Saturday, July 27, 2019

कसरि हुन्छ दलित मुक्ति? 2


अबको हाम्रो बाटो सफा र क्लियर छ हामि हिजो अलमलमा परेका रहेछौ जब जब बि.स.2005 सालमा पुष्प लालले नेपाल कम्युनिष्ट पर्टिको घोषणा पत्र तयार गर्नुभयो र बि.स.2006 साल बैशाख 9 गते नेपाल कम्युनिष्ट पार्टिकोनिर्मण गर्नुभयो त्यतिखेरको अवस्थमा नेपाल मा जहानिया राणा शासनले पारिवरिक शासन चलाइ रहेको थियोयस अवस्थामा नेकपाको उदय हुनु महत्वपुर्ण बिषय थियो जब राणा 2007 सालमा ढल्यो राजतंत्र पुन हाविभयो रअंतत पुन राजतंत्र बलियो हुदै गयो अनि जब राजा त्रिभुवन को मृत्यु भयो उनकाजेठाछोरा महेंद्र राजा भय उनि निकै महत्वाकांक्षि थिय 2017 सालमा बिपि कोइरालाको जना निर्वाचितसरकार लाइ अपदस्त गरि 30 बर्ष सम्म एक दलिय पंचायति निरंकुश शासन चलाए त्यस पछि उनको देहबासन पछि बिरेंद्र राजा भए उनि पनि बाबुकैसैलिमा शासन चलाउनथाले 2036 सालमा जनमत संग्रहको तुरुप नेपालि जनता माझ फालिदिय फलस्व निर्दलिय ब्याबस्था ले बहुमतले जितेको घोषणागरे तर त्यस्को 10 बर्षापछि नेपालिजनताले अभुत पुर्व जना आंदोलन गरे रसक्रिय राजतंत्र सम्बैधानिक राज तंत्र मा झर्यो मैले यो इतिहास किन भन्न खोजेको भंदा हिजो हाम्रो दलित समुदाय को उल्लेख्निय योग दान थियो आंदोलन मा 2046साल को आंदोलनपछिदलित समुदाय ले परिवर्तन हुंछ भन्ने सोच राखेको थियो हाम्रो जिवन अब केहि हुंछ तर परिवर्तन पटक्कै भयन भयो कसलाइ भंदा नेता हरु लाइ मात्र जातिय बिभेद उस्तै भयो छुवाछुत उस्तै भयो दलित समुदाय माथि जातिय दमन हुदै गयो त्यस पछि 10 बर्षे जनयुद्ध सुरु भयो त्यस अबधिमा जातिय छुवाछुत अलि कति कम भयो हिजो जातियता को ढ्वांग फुक्ने हरु डरायर भए पनि जातिय बिभेद छुवाछुत केहि हद सम्महट्यो तर जब पुर्व माओबदि हरु 12 बुंदे सम्झौता मार्फत शांति बार्ता मा आय बिस्तारैजातिय छुवाछुत बिभेदपुन हुन थाल्यो अब यसबाट हामिले के शिक्षा पाउछौ भने डर र त्रास ले कामगर्यो तर भावना मापरिवर्तन भएन संस्कृतिमा परिवर्तन भयन उनि हरु परिवर्तन भएनन जडसुत्रवादि भै रहे हुदा हुदा 2062/63 को जना आंदोलनले सामंति को प्रतिक राजतंत्र फाल्यो नेपाल गणतंत्रात्मक मुलुक भयो नेपालि जनताले आफ्नो सम्बिधान आफै लेखे दलित समुदाय ले पनि शांतिको स्वास फेर्यो अब देसमाहाम्रा बिरुद्ध हुने सबै खाले जातिय उत्पिडन को अंत्य हुंछ हाम्रा छोराछोरि ले समनताको महशुस गर्ने छन हिजोजस्तै धारा पधेरा मा छुवाछुत हुने छैन तर बिडम्बना केहिपरिवर्तनभएन बन्यो सम्बिधान लेखियो सम्बिधान मा जातिय लिंगिय बर्णको आधारमा छुवाछुत गरिनेछैन तर खोइत अंत्य भएको? अह भएन अब मैले नेकपाको इतिहास तउल्लेख गरे तर हिजो कम्युनिष्ट पार्टि स्थापना भै रहदा समानता काकुराहुंथे बर्ग संघर्ष का कुरा हुंथे गरिब बर्गको पक्षमा कुरा हुंथे हामिशोषित उत्पिडित  दलित महिला मधेशि मुस्लिम जनजातिका समानता का सपनाबांडिंथ्यो सोहि मुताबिक हामि नतमस्तक हुंथ्यो तर आज नेपालमा परिवर्तनभयको छ हामि लाइ हिजो आश्वासन दिने पार्टि नेकपाको 2/3 बहुमतकोसरकारछ अच्म्मलाग्छ खोइ हिजोका आश्वासन?हिजो 2006 साल तिर भनेका दर्शन कता गय? हुदा हुदा त सम्बिधान ले दियको अधिकार समनुपातिक समाबेशि को सिद्धांत कता गयो ?आरक्षण को बिरुद्धमा प्रधानमंत्रि बोल्ने? मर्यो आस अब एक चोटि हामि बिउझने बेला आएकोछ हामिझस्केका छौ अब सोच्न बाध्य बनाएको छ् क्रमश............. 

Friday, July 26, 2019

कसरि हुन्छ दलित मुक्ति?


हामिलाइ थाहा छ हामि किन जातिय छुवाछुत मा हामि प-यौ ? कुन जालिले हामि लाइ जाल झेल गरेर आज आउदा हामिलाइ बिभेदमा परियो स्पष्टछ,हामि लाइ जाल्झेल गर्ने हिंदु धर्मको बर्णब्याबस्था हो .  म अलिकति प्रसंग लाइ मानब सभ्यातको इतिहास तिर लैजान खोजे करिब करिब 15 अर्ब बर्ष पहिला ब्रह्माण्ड्को उत्पत्ति भयो अनि , 4 अर्ब 60 करोड बर्ष पहिले पृथ्बि सहित सौर्य मण्डलको स्वनिर्माण भयो . 3 अर्ब 80 करोड 40 लाख बर्ष पहिलेअफ्रिका र दक्षिण पुर्व एसियमा बिभिन्न क्षेत्रमा अष्टेलापिथेकस नाम्कोमानव देखा पर्यो . र 40 हजार् बर्ष पहिलेआधुनिक प्रज्ञा मानबको बिकास भयो .
जब जब मानब बिकास हुदै गयो उस्ले आफ्ना निम्ति अनेकन पदार्थ् हरुको पहिचान गर्यो जिवन याप्न गर्नका लागि नया नयाकुरा हरुको ज्ञान हासिल गर्दै गय . त्यतिखेर मानिस हरु आपसमामिलेर बस्थे त्यहा कुनै भेद्भाव थियन, भन्न त हामि हरु श्रमको आधार् मा भेद भाव भयो तर यो होइन यहा निर यो लागु हुदैन यस्को ब्यख्या म पछि जोड्ने छु . कालांतरमा हिंदु धर्मको उत्पत्तिभयो त्यहा टाठोबाठो बर्गको उत्पत्ति भयो त्यो बर्ग ले आफ्नो बर्चस्व कायम कसरि गर्ने भन्ने बिषयमा गम्भिर भएरसोच्न लाग्यो कसरि मेरो संततिले आफ्नो बर्चस्व कायम गर्न सक्छ? भन्ने बिषय प्रमुख बनायो अनि उस्ले धेरैबुद्धिमत्तपुर्वक तरिकाले बिचार मग्न भयो तत पस्चात उसले धर्मको निर्माण गर्यो जस्ले पाप र धर्म को ब्यख्या गर्न थाल्यो तेसैको परिणाम हो बेद, उपनिषद, भगवत,गिता,रामायण आदि आदि ग्रंथको निर्माण भयो अब कसरि सोषण गर्ने त भंदा हामि स्वघोषित ब्राहमण हरु मुख बाट जन्मेको हो क्षत्रिय हरु भुजा बाट बैश्य हरु जंघाबाटर सुद्र हरु खुट्टा बाट जन्मेको हो भनि प्रचार गरियो र ब्रहमण लाइ सर्व श्रेष्ट जात कहलाइयो अब भन्नुस मानब इतिहास कहिलेको हो?कसरिमानब हरु पृथ्विमा अस्तित्वामा आए भंदा करिब40 हजार बर्ष पहिला, अनि जबकि तेतिखेर कुनैजातिय् छुवाछुत थियनअनि यो हिंदु धर्म को प्रार्दुभाव भय संगै किन जातियबिभेद र छुवाछुत भयो ? अब यो जातिय छुवाछुत कसरि संसागतगर्ने त त्यसै त कसैले पनि मांदैन अब पाप र धर्म को रुप रेखा तयारपार्ने सोच भयो मैलेमाथि भने जस्तै धर्म ग्रंथ हरु तयार पार्ने ऋग्बेदको दसौ मण्डलमा भनेको छ मैले माथि भनेको जन्म पद्धति कुन संसारमा योनि भंदा बाहिरबाट मानिस जन्मंछ यो स्वत अबैज्ञानिकछ अनि ब्यास स्मृतिमा भनेकोछ  बबिक,किरांत,कायस्थ,मालि,बांस्फोर,स्याल मार्ने,कंजर,चांडाल,वारि,भंगि कोल अथवा गौ भक्षक्गर्ने हरु सबै अछुतभनेकोछ अनि महा भारतमा शांति पर्वमा कृष्ण ले युधिष्ठिर लाइ भंनेका चान हे भरत बंसि भंदै ऋग्बेद्कै कुरा दोहो-याएका छन बाल्मिकि रामायणमा सुद्र हरु लाइ जनावर कै दांजोमा राखेर बंदर भालु संग दजेर पछि अछुतबनाइ दिय अझ गएर मनु स्मृति बनाएर त झन मानब नै होइन जनावर भंदापनि तलको ब्याबहार गरेकोछ सुद्र लाइ खान पिन गर्न जुठो दिनु ,सुद्र लाइ सम्पत्ति कमाउन नदिनु ,उसले सम्पत्ति कमायो भने त ब्राह्मण लाइ दुख दिंछ ज्ञान उपदेस नदिनु गायत्रि मंत्र सुन्योभने सिसापगालेरकानमा खन्याइ दिनु  बर्तको उपदेशनदिनु  भनेकोछ अनि सुद्र लाइ छोयो भने नुहाउनु भनेको छ र सुद्र लाइ जनावर भंदापनि तलको ब्यबहार गरेको छ  यसै आधारमा पृथ्वि नारायण शाहले मेरो मुलुक 4 जात 36 बर्णको फुल्वारि भने र छुवाछुत लाइ बकियोबनाए त्यसपछि जंग बहदुर कुंवर नया मुलुकि एन 1910 लागु गरि जातिय ब्यबस्थालाइ कठोर बनाए र छुवाछुत लाइ अझमज्बुत बनाए .
अब भन्नुस हामि कस्का बिरुद्ध आंदोलन गर्ने,सजिलो छ उत्तर हुना त मलाइ माफ गर्नु होला मैले हिजोको इतिहास मात्र खोदलेको मात्रैहो आफ्नो अभिष्ट पुरा गर्न को लागि निस्चित समुदाय लाइ छुवाछुत र भेद्भावगरि आजन नेपालमा पनि सयौ बर्ष देखिहामि पिडित र नारकिय जिवन ब्यतित गर्नबाध्य छौ अबको बाटो हाम्रो के हुने? क्रमश........

Friday, July 12, 2019

नेपाल कसरि होला सम्बृद्ध?


नेपालमा राजनैतिक परिवर्तन भएको छ। हामिले सुखि नेपालि र समृद्ध नेपालको नारा लगाएकै छौ तर यो सफल्ता प्राप्त कसरि गर्ने? यो एउटा जटिल बिषय हो सम्बृद्धि आफै आउने होइन सफलताका लागि संसार का देस हरुले धेरै मेहेनत गरेका छ्नसुखि बन्ने र सम्बृद्ध बन्ने आधार के हो?म अलिकति प्रसंग बदल्न खोजे सबै भंदा गरिब देसहरु अफ्रिकामा छन त्यसमापनि सोमालियामा गरिबि र भोकमारि कसरि लाग्यो?भन्ने तर्फ जान खोजे सन1980 तिर सोमालिया को अर्थतंत्र घुमंते पशुपालक किसान हरु संग बाट्सानाकिसान ले पशु किन्थे अनि त्यस्ले जनसंख्याको करिब 50 हजार ओगटेको थियो त्यसले केहि हद सम्म आर्थिक क्षेत्रमा सहयोग गर्योअनि जब जब अंतर्राष्ट्रिय मुद्राकोष र बिस्व बैकले सहयोगको नाममा ऋण लगानि गर्यो सोमालिया लाइ दायित्त्वको ब्याजतिर्न पनि कठिन भयो अंतिममा उनिहरुले दिने सहयोग पनि रोकेअनि अंतिममा उनि हरु ले हस्त्क्षेप गरे कृषि क्षेत्र धरासायि बन्यो र सोमालियाको आफ्नो कुल ग्राह्स्थ उत्पादनमा कसै को सहयोग भएन देस गरिबि र भोकमारि को चपेटामा पर्यो
त्यस्तै नेपालका अधिकाम्स कृषियोग्य भुमि यात बाझै छन तराइ तिरका भुभाग हरु तिब्र बसाइसराइले घर बनेर भरिभराउ छन पहाड खालि हुदैछ मांछे ले काम र मेंहेनत गर्न छोडेकाछन युवाहरु पलायन भएकै छन आज पहाडमा जंति जाने र मलामि जाने युवा छैनन पढेका इंजिनियर डाक्टर बिदेश पलायन भएकाछन अनि नेपालको कुल ग्राहस्थ उत्पादन घट्दोछ हामिआत्मनिर्भर छैनौ एउटा धनियाको पात पनि बिषादि युक्तभारत बाट ल्याएर खाएका छौ नेपालको ब्यापारघाटा बढ्दो छ अनि उत्पादन कम हुदै गको छ अंतर्राष्ट्रिय मुद्राकोष र बिश्व बैक बाट कर्जा लिएकाछौ त्यस्को ब्याज पुरागरेकाछौकि छैनौ?कुनै उधोग धंदा छैन अर्थात हामि आत्मा निर्भर छैनौ भोलि संसारबाट लियको ऋण चुक्ता गर्न सकेनौ र यहि गतिले अर्थतंत्र घट्दै गयो कृषिउपजमा हामि आत्म निर्भर भयनौ भने हाम्रो पनि सोमालियाको हाल नहोला भन्न सकिदैनहिजो सोमालियाको एउटा बच्चा खान नपाएर मर्न लागेको र पछि बाट एउटा गिद्ध्ले बच्चाको मरणको बाटो हेरेकोताकि बच्चा मरेपछि बच्चालाइ गिद्धले खान खोजे को चित्र भाइरल बन्यो नेपालि को भबिश्य पनि कहालि लाग्दो छ नेता हरु आपासमा लडेको देख्दा निराशा मात्र लाग्छ । अब कसरि हुंछ त सुखि नेपालि सम्बृद्ध नेपाल? यि छन उपाय हरु
·       नेपालको पर्यटकिय ब्याबसायमा सरकारले ध्यान दियोस यसै पनि हाम्रो देस सुंदर्ता को खानि हो
·       कृषि क्षेत्रमा अत्याधिक अनुदान देओस ताकि हामि कृषिमा आत्म निर्भर हुन सकौ
·       नेपाल संसार मा पानिमा दोश्रो धनि देश हो अत्याधिक बिजुलि उतपादन गरि बेचौ।
·       लुगाकपडा नेपालमै उत्पादन गरि प्रयोग गरौ बिदेशि कपडा ल्याउन रोक लगाऔ
·       हामि परजिवि हुन बाट बचौ किन्नै पर्ने बाहेक अन्य सामान नेपाल मै उत्पादन गरौ
·       बसाइ सराइ रोकौ ताकि शिक्षा,स्वास्थ्यको यातायातको बिकास पहाड हिमाल तराइ एकनाश ले गरौ
·       जमिनमा चक्ला बंदि गरि क्रांतिकारि भुमिसुधार लागु गरि शामंति का जग्गा हरु खोशि बितरण गरौ
·       खनिज श्रोत साधनको अंबेषण गरौ ताकि फलाम जस्ता पदार्थ यहि निकालौ
हामि ले सोचेको सुंदर नेपाल छिट्टै बन्ने छ ख्याल गरौ नेता ज्युहरु कुर्शि मा लिप्त नबनौ पार्टि भित्र गुठ्बंदि नगरौ नेपालि जनता संग गरेको चुनावि बाचा पुरा गरौ कुनै नेता लाइ भित्तामा पु-याउने गरि अंतर्घात नगरौ अहिले को सरकार बिबिध आअफ्नो निर्णय बाट पछि हटेको छ यो ठुलो कम्जोरि हो

Saturday, July 6, 2019

आरक्षणको ब्यबस्थापन राज्यले गर्न सकेन भने दुर्भाग्य हुन्छ

कर्ण बहादुर बि.क.
राज्यमा बसोबास गर्ने बर्ग जो सामाजिक रुपमा,सांस्कृति रुपमा पिछडियको हुन्छ जुन बर्ग राज्यको मुल प्रबाहबाट बंचित हुन्छ गरिबिले अक्रांत हुन्छ त्यो बर्गलाइ अरु बर्गको दांजोमा ल्याउनको लागि हरेक क्षेत्र शिक्षा स्वास्थ्य् लगायत सेवा मुलक संस्थामा कोटाको ब्यबस्थागरि  सेवा गर्ने मौका दिइन्छ त्यसलाइ आरक्षण भनिन्छ।राज्यमा कतै एकै किसिमको जाति ले बसोबास गरेको हुन्छ त कतै बिभिन्न संस्कृतिका मानिस हरु बसोबास गरेकाहुन्छन ति सबै लाइ एकै किसिमको ब्याबहार गर्नु पर्छ। सबैलाइ राज्यको मुलप्रबाहमा लैजान पर्छ
  संदर्भ नेपालको बारेमा भन्न्खोजिएको हो। नेपालमा करिब २५% राज्यमा बसोबास गर्ने बर्ग ३५०० बर्ष देखिछुवाछुत र बिभेदको मरमापरेको छ तर राज्य मौन छ मेरो मतलब नेपालको सम्बिधान 2072ले ब्यबस्था गरेअनुसार समानुपातिक समाबेशिको सिद्धांत अनुरुप राज्य चल्न सकेको छैन हालै लोकसेवा आयोगको बिज्ञापन खोल्दा दलित,जनजाति,मधेशि,मुश्लिम र पिछडा बर्ग लाइ सम्बिधानले ब्यबस्थागरेअनुरुप को आरक्षण पनि दिएको छैन  भएन त्यसमाथि अदालतमा बदर गर्न परेको रिट मा अदालतले लोकसेवाकोपक्षमा आदेस जारि गरेको छ यस्ले के देखाउछ भने राज्य एकल नश्लिय ब्रहमण्वादि हुकुम को तरिकाले राज्यचले जस्तो आभाशभएकोछ सामंतिको अवसेश को झल्को दिएको छ र दलित,जनजाति,मुश्लिम,र पिछडा बर्ग यो सरकारको कार्यशैलि माथि संका गर्न बाध्य भएकाछन हिजो कम्युनिष्ट पार्टिको नाउमाजनता लाइ संगठित गरि सर्वहारा श्रमजिवि बर्गको हकहित का खातिर लड्छौ भन्ने आज 2/3 बहुमतको सरकार बन्दा सम्पुर्ण उपेक्षित बर्गकोसभालमा चुपचाप बस्ने अझै प्रधानमंत्रि केपि ओलिले त जातको आधारमा  राज्यचलाउने भंदा अझ बढि संका उत्पन्न भएको छ हिजो कम्युनिष्ट पार्टिको नाउमाजनतालाइ भ्रम छरियको थियो जस्तो लाग्न थाल्यो
संसरका बिकसित देसको इतिहास हेरौ सन 1961मा अमेरिकि राष्ट्रपति जोन.एफ.केनेडिलेपछडि परेको बर्ग निग्रो रेड इंडियन्हरु लाइ राज्यको मुल्धारमा ल्याए आज अमेरिका बिकासमा कहा पुग्यो जसले गर्दा बाराक ओबामा जन्मिय देस बिकास्मै समाहित भए त्यस्तै दोश्रो बिश्व युद्धमा क्षतबिक्षत भएको जापानले अल्प संख्यक बुराकु जातिलाइ आरक्षणको आधारमा मुलधारमा ल्यायो त्यस्तै जर्मनमा 1997 देखि जिउच जातिर महिला लाइ सकरात्मक बिभेद आरक्षणको ब्यबस्था गरि राज्यको मुलधारमाल्यायो जर्मनिले बिकसमा फड्को मार्यो।त्यस्तै क्यानडाले फस्ट्नेसन्हरुको लागि सकारात्मक बिभेद को ब्यबस्था गरि राज्य निर्माणमा प्रयोग गर्यो आज क्यानाडा कहा पुग्यो? अब यहा भन्न खोजेको केहो भन्दा राज्य्ले बिभेदकारि निति अख्तियार गर्दा देस टुक्रियका धेरै उदहरण हरु छन जस्तै श्री लंका मा भएको जातिय बिद्रोह यसै को उपज हो युगोस्लाभिया मा सन 1947मा 24% जनसंख्या भएकोसर्बियनहरुले देस्को करिब 90% भु-भागमा शासनगरेकाथिय त्यहा क्रुशियन मुलका मानिश हरु पनि बसोबासगर्दथे उनि हरु ले आफ्नो अधिकार को माग गर्दै आएका थिय तर राज्य्ले राट्रवाद्को नारा दिदै उनि हरुको माग को उपेक्षा गर्यो पछि सन 1980 सम्म साल्बेन, कोसोबेन र अल्बियन हरुले आफ्नो हक हित को कुरा गर्दा बर्गिय नारा दियर अल्मलाउन खोजे जुन नेपाल का कम्युनिष्ट हरुले दिने गर्छन जा 1981मा सर्बियन मुलका कम्युनिष्ट अध्यक्ष सोलबोदान मिलोसेभिच प्राधानमंत्रि भए क्रोसियनहरुले राज्यमा आफ्नो हक र अधिकारमाग्न थाले मिलोसेभिच ले बर्गा कै कुरा गरे राष्ट्रवादको दुहाइ दिय्तर उनि हरुले मानेनन अंत्यमा युगोस्लाभिया सन 1992मा 8 टुक्रामा बिभजन भयो ।
र कम्युनिष्ट पनि हराए ।
त्यस्तै हाम्रो देसकोअहिलेको अवस्था त्यस्तै छ कम्युनिष्ट्को 2/3 को सरकार छ संसारै जिते जस्तो गरि अगाडि बढे यहा के होला?हिजो आफुले बोलेकाकुरा हरु बिर्सने म नै राज्य हु भने जस्तै गरि हिड्ने?

अब सबै ले बुझेका छन यो देसमा 60 लाख दलित हरु बिद्रोहमा उत्रे देसले थाम्न सक्छ?बेलैमा बुद्धि पुर्याउनेता हरु सकारात्मक बिभेद आरक्षण् को उचित ब्यबस्थपन गरि राज्य को मुल्धरमा उत्पिडित दलितसमुदाय लाइ राज्यको मुल्धारमा लयाउने प्रयासगर नत्र मिलोसेभिच को हाल होला।

Monday, July 1, 2019

हामि "दलित " कि " शिल्पि"? कर्ण बि.क.



दलित शब्द मन नपराउनेहरूले सट्टामा शिल्पी शब्द प्रयोग गर्न थालेका छन् । यो दलित मुक्ति आन्दोलनभाँड्ने षड्यन्त्र मात्रै हो । यो दुई कारणले गलत छ । पहिलो– यस प्रसंगमा भारतको एक घटना याद आउँछ । भारत स्वतन्त्र भएपश्चात् अम्बेडकरलाई निस्तेज पार्न अर्का दलित नेता तयार पारियो– बाबु जगजीवन राम । डा. अम्बेडकरले हिन्दूधर्म परित्याग गरी बौद्धधर्म अंगालेका थिए । उनको गान्धी, पं.जवाहरलाल नेहरू आदिसँग गम्भीर र बौद्धिक बहस हुने गथ्र्यो । त्यसैले जगजीवन रामलाई अम्बेडकरलाई टक्कर दिन दलित नेता बनाइयो । उनी चमार थिए । प्रसंग हो– चमार जातिले हिन्दूहरूको (कथित) पुजनीय भगवान् रामको नामबाट थर राख्दा त विभेद नहोला भन्ठानेर राम थर राखे । हिन्दूहरू र विशेषगरी रामराज्यका पक्षधर गान्धीका पूज्य पात्र रामको नामबाट थर राखेपछि त पूर्वचमारलाई जातीय विभेद र छुवाछूत नहुनु पर्ने हो ! तर स्थिति त्यस्तो भएन, बरु सबै सवर्णले बुझे कि राम थर लेख्नेहरू चमार हुन् । हिन्दूका पूज्य देवता ‘राम’ लाई समेत विभेद हुन छाडेन । पछि जगजीवनकी छोरी मीरा कुमारी भारतको संसद् लोकसभाकी सभामुखसमेत भइन् । उनी आफैँले घोषणा गरिन्– ‘बाबा साहेब, भीमराव अम्बेडकरको देनका कारण आज म विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतको संसद्को सभामुखजस्तो गरिमामय पदमा पुग्न सफल भएँ ।’ यस प्रसंगबाट प्रस्ट हुन्छ– दलित शब्दको सट्टा शिल्पी त के राम, इन्द्र, ब्रह्मा, विष्णु, कृष्ण जेसुकै राखे पनि विभेद अन्त्य हुनेवाला छैन । नेपालमै पनि चमार जातिले राम थर लेख्ने गरेका छन् । तर हरिजन पनि लेख्ने र भन्ने चलन छ । 
दास्रो– जसरी दलित शब्दले जात व्यवस्थाका कारण बहिष्करणमा पारिएका, छुवाछूत र विभेदबाट प्रताडित समुदाय भनेर एकमुस्ट रूपमा बुझाउँछ त्यसरी  शिल्पी शब्दले बुझाउँदैन, छुवाछूतबाट पीडित सबै जातिको एकता गराउँदैन । दलितभित्र पर्ने जातिका पेसा माटो खन्ने, चौकीदारी, नाचगान र मनोरञ्जन तथा नाली सफा गर्ने इत्यादि छन् । उनीहरूका पेसा शिल्पकारितासँग जोडिँदैन भने शिल्पकार त गैरदलित समुदायमा पनि छन् । यसकारण दलित समुदाय एक भएर अधिकार प्राप्तिका निम्ति लड्नुपर्ने समयमा फुटाउने खेलको पछि लाग्नु हँुदैन, यस्ता कुतर्कको भ्रममा पर्नु हुँदैन ।