Thursday, June 25, 2020

मानिस मारिदापनि किन तमाशा हेरियो? कर्ण बि.क.


त्यो कालो दिन गत जेठ 10 गतेको दिन,मानबता बिरुद्द्को आततायि कालरात्रिको दिन,मलाइ लाग्छ भेरि नदि दानवहरुका बिरुद्द म पनि साक्षि छु है भन्दै सुसाउदै रोएको दिन हो . जुन दिन चौर जहारि नगरपालिका वार्ड नम्बर 8 कि युवति सुष्मा मल्लको प्रेमको कोपिला कलिलैमा निमठिएको दिन जसले आफ्नो जिवन मरण भेरि न.पा. 4 का युवा होनाहार युवा नवराज बि.क.संग बिताउने प्रण गरेकि थिइन . तर नवराज बि.क. लगायत उनका सहयात्रि 5 जना समेतको हिंश्रक मानबरुपि ब्वासाहरुले हसिय,ढुंगा,खुकुरि,भाला,चक्कु र लौरो प्रयोगगरि उनिहरुको चित्कारका अनुनय,बिनय, रोदन,क्रंदन,र पिडाको कुनै वास्ता नगरि किचि किचि मारेर लतार्दै घिसार्दै निर्दोष भेरि नदिलाइ समेत अपबित्र बनाउदै उनिहरुको आवाज र रगतले लतपत बनाउदै फालेको थिए  . आजपनि भेरिका वारिपारिका पहराहरुमा नवराज बि.क.लगायत उनका सहयात्रिहरुका रगतले पोतेका भित्ताहरु भंदै छन कि उनिहरुलाइ मारेर फालेका हुन . उनिहरु हुन हत्यारा हुन हामि त्यसको साक्षि छौ .
   कुरा त्यति मात्र होइन अब हामि जाउ कि नवराज बि.क.लाइ न्याय किन भएन ?अकालमा नवराज बि.क. लगायत अन्य निर्दोष 5 जना यो देसका सपुतहरु मारिय मारिनु जिवनकोठुलो घटना त हो . तर अहिलेको बर्तमान सरकार अझ भन्नु पर्दा जनताको प्रचण्ड मत पाएर जनताको भलो गर्ने छु भनि शोषित, पिडित,उपेक्षित,गरिब,श्रमजिवि र सर्वहारा बर्गको म जस्तो पक्षपाति राजनैतिक प्रतिनिधि कोहिपनि छैन भन्ने नेकपाको प्रचण्ड करिब करिब 2/3 बहुमत सहितको नेतृत्वको  सरकार गठन गरेको छ  . बिडम्बना .
     नवराज बि.क.लगायत उनका साथिहरु त मारिय  . नवराज बिक.को बाच्ने अधिकार थियोकि थियन ? बांच्ने अधिकार थियो भने मांछेमार्ने ज्यानमारालाइ कारवाहि हुनु पर्ने हो . ज्यानमारालाइ करवाहि नगर्नकालागि नेकपाका ठुला भनिएका नेताज्युहरु अझ भंदा त्यहि क्षेत्रबाट निर्वाचित साम्सद ज्युबाट नसोचेको प्रतिक्रिया आउनु अनौठो हो . सम्सद भवनमै नदिमा हाम फालेर मरेका हुन भंदै अभिब्याक्ति दिनु कति उपयुक्त होला?अर्का साम्सद्ज्युपनि नबोल्नु बिडम्बना हो  .
      कुरा यति मात्र होइन त्यसका बिरुद्द दोषिमाथि कारवाहिको माग गर्दै सम्पुर्ण दलित समुदाय आंदोलित भएको छ . नेकपाबाट प्रतिनिधित्व गरेका दलित समुदायका साम्सद वा मंत्रिहरु चुपचाप छन  . नेपालि कांग्रेसबाट प्रतिनिधित्व गर्ने साम्सदहरु धिमा स्वरमा बोलेका छन उनिहरुपनि बोल्ने थिएनन . अहिले बिपक्षिमा भएर गोहिका आंशु झारेका हुन . अनौठो त यो छकि नेकपाबाट निर्वाचित सांसदहरुलाइ त्यहि क्षेत्रका दलित समुदायका मानिसहरुलेपनि मतदान गरेर जिताएका हुन  . यो मत नै काल बनेर आउछ भन्ने भएको भए उनिहरु किन मत हाल्दा हुन र?
    जबकि अमेरिकामा काला बर्णको जाति जर्ज फ्लोइडलाइ एकजना ब्यापारिलाइ 10डलर नक्कलि नोट दिएको भंदै त्यहाको प्रहरिले छोपेर घांटिमा थिचेर मार्दा त्यसको विरोधमा पुरै अमेरिका भरि लाखौ लाख काला र गोरा जातिहरु सडकमा ओर्लिए . यो मानबता बिरोधि अतातयि कुर्र हत्या हो भंदै सडकमा आए . मिनिया पोलिस, न्यु योर्क सिटि, ,ओहायो, ,कोलोराडो,न्यु जर्जि र मेरिल्याण्ड लागायत पुरै अमेरिका भरि बिरोध भए . त्यहाका काला,गोरा, गहु गोरा सबै जातिहरु सडकमा “ब्ल्याक लाइभज म्याटर” भंदै प्लेकार्ड लिएर सडकमा मानबता बिरोधि आंदोलनमा ओर्लिए . सडकमा आएको भिडले राष्ट्र्पति डोनाल्ड ट्रम्प बाहिर ननिस्कि कन आफ्नै निवासमा बंकरमुनि बस्न बाध्यभए  . लाखौ लाख अमेरिकि यस्तो हत्याका बिरोधमा कालागोरा  नभनि पुलिसको कुर्र हत्याको बिरोधमा ओर्लिए . संसार भरि पनि बिरोध भयो  . पुलिसले नागरिकसंग  घुंडाटेकि माफि माग्यो भने राष्ट्रपति ट्रम्पले जर्ज फ्लोइडका परिवारसंग गल्ति भएको भनि कुरा गरि सांतवाना दिए . पुर्व राष्ट्रपति बाराक ओबामाले गह भरि आंसु ल्याउदै ढुंगे युगको झल्को दिने खालको घटनाभंदै  दुख ब्यक्त गरे भने जर्ज फ्लोइडलाइ मार्ने अभियुक्तकि श्री मति केलि चुबिन जो मिसेज मेनिया पोलिस पनि हुन उनले श्री मान संग सम्बंध बिच्छेद गर्न आबेदन दिएकि छन .
   तर हाम्रो देश नेपालमाभने  गोर्खाका राजा राम शाहले 1960 मा समाज ब्याबस्थाका नाममा बाध्यत्मक काम र सजायको ब्याबस्थागरेका थिय .  उपत्यकामा जयस्थिति मल्लले मानब न्याय शाष्त्र मार्फत 64 जातको ब्यबस्थागरि दण्ड सजायको ब्यबस्था गरेका थिय .  पृथ्वि नारायण शाहले पनि नेपाल एकिकरणका बेलाआफुलाइ सहयोग गर्न भारतको बनारसबाट येख जंग बि.क.लाइ ल्याइ नेपालिसेनालाइ हतियार चलाउन तालिम  दिएका थिए . जसबिर  कामि,मणिराम गाइने,धार्ने कामि,बिषे नगर्चि र काले सार्किले आफ्नोक्षेत्रबाट उनलाइ सहयोग गरेका थिय तर उनले चार जात छत्तिस बर्ण बनाइ समाज ब्यबस्था गरि छुवाछुत र बिभेद गराइ छोडे .
    जंग बहादुर राणाले बेलायत भ्रमणबाट फर्के पछि बि.स. 1910 मा समाज ब्याब्स्थाको नाममा जातियछुवाछुतलाइ ब्यबस्थित गरे . आज त्यसैको निरंतरता भएको छ . जति सुकै आंदोलनमापनि दलित समुदायको उत्कृष्ट उपस्थिति रहेको छ  . चाहे शांतिपुर्ण आन्दोलनमा सेतु बि.क.को प्रथम शाहदत होस वा जनयुद्दको बेला प्रथम शाहदत दिल बहादुर रम्तेलको होस  . नेपालले सन 1955,डेसेम्बर 14 मा संयुक्त राष्ट्र संघको सदस्यता लिए पछि संयुक्त राष्ट्रसंघको बडापत्र 1945 र मानब अधिकारको बिश्वब्यापि घोषणा पत्र 1948को अवधारणा,नेपाल पक्ष भएका अंतराष्ट्रिय संधि हरुमा हस्ताक्षरगरेको छ . जातिय कसुर ऐन र नेपालको सम्बिधान 2072 मा भएका ब्यबस्था अंतर्राष्ट्रिय मानब अधिकार संरचनाको उच्चतम निकाय(अंतराष्ट्रिय फौज दारि अदालत)मा नवराज का हत्याराहरुलाइ लैजानेछ . यहा भन्न खोजिएको केहो? भने नेपालमा दलित समुदायका ब्याक्तिहरु मारिदा वा अन्न्यायमा पर्दा किन दलित समुदाय मात्र आंदोलित हुनु पर्ने? राजनैतिक पार्टिहरु र तिनका कार्यकर्ताहरु किन अमुक र मुक दर्शक बन्ने?निर्मला  बलात्कार पछि हत्याकाण्डमा  हजारौ दलित समुदाय सडकमा आएको थियो . निर्मलाको पक्षमा दलित समुदायले ओकालत गरेको थियो . न्यायको पक्षमा आगोको ज्वाला उठाएको थियो . हजारौ बलिदानि दिनका लागि तयार भएको थियो . दलित समुदायले यो सोचेन कि निर्मला गैर दलित हुन हामि आंदोलित हुनु हुदैन भनेको त थियन नि . आज  हामि नवराज बि.क.ले गैर दलित महिला संग प्रेम गरेर बिवहा गर्न जांदा जातिय बिभेद कै कारण छुवाछुत कै कारण कुटिकुटि उनि लगायत उनका साथिहरु मारिदा ,न्यायको पक्षमा दलित समुदाय आंदोलित हुदा मानब अधिकारको पक्षमा हत्याको बिरोधमा किन राजनैतिक पार्टिका कार्यकर्ता  र गैर दलित समुदाय सडकमा आंदोलित हुन किन न आउने?
       किन तमाशे भएर मुर्दा मलामि बन्ने?अमेरिकाको घटना मैले माथि नै भनि सकेको छु कुरा यो हो . हामि देखि रहेका छौ सरकार त छ कि छैन ? अन्धधुन्ध छ . तर गैर दलित समुदाय बल्ल खाइस भंदै कुहिना ठोक्दै हिडेको हामिले महसुष गरेका छौ  . यिनिहरु नै मारिउन हामिलाइ के मतलव? भने जस्तो गरि हाँस्दै हिडेको देखेका छौ ? सहानुभुतिको त कुरै छोडौ बरु गलत र नराम्रा खालका पोस्टहरु पोस्टिने गरेकाछन .  चाहे त्यो सम्भु सदा लाइ प्रहरिले हिरासतमा मार्दा हामिले गारेको आंदोलन होस वा रुपंदेहिमा अंगिरा पासिलाइ बलात्कार पछि गरिएको हत्या होस . त्यसैले हामि अब हाम्रो आंदोलन कसैको भर न परि हामि आफै गरौ  . कुनै पनि राजनैतिक पार्टिलाइ भोट दिने तिनिहरुको सेवक बन्ने काम नगरौ .सेवक त ति दलालहरु बन्नु छ जसले बालि मागेर खाने बानि परेको छ . नुनको सोझो गर्नु छ . प्रभु कै सेवा गर्नु छ . हामि न्यायका लागि छुवाछुतको बिरुद्दमा उभिनुको  बिकल्प छैन . साथिहरु आउनुस सन्युक्त मोर्चा बनाइ अगाडि बढौ . मुक्ति सम्भव छ हाम्रै पालामा जय दलित एकता .

Saturday, June 20, 2020

आरक्षणको दुरुपयोग हुदै छ हाम्रो देस नेपालमा ?

कर्ण बि.क. 

       आरक्षणको बिषयमा हामिले अघिल्लो पृष्टमा पनि उल्लेख गरेका छौ . आरक्षणको बिषयमा बोलि रहदा म ऐतिहासिक पृष्टभुमितिर जान चाहे, मनुस्मृति आज भंदा करिब करिब !@))) बर्ष अगाडि तयार पारिएको देखिन्छ । मनुस्मृतितयार परि रहदा किन तयार पारियो त्यो बुझ्नु बान्छनिय देखिन्छ । मलाइ लाग्छ बर्ण ब्याबस्था अनुरुप सबै भन्दा तल्लो श्रेणिमा राखिएको बर्ग शुद्र थियो । त्यो बर्णमा भएका क्रांतिकारि सोचभएको बर्ग थियो उसलेजुन शोषण,दमन र अत्याचारको  बिरोध गरेको हुनु पर्छ  । टाठो बाठो बर्ग भनेको ब्राहमण समुदाय नै थियो । उसका ऋषिमुनिहरुले षडयंत्रपुर्वक मनुस्मृतिको रचना गरि सुद्र बर्णलाइ छुवाछुत र बिभेद गरेको हुनुपर्छ । हामिले देखेका छौ महाभारतका योद्दा कर्ण लाइ सुद्र पुत्र भनि पटक पटक सम्बोधन गरि अपमान गरिएको छ ।
     मनुस्मृतिको रचना पस्चात ब्राह्मण समुदायले आफ्नोलागि एक किसिमको आरक्षणको ब्याबस्था गरेका थिए ।  उनिहरुलाइ पढ्न लेख्न,ज्ञानप्राप्त गर्न,शिक्षा दिक्षा लिन वा दिन सम्पुर्ण अधिकार  केंद्रित गरियो । त्यतिमात्र होइन कि सम्पत्ति कमाउन सम्पत्ति राख्न पनि अधिकार प्राप्त गराइयो । सबै भुमिमा उनिहरुकै बर्च्स्व कायम भयो । किनभने सुद्र बर्णलाइ पढन ,लेख्न,ज्ञान हासिल गर्न लगायत प्रयाप्त मात्रामा रोक लगाइएको थियो । यदि त्यसोगरेमा उनिहरुलाइ कडा कानुन अनुसार सजायको भागिदार बनाइन्थ्यो। पाप र धर्मको डर देखाइन्थ्यो । श्रमगर्न मात्र लगाइएको थियो  । उनिहरुको श्रम शोषण मात्र गर्दथे । यहि क्रम सदियौ सम्म चल्दै गएको थियो । उनिहरु (शुद्र समुदाय) लाइ छुवाछुत र बिभेद गरियो । उनिहरुलाइ छुन नहुने,छोएमा नुहाउने पर्ने उनि हरुले छोएको चिज खान नहुने गरेर हरेक क्षेत्रमा छुवाछुत र बिभेद गरियो यद्दपि छदै छ ।  
     ब्राहमण समुदायकोलागि एक किसिमको आरक्षणको ब्यबस्था गरिएको थियो सबै क्षेत्रमा उनिहरुनै सर्वेसर्वा भए  नेपालमापनि यहि अवस्था अहिले सम्मपनि छ कुरा के हो ? भने छुवाछुतमा पारिएको समुदायलाइ दलित भनि सम्बोधन गरिएकोछ दलित समुदाय बिद्यालय जान बंचित थियोयो समुदायलेपढ्न लेख्न पाउदैनथ्योजग्गा जमिन राख्न सम्पत्ति आर्जन गर्न पनि पाउदैन थियो करिब करिब आज भन्दा *) बर्ष अगाडि सम्म दलित समुदायले स्कुलको मुख सम्म पनि देख्न पाउदैन थे पढने लेख्ने भन्ने कुरा त आकाशको फल आंखा तरि मर जस्तो नै थियो औपचारिक रुपमा पढ्न पाउदैन थे जब नेपालमा राणा कालमा नै देव शम्सेरले बिद्यालयहरु खोल्न थाले अलिकति परिवर्तन भयो तर दलित समुदायले शिक्षा लिन पाउदैन थेकरिब करिब प्रजातंत्रको पुनर्बहालि @)!% सालमा भयो तत्पस्चाद दलित समुदायले शिक्षालिन पाउथ्यो  तर कसैलाइ ब्राहमण क्षेत्रि लगायत अन्य गैर दलित हरुलाइ छुन पाउदैन थे छोयमा छिटो हाल्ने अनि घर गए पछि ति कथित उपल्ला जाति भनौदाहरुले नुहाउन पर्ने यस्तो बाध्यात्मक अवस्था थियो जब जब देश काल बित्दै गए देसमा केहि परिवर्तनहरु हुदै गए@)@) सालमा कागजमा भए पनि राजा महेंद्रले जातिय छुवाछुत बिभेदको अंत्य भएको कानुनमा लेखे तर ब्याबहारमा लागु भएन@)$^ सालको जनआंदोलन सम्पन्न भयो पंचायति निरंकुसताको अंत्य भयो   नेपालमा नया सम्बिधान बन्यो तर दलित समुदायको अवस्था उस्तै रहयो तात्विक भिन्नता केहि भएन  दलित समुदाय आर्थिक रुपमा बिपन्न थियो अहिले पनि छ जग्गा हरु बिर्ता का रुपमा हिजो पनि थिय आज पनि छन  उच्च शिक्षा हासिल गर्न पनि सक्दैन थे सरकारि जागिर आदि खानेत कल्पना सम्म पनि गर्न सकिदैन थियो  मलाइ लाग्छ दलित समुदायले उच्च शिक्षा हासिलगर्न लागेको चालिस बर्ष जति हुन लागेको होला   जबकि हजारौ बर्षदेखि राज्यको श्रोत साधनमा एकछत्र रुपमा अधिपत्य जमाइराखेको शोषक र सामंति बर्गले राज्यका हरेक क्षेत्रमा दोहन गर्दै आएको छ
     हामिदलित समुदाय हजारौ बर्षदेखि छुवाछुत र जातिय उत्पिडनमा परेका छौ देशमा पुन: २०६२/०६३ को दोश्रो जनआन्दोलन र मधेश आन्दोलनले राज्यको श्रोत, साधन र पहुँचमा समावेशिताको मुद्दालाई दरोसँग अघि उठायो । परिणास्वरुप नेपालको अन्तरिम संविधान , २०६३ ले राज्यलाई समावेशी बनाउन अधिकतम प्रण गर्यो । यसर्थ निजामती सेवा ऐन, २०४९ मा भएको दोश्रो संशोधन (२०६४) ले निजामती सेवामा आरक्षणको व्यवस्था गर्यो । जसले निजामती सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा पूर्ति हुने ४५ प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शत प्रतिशत मानी ३३ प्रतिशत महिला, २७ प्रतिशत आदिवासी जनजाति, २२ प्रतिशत मधेशी, ९ प्रतिशत दलित , ५ प्रतिशत अपांग र ४ प्रतिशत पिछडिएको क्षेत्रका बिच मात्र छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गर्ने प्रावधान गरेर आरक्षणलाई संस्थागत गर्यो ।
     राजनीतिक, आर्थिक, सामाजिक,सांस्कृतिकरूपले पिछडिएको  बर्ग,समुदायलाई राज्यको नीति निर्माण लगायत राज्य संरचनाका सबै तह सेवा सुबिधाहरुमा अर्थपूर्ण सहभागिताको अवसर प्रदान गर्न अवलम्बन गरिने विशेष संरक्षणको कार्यलाई आरक्षण अर्थात सकारात्मक बिभेद  भनिन्छ । तर हाम्रो देश नेपालमा यसको गलत तरिकाले प्रयोग भएको छ  । जसले हिजो हजारौ बर्षदेखि उत्पिडन गर्यो । छुवाछुत र बिभेद गर्यो आज त्यहिबर्गलाइ अर्थात खस आर्यलाइ पनि आरक्षणको ब्यबस्था यो नेकपाको सरकारले मिति @)&& साल असार   % गते देखि गरेको छ । यसको अर्थ यो सरकार अन्न्याय गर्ने बर्गलाइ प्रोत्साहन गर्न चाहान्छ । त्यसैले देश कता जांदै छ  । छुवाछुत र बिभेद छदै छ र दलित समुदाय मारिएका छन । कुटिएका छन सरकार मौन छ । अझ अचम्म त प्रधानमंत्रि के.पि.ओलिले सरकारले मानिस मारेको होइन भंदै स्पष्टोउक्ति दिदै छन  ।त्यसैले हामि दलित समुदायले यो सरकाराबाट कुनै सहयोगको आशा नगरौ  । हामि संगठित भइ आंदोलनको ज्वार्भाटाको श्रृजना गरौ । मुक्ति सम्भव छ हाम्रै पालामा ।  दलित एकता जिंदाबाद ।