैमाने भन्दैमा हामि त्यसतै हुने वाला छैनौ । अब कुरा निर्णायक हुनु पर्छ । हामि उधारोमा सहमति गर्ने छैनौ । हिंदु धर्म भित्रका  जडसुत्रवादि अतिवादि छुवाछुत र जातिय बिभेदका पक्षपातिहरुले बेलैमा बुझ्दा हुंन्छ कि यो सामाजिक कलंक हटाउनै पर्छ यदि त्यसो गरिएन भने मर्न या मार्न तयार हुन पर्छ । हामि देखि रहेका छौ हिंदु धर्म भित्र जातिय बिभेद गर्नु हुदैन भन्ने तप्काका बिद्धवान पनि हुनु हुन्छ । उहा हरु अति चिन्तित  हुनुहुन्छ ।यदि छुवाछुत अंत्य गर्नसकिएन भने देश मुठभेडमा जाने छ अनि बिनाशको कार्यसुरु हुने छ भन्ने उहा हरुले बुझ्नु भएको छ । यदि तपाइ हरु पनि समतामुलक समाज निर्माणगरि जातिय बिभेदको अंत्य गर्न खोज्नु भएको हो भने बाहिरखुलेर बोल्नुहोस ।  हामि समर्थन गर्ने छौ । यदि मैले माथि भनेका मानिसहरु हाम्रा दुश्मन हुने छन उनिहरुको अंत्य निश्चित छ । सोचौ बिचार गरौ मुठभेड रोकौ  । हामित यसै मर्न उसै मर्न तर मर्न जानेले मार्न पनि सक्छ । हामि हेरि रहेका छौ को सत्रु को मित्रु हो ? हामि चिनेका छौ । गाउमा भएका कर्मकाण्डि हरु नै बदमाश हुन । उनि हरु नै जातिय बिभेद गरेका छन छुवाछुतपनि उनिहरुले नै गरेका छन ।हामि देखि रहेका छौ । चाहे अजित मिजारको काण्ड होस,चाहे मना सार्किका हत्यारा हुन,चाहे रुकुमको घटना होस,चाहे नवलपुरको घटना होस,चाहे रौतहटको घटना होस,चाहे झापाको घटना होस ति सबै कर्मकाण्डि हरुबाट भएका छन छुवाछुत र जातिय बिभेद

 त्यसैले जातिय बिभेद रोक्नका लागि अब तयार हुने कि नहुने ? भन्दै  छन धर्म परिवर्तन गरौ जातिय छुवाछुतको अंत्य हुने छ । तर हुनेवाला छैन बरु धर्म परिवर्तन गराइ धार्मिक द्व्न्द्व गराइ हाम्रो छुवाछुतको मुद्धालाइ ओझेलमा पार्न खोजिदै छ र धार्मिक लडाइ काटाकाट र मारामार गराउन खोजिदै छ । त्यसैले कर्मकाण्डि रामनमि जप्ने हरु खबरदार अब जातिय बिभेदअंत्य गर्नका लागि हामिसंग सहकार्य गर । आदारणिय बिद्ध्वान गुरुहरुको कुरा सुन्ने गर । बेलैमा भलो हुने छ ।  देश धार्मिक अहिंशाबाट बच्ने छ          

Wednesday, September 30, 2020

 


बर्ग र संस्कृति

    मानिसहरुको समुह्नै बर्ग हो आदिम साम्यवादि युगमा कुनैपनि बर्ग थिएन । सबै मानिसहरु बराबर थिए अर्थात उत्पादनका बस्तुमाथि सबैको अपनत्व र मलिकत्व थियो। सबै मिलेर काम गर्थे अनि सबैले उत्पादन बराबर बांड्थे।उत्पादक शक्तिहरूको विकासहुने क्रममा समाजमा श्रम र त्यसको विभाजन पैदा भयो । विभिन्न प्रकारको उत्पादनकार्यमा मानिसहरू समाहित छुट्टाछुट्टै रुपमा भए।  उनिहरुका उत्पादनहरूको विनिमय हुन थाल्यो । उपरोक्त कारणहरूले गर्दा उत्पादनका बस्तुहरूमाथि सार्वजनिकको सट्टा निजी मालिकत्व उत्पन्न भयो ।जसको परिणाम स्वरुप आदिम साम्यवादी अवस्थामा सम्पत्तिसम्बन्धहरू विघटित भए। यसरि पार गर्दै जांदा पुंजिवादि युगमा हुने र नहुने वर्गहरू देखा परे । समाजमा अति धनी र गरिब, सम्पत्ति भएका र नभएका, शोषक र शोषितमा विभाजित भयो । यसरी, आर्थिक कारणहरूले गर्दा वर्गविभाजित समाजको उत्पति भयो । यसरि बैर भाव आपसि बेमेलको सुरुवात भयो। समाजहरूमा एकअर्कोबाट पूरै विपरीत स्वार्थ भएका, परस्परविरोधी, वैरभावयुक्त वर्गहरू निर्माण भए,जस्तो कि दास समाजमा दास,मालिक वर्ग र दास वर्ग, सामन्ती समाजमा सामन्त वर्ग र मोहकिसान(अर्धदास) वर्ग र पुँजीवादी समाजमा पुँजीपति वर्ग र सर्वहारा वर्ग  यसरि बर्ग हरुको निर्माण भएको हो

     मैले यहा भन्न खोजेको कुरा केहो?भने अहिले नेपालमा नेपाल कम्युनिष्ट पार्टि सरकारमा छ। उसको उद्देश्य बर्ग बिहिन समाज निर्माण गर्नु नै हो अथवा राज्यका उत्पादनका सम्पुर्ण बस्तु माथि सबैको पहुच हुनु हो।हिजो कम्युनिष्ट पार्टिले बर्गसंघ्रर्ष गरेर बर्ग बिहिन समाजको निर्माण गर्ने उद्देश्य राखेका हुन ।अर्थात उत्पादनको साधनमा लागेको श्रमिक बर्गको अतिरिक्त श्रमको मुल्य श्रमिक बर्गलाइ नै दिने।त्यो श्रमको मुल्य कुनै पुजिवादिले जम्मा गरेर वा मालिकले जम्मा गरेर अकुत सम्पत्ति कमाउन नपाउने नै हो। पुंजिवादिले लगानि गरेर उतपादनका साधन बेचेर अत्याधिक फाइदा लिने र श्रमिक बर्गको शोषण गर्न नपाउने नै हो कम्युनिष्ट हरुको बिचार हो ।सम्पत्ति जम्मा गरेर पुन लगानि गर्ने र उतपादित बस्तु श्रमिकबर्गले उतापादन गरे पछि उनिहरु बाट बिच्छेद गराइ अर्को ध्रुबमा बेच्ने कति फाइदा ल्यायो मेहनतकश बर्ग लाइ थाहा पनि नहुने यो अवस्थाको अंत्य गर्नु नै कम्युनिष्टहरुको मुख्य उद्देश्य हो। सामान तयार पारेपछि मेहनत गर्ने बर्गले सिमित आम्दानि वा तलब पाउने त्यहि पनि आफ्नो जिवन यापन गर्नलाइ पुरा नहुने । ऋण लाग्ने अवस्थाको श्रृजना हुने ।सधै गरिब भै रहनु पर्ने अनि के खाउ के लाउ ले नछोड्ने,यस्तो बर्ग नै सर्वाहारा बर्ग हो । कम्युनिष्टहरुले भन्ने गरेको बर्ग बिहिन समाजको स्थापना गर्नु नै उनिहरुको मुल उद्देश्य हो । अथवा पुंजिवादिले सर्वहारा बर्गलाइ चरम शोषण गरि सम्पत्ति थुपार्न नदिनु नै उनिहरुको प्रमुख उद्देश्य हो ।

     अब कुरा गरौ संस्कृतिको । संस्कृति कुनै पनि  समाजमा गहराई सम्म व्याप्त गुणहरूका समग्र रूपको नाम हो जुन ती समाजका सोचने, विचारने, कार्य गर्न, खान-पिउँने, बोल्न, नृत्य, गायन, साहित्य, कला, वास्तु आदिमा परिलक्षित हुन्छ। संस्कृतिको वर्तमान रूप कुनै समाजका दीर्घ कालसम्म अपनाइएका पद्धतिहरूको परिणाम हुन्छ। समग्रमा परा पुर्व कालदेखि नै चलि आएको पिता पुर्खाले मांदै आएको पुरानो चलन नै संस्कृति हो।  हिंदुधर्मको संस्कृति बर्ण ब्यबस्थामा अधारित छ । त्यहि हिन्दु धर्मको बर्ण ब्यबस्था अनुरुप सुद्र समुदायलाइ भारत र नेपालमा छुवाछुत र बिभेद गरिदै आएको छ । अझ भंदा मनुस्मृतिको स्थापना आज भंदा करिब 12000 बर्ष पहिला अगाडि भएको हो। त्यस समय देखिनै कानुन जस्तै बनाएर सुद्र समुदय लाइ छुवाछुत र बिभेद  गरिदै आएको छ ।त्यहि सुद्र समुदाय बाट अनेक जात हरुको निर्माण गरेर नेपालमा राम शाह,जयस्थिति मल्ल,पृथ्वि नारायण शाहको पालामा समाज सुधारको नाममा जात हरुको निर्माण गरेर सुद्र समुदायलाइ चरम छुवाछुत र जातिय बिभेद गरेको हो।अझ भन्नु पर्दा जंग बहादुर कुंवरको पालामा बेलायत भ्रमणबाट फर्के पछि बि.सं.1910 मा नयामुलुकि ऐन बनाएर अझ ब्यबस्थित प्रकारले छुवाछुत लाइ संस्थागत गरिएको हो

     यद्दपि जातिय बिभेद र छुवाछुत चरम भए पनि सुद्र समुदाय आजको कथित दलित समुदाय हिंदु धर्म संस्कृति प्रति आघात माया गर्दै आएको छ। कारण केहो भने यो पिता पुर्खाले मांदै आएको चलन दसै,तिहार,फागुपुर्णिमा,तीज,माघि,छ्ठपर्व आदि चाड पर्व मांदै खुशियालि बाढ्दै आफ्नो दिनहरु रमाइलोको साथ बिताइ रहेको यथार्थ हो।  त्यसैले कुनै पनि दलित समुदाय हिंदु धर्म प्रति आस्था राख्द्छ । जातिय बिभेद कै कारणले कतिपय दलित साथिहरु धर्म परिवर्तन गर्नु भएको छ तर जातिय समानता र छुवाछुतको मार बाट छुटकारा पाउनु भएको छैन । यसैले हामि धर्म परिवर्तन लाइ जातिय छुवाछुतको अन्त्यको उपाय भंदैनौ ।तर हिंदुधर्म कमजोर अबश्य हुने छ ।भोलि कालांतरमा धार्मिक द्वंद हुन सक्छ ।तर हामि धर्म निरेपेक्ष छौ ।हामि कसैको धार्मिक आस्थालाइ नजर अंदाज गर्दै उहा हरुको आस्था प्रति चोट पुर्याउन सक्दैनौ र चाहादैनौ पनि ।

      मैले यहा भन्न खोजेको कुरा के हो भने । कम्युनिष्ट हरुले भने जस्तै नेपालमा बर्ग संघ्रर्ष गरेर बर्ग बिहिन समाजको निर्माण हुनेछ अनि मात्र जातिय समानता र छुवाछुतको अंत्य हुने छ भन्ने कुरा सर्वथा गलत हो।किनकि बर्गको निर्माण अर्थ संग सम्बंधित छ भने छुवाछुत र बिभेद संस्कार र संस्कृति संग सम्बंधित छ । बर्ग बिहिन समाजको निर्माण पनि यहा हुने वाला छैन किनभने बर्ग संघ्रर्ष यहा अब हुदैन। ब्यबस्था परिवर्तन भए पनि ब्यक्ति परिवर्तन भएका छैनन। पुरानो बोतलमा नया रक्सि नै हो । अहिलेको सरकार दलाल पुन्जिवादिको प्रतिनिधि जस्तो भएको छ । यो पुंजिवादिको सरकार जस्तै हो । कुनै पनि जन पक्षिय काम गरेको छैन हत्या बालात्कार हिंशा बढेको बढ्यै छ। भ्रष्टचार ब्यापक छ यो केपि ओलिको सरकार हो ।नेकपाको सरकार नभए जस्तो छ । त्यसैले संस्कृति लाइ परिवर्तन भावानात्मक रुपले दलित र गैर दलित समुदायको  समष्टिगत रुपमा हुनु पर्छ । यदि यसो गरिएन भने देशमा ठुलो आंदोलन हुनेछ।शांतिपुर्ण भनियता पनि भोलि त्यो हिंशात्मक बाटोमा जान सक्छ ।किनकि एउटै देश,एउटै धर्म, एउटै नश्ल भएका समुदाय कोहि मालिक कोहि पशुतुल्य जिवन बिताउन किमर्थ स्विकार्य हुदैन। हिंदु धर्मका बिख्यात बिद्वान मित्र हरुले एउटा सहकार्यको बाटो अबलम्बन गर्न खोज्दै हुनुंछ यो सकारात्मक हो।हामि साथ दिएर अगाडि बढ्न चाहाँन्छौ।त्यसैले हामि दलित समुदाय पनि स्पष्ट बिचारका साथ अगाडि बढि रहेका छौ ।अंत्यमा बर्गियसमानता भए पनि जातिय समनता हुने छैन हामि आंदोलित हुनका लागि एक जुट भै अगाडि बढौ हाम्रा हक सुनिस्चित हुने छन । जय दलित एकता जिंदाबाद ।

Tuesday, September 22, 2020

 


दलित समुदायका साथिहरु के हामि साच्चिकै मुक्ति खोजेका छौ?

     हजारौ बर्ष देखिको जातिय बिभेद र छुवाछुतको अंत्य खोजेका छौ ?यदि हो खोजेका हौ भने कसैको मिठो बचनमा नपरौ  हामि संंगठित भै अगाडि बढौ  हाम्रो मुक्ति कसैले गरिदिने वाला छैन  दलित समुदायलाइ झुट बोलेर आफ्नो अभिष्ट पुरा गर्ने कार्य भएको छ  10 हात उफ्रेर हामि मुक्ति दाता हौ भनी कराउनेहरु कता गए ?हाम्रा मानिस हरु मारिदा कुटिदा हाम्रो पक्षमा बोल्ने को हि छैन  न्याय दिने को हि छैन  हामि अब झुक्किनु हुदैन  दलित समुदायको बिचमा मिठो सम्बंध गास्न पर्छ  पुर्व मेचि देखि पस्चिम महाकालि उत्तर हिमाल देखि दक्षिण तराइ सम्मका दलित साथिहरु एउटै हौ  कुनै तापलेजुंग जिल्लाको एउटा दलित समुदाय अन्न्यायमा प-यो भने डोटि जिल्लाको दलित समुदायलाइ चित्त दुख्नु पर्छ  अहिले सामाजिक संजाल मार्फत सबै कुरा थाहा हुंछ । रौतहट जिल्लाको गडुवामा दलित समुदाय मारियो भने मुस्तांग जिल्लामा साथिहरु रक्तिम आंखा बानाउनु पर्छ । प्रतिशोध र ईर्ष्याको भावना जागृतहुनु पर्छ। हाम्रो शक्ति पृथक भएर नै हामि कमजोर भएका हौ । हाम्रो लाखौ लाख छोरा छोरि हरु छन ति नानि बाबु हरुलाइ आपसमा तिमिहरु दाजु भाइ दिदि बहिनि हौ भन्ने शिक्षा दिनुपर्छ। हामि तिमि हरुका आमा बाबु हौ भन्नु पर्छ ।  तिमिहरुका हजुर बा हजुर आमा हरु बृद्दा हुनु हुंछ सबै लाइ माया र आदार गर्नु पर्छ भन्नु पर्छ। पहाड मधेशमा रहेका दलित समुदायका दाजु भाइ आमा बुवा हरु सबै लाइ माया गर्नु पर्छ भन्ने शिक्षा दिनु पर्छ   स-सक्त उठौ हार्दिकता बाढौ जुरुक्क उठौ एकले थुकि सुकि सयले थुकि नदि बन्छ  हामि 60-70 लाख जनसंख्यामा छौ  हाम्रो शक्ति ठुलो छ तर हामिले बुझेका छैनौ  बुझे पनि ख्याल गरेका छैनौ अब जागौ म ब्याक्तिगत रुपमा भन्नु पर्दा मेरो समुदायको अन्न्याय देख्दा मन रुंछ आंखा बाट बलिंद्र नुनिलोआशु बग्छ ति आशु लाइ पिउछु अनि मनलाइ सांतवना दिन्छु कि एक दिन अबश्य मुक्ति हुने छ भंदै मनलाइ  ढाडस दिंछु मुठ्ठि कस्छु कि लाखौ लाख युवा भाइ बहिनि छोरा छोरि हामि संग छन हामि एक्लो छैनौ भंदै उठ छु  त्यसैले एउटा दलित समुदाय ले भोकै बस्नु प-यो भने हामि लाइ चिन्ता लाग्नु पर्छ बिरामि भयो भने हामिलाइ चिन्ता लाग्नु पर्छ मृत्यु भयो भने पनि एउटा मुक्तियोद्दा म-यो भन्नु पर्छ। दुख ब्यक्त गर्नु पर्छ। 

   हामि जातिय समानताका लागि शांतिपुर्ण आंदोलन गर्दैछौ  संगठन बिस्तार ब्यापक रुपमा भएको छ । केंद्रिय समिति ,सचिवालाय ,अब प्रदेश समिति,जिल्ला समिति लगायत स्थानिय तह हरु बंदै छन । त्यसमा हाम्रो समुदाय सक्रियताका साथ लाग्नु पर्छ । अब कुरा आउला हामि आंदोलन गर्दैजांदा आर्थिककहा बाट आउछ ? हो अति सजिलो छ हामि हाम्रो मुक्तिका लागि हाम्रो गांस काटेर आंदोलनका लागि जुट्ने छौ ?संसारभरि नै नेपालमा हामिलाइ जातिय बिभेद गरेका छन भन्ने छौ।संयुक्त राष्ट्र संघमापनि जानाकारि गराउने छौ ।संसार भरिका देश हरुमा हाम्रो बारेमा जानाकारि गराउने छौ । यसका लागि हामि आफै आर्थिक जुटाउने छौ ।  कुनै एन.जि.ओ. र आइ.एन.जि.ओ. लाइ गुहार्न पर्दैन। एन.जि.ओ. र आइ.एन.जि.ओ. लाइ गुहार्ने त हाम्रो नाममा रकम कुम्ल्याएर आफ्नो भुंडि भर्ने हरु हुन यिनि संग पनि सोधौ कि तिनिहरुले दलित समुदायका नाममा कति पैसा कहा बाट ल्याएयौ?अनि कति खर्च ग-यौ?भनि  सोध्नु पर्छ ।उनिहरुको आम्दानिको श्रोत के छ? त्यो बुझ्नु पर्छ।किनभने हामि दलित समुदायको नाम बेचेर पैसा कमाएका छन ।

   हामि70 लाखको हाराहारिमा छौ। हामिले हाम्रो आंदोलन सफल बानाउन  लाखौ लाख हाम्रा छोराछोरि हरु र हामि सडकमा आउने छौ भने घरमाबसेका आमा बुवा हरुले हाम्रा लागि आफ्नो गांस काटेर हामिलाइ गुंद्रुकको झोल र मकै भुटेर हामो पर्खाइमा हामिलाइ खुवाउनकालागि बस्नु हुने छ ।हामि त्यो मिठो भोजन ग्रहण गरि  हामि उहा हरु बाट आसिर्वाद लिइ अगाडि बढ्ने छौ । जहा सम्म आर्थिकको कुरा छ हामि लाइ एक जनाले 10 रुपैया हाम्रो समुदायले दिनु हुने छ।हामि 7  करोड जम्मा गर्न सक्ने छौ अनि हामिलाइ हाम्रो आंदोलन सफल बनाउन मद्द्त पुग्ने छ।हाम्रो आंदोलनलाइ सकारात्मक सल्लाह सुझाव दिने आर्थिक,नैतिक,भौतिक सहयोग गर्ने गैर दलित साथिहरु हाम्रा मित्र शक्ति हुने छन ।उहाहरुबाट समाज रुपांतरणमा महत्वपुर्ण योगदानहुने छ । हामि यसरि हाम्रो मुक्ति आंदोलनलाइ अगाडि  बढाउने छौ ।हामिलाइ इच्छा शक्तिको मात्र खांचो छ ।हामि हाम्रो शक्ति र वललाइ मात्र चिनौ हामि सफल भैने छ ।

  हामिले ब्याक्तिगत रुपमा आंदोलनको शिलशिलामा  कुनै खालको धोखा दिए भने हामिलाइ सार्वजनिक रुपमा हाम्रा नेपाल भरिका दलित समुदायका छोराछोरिहरु र आमा बुवा हरुले भौतिक कारवाहि गर्नु होला।त्यसैले मुक्ति हामिलाइ क्षितिजबाट नियालिरहेको छ।पुर्वबाट रक्तिम सुर्य उदाउन थालिरहेको छ ।जागौ अब धेरै सुत्यौ अब उठ्औ ।यो महान यात्रामा गाउ गाउ बस्ति बस्ति हिमाल पहाड तराइ बाट उठौ ।संगठन बिस्तारमा जुटौ हाम्रो मुक्ति सम्भव छ ।जय दलित एकता जिंदाबाद जिन्दाबाद।       

Thursday, September 17, 2020

 


धर्म र पाप केहो? र पापिको हुन ?धर्म भनेको मेरो बिचारमा आत्म संतुष्टि हो। आफ्नो आत्म लाइ संतुष्ट पार्नको लागि गरिने बिधि नै धर्म हो। म किन यसो भंदै छु भने तपाइले ग्रहणगरेका धर्मबाट के प्राप्त गर्नु भयो?अह छैन केहि पनि । त्यसो भए किन गर्नु हुंछ पुजा पाठ ? मन लाइ संतुष्ट गराउन मात्र त्यति नै हो । यदि धर्मको परिभाषा खोज्ने हो भने दीन दुखिहरुको सेवा गर्नु, अरुको मन नदुखाउनु, आपत बिपदमा परेका हरुलाइ उद्दार गर्नु नै धर्म हो । धर्मको उत्पत्ति किन भयो ?भन्ने संदर्भमा मेरो बिचार यस्तो छ । जब जब मानिस हरु खाना नपाएर भोकैले मरेका थिय अनि रोगले ग्रस्त भएर मरेका थिय उनिहरुको साहारा कोहि पनि थियन। मानिसले बिकास संग संगै अदृश्य शक्तिको कल्पना गर्न थाल्यो । यस्तो घटना किन हुंछ ?कसरि हुंछ?भन्ने सोच्न थाल्यो पक्कै पनि कोहि अदृश्य शक्ति छ भन्ने भयो र  “हे इश्वर “ भन्न लाग्यो । उसकै सरणमा पर्न लाग्यो तर प्राप्त केहि पनि गरेन। उसले सोच्यो हामि लाइ अन्नदातापनि भगवान नै हुन।  रोग ब्याधि बाट पार गराउने पनि भगवान नै हुन भन्ने सोच्यो  र सम्झन लाग्यो एकोहोरो । तर न त देखिंछ न छुन सकिन्छ। न अनुभव गर्न सकिंछ अंध भक्त भयो। खेति पाति लगाउदा कालो माटो भएको ठाउमा जहा पात पतिंगर कुहेको होला त्यहा लगायो खेतिपाति राम्रो फल्यो अनि सबै लाइ भन्योकि यो सबै भगवानकै देन हो। अर्को मानिसलाइ तिमि पनि अब पुजागर सम्झ भन्यो। उसले पनि त्यहि गर्यो उ पनि बिश्वासमा पर्यो । मनग्गे खेति फल्यो । उसलाइ यो थाहा भएन कि मैले कालो माटो जहा पतिंगर कुहेर मल भएको थियो त्यहि भएर खेति फल्यो।  मेहनत गर्यो अनि फल प्राप्त गर्यो । अनि जब पशुपालन सुरु भयो राम्रो खाना पानि दियो आफुले तर जनावर राम्रो मोटो घाटो भयो भने पनि भगवान ले नै हो भंदै हिड्यो। रोग लाग्यो कंद मुल खायो झार पात पनि खायो त्यो औषधि को काम गर्यो तर श्रेय भगवान लाइ दियो । अथवा भगवान को कृपाले गर्दा निको भयो भन्यो सबै लाइ यस्तै भ्रम छर्यो ।  यि सबै उसका मन संतुष्टि नै थियो । यसारि धर्मको उत्पत्ति भएको हो । यदि धर्म नै गर्ने हो भने मैले माथि भने जस्तै दिन दुखि को सेवा गर्नु नै धर्म हो । उनको आसिर्वाद लिनु नै धर्म हो । भोक लागेकालाइ खाना तिर्खा लागेका लाइ पानि जाडो भएका लाइ लुगा दिनु नै धर्म हो  अर्थात आपत बिपतमा परेका लाइ सेवा गर्नु नै धर्म हो। मंदिर,मस्जित र गुम्बामा गै प्रार्थना गर्नु धर्म होइन। त्यो उसको आत्मा संतुष्टि हो। यसबाट केहि प्राप्त पनि हुदैन केहि गुम्दा पनि गुम्दैन।  

  पाप भनेको अरुलाइ दुख दिनु,अरुलाइ अन्न्याय गर्नु पाप हो आफ्नो स्वार्थको लागि अरुको ज्यान लिनु पनि पाप हो । शोषण गर्नु ,अरुको धन लुट्नु पनि पाप हो। अरुलाइ तिरष्कार गर्नु मानब भएर मानब लाइ बिभेद गर्नु पनि पाप हो । हिजो को प्राग मानबले कसैलाइ दुख दिएन । कसैलाइ मन पनि दुखाएन । जब जब आफ्नो सम्पत्ति बंदै गयो, मेरो यो तेरो यो भन्ने अव्स्था आयो त्यहिबाट पापको सुरुवात भयो । अझ पापको जरो सम्पत्ति नै हो किनभने अरु लाइ शोषण गरेर अरुको लुटेर चोरेर सम्पत्ति आर्जन गर्न थाले त्यहि बाट पापको सुरुवात भएको हो ।  अझ सजिलोकोलागि पाप र पुण्यको डर देखाए जुन अद्दायबधि छदै छ। यो गरे पाप हुंछ?यो गरे धर्म हुंछ भन्न थाले अझ आफु सुरक्षित हुन थाले । अझ दान दिंदा धर्म हुंछ । त्यो पनि बाहुनलाइ अनि अझ सुरक्षित भए। अब झन काम नगरि कन पैसा सम्पत्ति आउने भयो। यस्ता खालका कुबिचार पनि पाप हुन । अझ भन्नु पर्दा मानिस मानिस बिचमा त ठुलो त सानो भन्ने कुराकोपनि बिकास गरे। हुदा हुदा तलाइ छुन नहुने तलाइ छुन हुने भन्ने सम्म बनाए। पानि खान  हुने र नहुने सम्म बनाए। त्यो नै पाप हो किनकि अरुको मन दुखाए यसैले यि सबै पाप हुन  

      अब  पापि को हुन ? पापि ति हुन जो यो समाज लाइ धुर्त किसिमले लुट्न  सक्ने बनाए तिनि नै पपि हुन। आनन्दले बसेर अरुको सम्पत्ति खान पाउने नियम बनाए तिनि नै पापि हुन। छुवछुत र जातिय बिभेद गर्ने नै पापि हुन। बिभिन्न खालका हतकंडा अपनाएर मानिस मानिस बिचमा फुट ल्याउने नै पापि हुन। भारत र नेपालमा मांछे हरु कोहि मुख बाट कोहि कुमबाट कोहि छातिबाट र कोहि खुट्टाबाट जन्मेका हुन भनेर लेख्ने नै पापि हुन ।यदि मानब यसरि जन्मेको हो भने किन अमेरिका तिर लेखियन?किन युरोप तिर लेखियन?किन अरब तिर लेखियन?यो सबै झुट हो? फेरि पत्ताउने कस्ता हुन?मांछे योनि बिना पैदा हुदैन अथवा कुनै पनि प्राणि योनि बाट बेगर पैदा त हुदैन भनेर खंडन गर्न नसक्ने पनि दोषि हुन। मलाइ लाग्छ धर्म ग्रन्थ तयार पारेर नेपाल र भारत भरि लागुगर्ने कम दिमागको होइन उसले आफ्नो पुर्खालाइ पुस्तौ पुस्ता सम्मलाइ बसि खाने गरि घुमाएर लुट्ने प्रपंच गर्यो । उ धेरै बुद्दिमानि हो। पताउने ले पनि मानि रहे । पताइ रहे। 

    त्यसैले अब यि पापिका बिरुद्द हामि जुट्नुपर्छ कुनै पनि धर्ममा हामि बिश्वस गर्नु हुदैन धर्म त लुटिखाने प्रपंच मात्र हो भन्नु पर्छ । जे कुरा हामि ले देख्यौ त्यहि मात्र सांचो हो । आकाश, पानि ,जमिन,हावा,आगो पनि छ यि सबै भौतिक चिज हुन । हामि देख्न सक्छौ अनुभव गर्न सक्छौ यि मात्र सांचो हो । जुन कुरा हामि हाम्रा इंद्रिय द्वारा अनुभव गर्छौ त्यो मात्र साचो हो । त्यसैले अब हामिलाइ पापिहरुले गरेको छुवाछुत र जतिय बिभेद छ यसको समुल अंत्य गर्नका लागि आंदोलन गर्नु को बिकल्प छैन । सत्तामा तिनै पापि हरुका संतानहरु छन यिनि हरु हामि लाइ सधै दास बनाउने छन । थाहा भै सक्यो देखि सकियो। अब हामि नेपालमा बसोबास गरेका करिब70 लाख समुदाय जो छुवाछुत र बिभेदमा परेका छौ आंदोलनका लागि तयार हुनु पर्छ । कुनै धर्म परिवर्तन गरे तापनि हाम्रो मुक्ति हुने वाला छैन त्यसैले यो वहिघात हो भन्ने बुझौ। नारकिय जिवन जिउन भंदामरौ या बांचौ साथि हरु अब हामि हाम्रा आंखा खुल्न लागेका छन। हाम्रा हजारौ युवाहरु छन उनिहरु र हामि सबै मिलि सडकमा आउनु पर्छ ।  मुर्दाबाद र जिंदावाद भंदै आउनु पर्छ । कहिल्यै पनि सत्यको जित हुंछ । जो कपटि बदमाश छ उ हारेर जाने छ।  हामि जित्ने छौ। यो मातृभुमि हाम्रो पनि हो यो कसैको बिर्ता होइन । हामिपनि यहि देशका नागरिक हौ भारतबाट हामिलाइ आफु संगै आफ्ना दाइ भाइ बनाइ ल्याएर छुवाछुत गर्ने पनि यिनै हुन । तराइमा पनि आफ्ना दाजु भाइ लाइ बिभेद र छुवाछुत गर्ने पनि यिनै हुन । आज कुट्ने,पिट्ने,मार्ने पनि यिनै हुन। जो हामिलाइ साथ दिने छन ति हाम्रा मित्र शक्ति हुने छन । जसले यस्तै गर्नेछन ति दुश्मन हुन साथि हरु । अब ढिला नगरौ कसैको मिठो बचनमा नभुलौ हामिलाइ हाम्रा संततिले धिक्कार्ने छन । लाखौ लाख दलित समुदाय यि पापि हरुका बिरुद्द एक हुनुपर्छ।  दलित एकता जिंदाबाद जिंदाबाद। 

Tuesday, August 25, 2020

 

दलित समुदायका नेताहरुको बुद्दि भ्रष्ट भएकै हो ?

 

        आदारणिय मेरा स्नेहि दलित समुदायका बुद्दिजिवि साथिहरु तपाइहरु के का लागि राजनैतिक पार्टिको झोला बोकेर हिड्नु हुन्छ?के तपाइहरु कांग्रेस,नेकपा र जनता समाजवादि पार्टिमा लागेर के पाउनु भयो? हामिहरुले भने जस्तै समतामुलक समाज पाउनु भयो?बर्ग बिहिन समाज पनि पाउनु भयो?  जसबाट जातिय छुवाछुतबाट मुक्तिमिलोस समतामुलक समाज निर्माण भयो?या नामको मात्रको समाजवाद ओकलेर त्यस उन्मुख अर्थतंत्र पाउनु भयो ? अजित मिजार,अंगिरा पासि,मना सार्कि,सम्भु सदा र नवराज बि.क. जस्ता भाइ हरु मारिए जस्तै गरि अब कोहि पनि मर्ने छैनन जातिय छुवाछुतको कारणले ? मलाइ लाग्छ तपाइहरुको बुद्दि भ्रष्ट भएको छ    तपाइहरु भ्रष्टिकरणको बाटो लाग्नु भएको छ तपाइ हरु नेपालि दलित समुदायलाइ झुक्काउन उद्दत हुनुन्छ आफ्नो निजि स्वार्थ पुरा गर्ने अभिष्ट तपाइहरुको हो।  जबकि हामिलाइ हिजो बर्गिय संघ्रर्षबाट बर्ग बिहिन समाजको निर्माण हुन्छ भनेका हुन कि होइनन?पुन्जिवादको चरम बिकास गरेर समतामुलक समाज निर्माण हुंछ भनेका हुन कि होइनन?गरिबि समुल अंत्य हुंछ अनि समाजवाद आउछ भनेका हुनकि होइनन?जातिय बिभेद र छुवाछुतको अंत्य हुंछ भनेका हुन कि होइनन?सबै भनेका हुन । नेपालि कांग्रेसले 2046 साल देखि यता सत्तामा बसि कति चोटि शासन ग-यो ?धेरै चोटि राज्य संचालन ग-यो अनि देशमा दलित समुदायमाथि कति अन्न्याय भयो ?मस्तै भयो 2046 सालको सम्बिधानमा जातियबिभेद अंत्य गरिएको छ भन्ने थियो तर मंदिर आदिमा प्रबेशगर्दा परम्परालाइ पनि ख्याल गर्नु पर्ने भन्यो । अर्थात एउटै शब्दले जातिय छुवाछुत लाइ कायम ग-यो । हजारौ हत्या जातियबिभेदकै कारण भए। हजारौ बलात्कार जातियता कै कारणले भए   सन 1917 देखि 1923 सम्म अमेरिकामा भएको रेड समरको हत्या काण्ड जस्तै गोराजाति हरुले काला अमेरिकन हरुलाइ मारे जस्तै यहा पनि मारियो । तर सरकार अपराधि र दोषिकै पक्षमा लाग्यो । दलित समुदाय माथि अन्न्याय र थिचोमिचो भै रह्यो ।छुवाछुत र जातिय बिभेद रहि नै रहयो   हामिले सहि रह्यौ हाम्रा दुख,क्रंदन,अनुनय,बिनय सुन्ने कोहि भएन। तर पनि हाम्रा दलित समुदायका बुद्दिजिविहरु नेपालि कांग्रेसकै सक्रिय कार्यकर्ता भएर नाक एक बित्ताको बनाइ रहे । अर्थहिन आडम्बर देखाए ।  नेपालि कांग्रेसकोमुल मंत्र राष्ट्रियता,प्रजातंत्र र समाजवादको मंत्र जपि नै रहे अझ पनि जप्दै छन  अझ पनि हामिलाइ हाम्रै दलित नेताहरुले  गुलाम बनाउदै छन। 

     अब कुरागरौ यो देशको ठुलो पार्टि जो 2006 साल बैशाख 10 गते मार्क्सवाद,लेनिनबाद, माओबादको आलोकमा स्थापना गरिएको अहिले सर्वशक्तिमान पार्टि नेपाल कम्युनिष्ट पार्टि(नेकपा) अर्थात डबल नेकपा  यो पार्टिमा दलित समुदायको अतुलनिय योगदान रहेको छ । यो पार्टिको नेतृत्वमा भएका हरेक आंदोलनमा दलित समुदायको अतुलनिय योगदान रहेको छ। हिजोका दिनहरुमा भएका आंदोलनमा दलित समुदायले बलिदानि अर्पण गरेका छन । त्यो बलिदानि त्यसै गरिएको होइन । त्यो बलिदानि रहरले पनि होइन। त्यो बलिदानि  सुनौलो भबिष्यका अश्वासनका कारणले गरिएको हो । हामिलाइ भनिएको थियो कि तपाइहरु लाइ जातिय बिभेद गरिने छैन । तपाइहरु पनि यो देशको नागरिक हो । छुवाछुत गर्ने कम्युनिष्ट पार्टिको नेता हुन सक्दैन ।  हामिले कहिल्यैपनि बिभेद गर्ने छैनौ  हामि सबै उत्पिडित हौ । हाम्रो शासन आयो भने सबै समान हुने छौ । बस्ने घर ,कमाउने जग्गा ,रोजगार ,शिक्षा ,स्वास्थ्य, सबै को ग्यारेंटि हुनेछ भनेका हुन । अझ पनि भन्दै छन ।  दलित समुदायका भरौटेहरु पनि भंदै छन। 

     तर बिडम्बना आज यति ठुलो कम्युनिष्ट पार्टिको सरकार छ   तर सबै आश्वासन कता गए?आज यो देशमा दलित समुदायका नागरिकहरु प्राय: दिनहु जसो जातिय बिभेद र छुवाछुतका नाममा मारिएका छन । अंतर जातिय प्रेम सम्बन्धका कारण मारिएका छन। घर बार उठिबास भएका छन । दलित समुदायले बस्ने बास छैन ,खाने गास छैन,लगाउने लुगा छैन   अर्थात यो कम्युन सरकार हिजोका प्रतिक्रियावादि सरकार जस्तै भएको छ  जनताको शांतिसुरक्षाको अवस्था जर जर छ    जो संग पैसा छ उसैको बोलावाला छ । हुदा हुदा दलित समुदायका मानिस हरु मारिदा समेत प्रहरिमा जाहेरि लिन समेत छोडिएको छ ।   कारवाहिको त कुरा परै जाओस  तर अझ पनि दलित समुदायका मानिसहरु निरिह हुदै त्यहि कांग्रेस ,नेकपा,अनि जनता समाजवादि पार्टिकै पछि लागेका छ्न। तराइमा ब्यापक रुपमा गुंडागर्दि भएको छ,बिराटनगरको मुसहर बस्तिमा राति आएर गुण्डा लगाइ कुट पिट गरे सम्भु सदा लाइ झुंडाएर मारे। अस्ति फेरि रौतहटमा घांटि रेटेर दलित समुदायका युवालाइ मारेका छन। पुलिस प्रसासन केस जाहेरि लिन मांदैन । मुद्दा दर्ता गराउन आंदोलन गर्नु पर्ने अवस्था छ । कहा छ सरकार ?के सरकार असफल भएकै हो?अव आशा हराएका छन तै पनि दलित समुदायका मै हु भन्ने हरु तिनै पार्टिका नेता कार्यकर्ता  भएर हिडेका छन। यसको एउटै कारण हो ब्याक्तिगत स्वार्थ दलित समुदायको स्वार्थका लागि पो लड्नु पर्छ। दलित समुदायको नाममा पार्टि संग बार्गेनिङ्ग गरि सम्सदमा टिकट लिने । मंत्रि बन्ने सम्पत्ति कुम्ल्याउने यहि मात्र कुबिचार छ    हाम्रो दलित समुदायका मानिस मारिदा ति मंत्रि साम्सद कहि कतै बोल्दैनन ।  पार्टि नामको ढुंगो मुखमा च्यापेर बस्छ्न जति सुकै अन्नायय भए पनि चुप लागेका छन  यदि आफ्नै छोरि चेलि बलात्कार हुदा ,मारिदा पनि बोल्दैनन  कुटिदा पनि बोल्ने साहश गर्दैनन  लाचार छन। 

     त्यहि पार्टिकै जन बर्गिय संगठनमा आबद्द हुन उद्दत छन लाज सरम त मान्नु पर्छ ,त्यसैका नेता भएका छन हामि लाइ गालि गलोज गर्छन। त्यसैले हामि भंछौ तिमि हरुको बुद्दि भ्रष्ट भएको छ । आफ्नो पदका लागि मात्र राजनिति नगर । यदि इमान छ र तिमि पनि जातिय छुवाछुत र बिभेदमा परेका छौ भने पार्टिगत राजनिति छोड। आफ्नो स्वार्थ त्याग, पुर्खाले जस्तै भोगेको पिडाबाट मुक्त हुनका लागि गोल बंद हुनु पर्छ । दलित समुदायका भावि संतातिलाइ समतामुलक समाज हस्तांतरण गर्नका लागि एक जुट भएर लागौ । जात ब्यबस्थामा धारिलो प्रहार गरौ ।  60 लाख दलित समुदायका साझा मुद्दाहरुमा एक भएर जाऔ । सुनौलो दिन आउने छ । पुर्वमा लालि किरण छाउने छ । जातिय समानता हुने छ । छुवाछुतको अंत्य हुने छ तर दलित समुदायका बुद्दि बिग्रिएका भ्रष्ट हरु सचेत हुनु पर्ने छ । दलित समुदाय आंदोलन को पर्खाइमा छ त्यसको नेतृत्व नेपाल दलित मुक्ति अभियानले  गर्ने छ  जय दलित एकता जिंदाबाद